Sacho Khabar

झापाको शिवशताक्षीमा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Advertisement

 

बिर्तामोड  मंसिर  १२ ।।  झापाको शिवसताक्षीस्थित पूर्वपश्चिम राजमार्गमा आज बिहानै भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

आज बिहान ०५ः०० बजे शिवसताक्षी-१ कमल पुलमा  पिकअप र मोटरसाइकल आपसमा जुध्दा शिवसताक्षीका ललितबहादुर थापाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी-८ का ३८ वर्षीय थापाको उपचारको क्रममा बिएन्डसी अस्पताल बितामोडमा मृत्यु भएको हो ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ च ८२२१ नम्बरको बोलेरो पिकअप र विपरीत दिशाबाट जाँदै गरेको मे. ६ प २५१४ नम्बरको मोटरसाइकल एकआपसमा जुधेका थिए ।

बोलेरोको ठक्करबाट थापा गम्भीर घाइते भएका थिए । उनको अहिले बिहान ०६ः५५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पिकअप र पिकअप चालक मेचीनगर-८ का ३१ वर्षीय विशाल खवासलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

  बिर्तामोड, १० चैत्र : झापाको बिर्तामोड नगरपालिका ३ सैनिकमोडका होटलमा आज अनुगमन गरीएको छ । बिर्तामोड नगर उप-प्रमुख नगे...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

  मोरङ चैत्र १०।। लोक तथा दोहोरी कलाकारहरूको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष...
मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

   बिर्तामोड चैत्र १० ।। बिर्तामोड ५ झापामा रहेको मङ्गल एकता टोल विकास संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। स...
एमालेले  प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

एमालेले प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

  झापा चैत्र ७ ।। नेकपा (एमाले) ले देशभर चलिरहेका प्रतिगामी गतिविधिहरूविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित देशव्यापी अभिया...