Sacho Khabar

बिर्तामोडमा सघन सहरी विकास कार्यक्रम अन्तर्गतका ७ वटा योजनाको काम धमाधम हुदै

Advertisement

 

बिर्तामोड, १५ मंसिर ।।  बिर्तामोडमा सघन सहरी विकास कार्यक्रम अन्तर्गतका ७ वटा योजनाको काम धमाधम भइरहेको छ ।

शहरी विकास मन्त्रालयबाट बिर्तामोडमा महिला मेयर भएकै कारण आएको १३ करोड रुपैयाँ बजेटबाट ६ वटा सडकको स्तरोन्नति र एउटा भवन निर्माणको काम भईरहेको हो । योजनाहरु वडा नम्बर १,२,३,६ र ८ मा सञ्चालनमा छन् ।

वडा नम्बर १ को धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्ग र वडा नम्बर २ को बानालाल मार्गमा प्लम निर्माण भईसकेको छ । उक्त सडकमा अहिले बिजुलीका पोल व्यवस्थापन गर्ने काम भईरहेको छ । यस्तै वडा नम्बर १ कै अतिथि सदन रोडमा आगामी हप्तादेखि काम सुरु हुने जनाईएको छ ।

यस्तै वडा नम्बर ३ को करेलाबारीबाट ग्रामकाली टोल हुँदै बिराटपोखर विद्यालय जाने सडक र वडा नम्बर ८ को गरामनी- कटहरडाँगी हुँदै हल्दीबारी जोड्ने सडकमा प्राइम लगाउने काम सम्पन्न भएको छ । उक्त सडकमा भोलिदेखि नै कालोपत्रेको काम सुरु गर्ने ठेकेदार नयन बरालले जानकारी दिनुभयो ।
यस्तै पूर्व पश्चिम राजमार्गबाट दक्षिण ‘बुट्टाबारी एभरेष्ट स्कुल हुँदै हरिहर आश्रम देखि मियाबारी बिर्ताबजार जोड्ने सडकको एक हजार २४० मिटर सडक निर्माण कार्य भईरहेको छ । बाँकी रहेको ६२० मिटर सडक खण्डको भेरियसन गरी निर्माण गर्ने व्यवस्था मिलाउने कार्य भईरहेको नगरपालिकाले जनाएको छ ।

सोही योजना अन्तर्गत वडा नम्बर ६ को हरियाली सामुदायिक वनमा एउटा भवन निर्माणधिन अवस्थामा छ । सामुदायिक भवनको करिब ९० प्रतिशत काम सम्पन्न भएको ठेकेदार बरालले जानकारी दिनुभयो ।

सबै योजनाको गत भदौ २० गते नगर प्रमुख पवित्रा महतारा प्रसाईले एकमुष्ठ शिलान्यास गर्नु भएको थियो । ७ वटै योजनाको एकीकृत रुपमा शान्ति उद्धेश्य निर्माण सेवाले
भ्याटबाहेक ६ करोड ३१ लाख रुपैयाँमा ठेक्का लिएर काम गरीरहेको छ । ठेकेदार बरालले आगामी बैशाखसम्ममा सबै काम सम्पन्न गर्ने जानकारी दिनुभयो ।

निर्माणधिन योजनाहरुको नगर प्रमुख प्रसाईले नियमितरुपमा अनुगमन गर्दै आउनु भएको छ । उहाँले हर्कलाल मार्ग, गोकुल जोशी मार्ग लगायत विभिन्न नगर स्तरीय योजनाहरुको काम अघि बढीरहेको जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

  बिर्तामोड, १० चैत्र : झापाको बिर्तामोड नगरपालिका ३ सैनिकमोडका होटलमा आज अनुगमन गरीएको छ । बिर्तामोड नगर उप-प्रमुख नगे...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

  मोरङ चैत्र १०।। लोक तथा दोहोरी कलाकारहरूको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष...
मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

   बिर्तामोड चैत्र १० ।। बिर्तामोड ५ झापामा रहेको मङ्गल एकता टोल विकास संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। स...
एमालेले  प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

एमालेले प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

  झापा चैत्र ७ ।। नेकपा (एमाले) ले देशभर चलिरहेका प्रतिगामी गतिविधिहरूविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित देशव्यापी अभिया...