Sacho Khabar

प्रथम बुद्धशान्ति वडास्तरिय क्रीकेटको उपाधी वडा नम्बर १ लाई

Advertisement

 

शान्तिनगर
प्रथम बुद्धशान्ति गाउँपालिका वडा स्तरीय पुरुष टि १० क्रीकेट प्रतियोगिताको उपाधि वडा नम्बर १ ले उचालेको छ ।

आज भएको उपाधी भिडन्तमा वडा नम्बर ३ लाई ८ विकेटले पराजित गर्दै १ ले उपाधी उचालेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वडा नम्बर ३ ले निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै ७८ रन बनाएको थियो। मध्यम लक्ष्य पाएको वाड नम्बर १ ले ९ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य प्राप्त गरेको थियो ।
उपाधी उचाले सङ्गै विजेता वाड नम्बर १ ले नगद २० हजार रुपैयाँ ,ट्रफी ,मेडल र प्रमाणपत्र र उपबिजेतामा सिमित वाड नम्बर ३ ले नगद १० हजार रुपैयाँ ,ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गरेको गोकुल पौडेलले जानकारी दिए ।

यता फाइनल खेलको म्यान अफ द म्याच साथै प्रतियोगिताकै उत्कृष्ट ब्याटस्मेन वाड नम्बर १ का पारस निरौला नगद ५ हजार रुपैयाँ सहित सम्मानित भए त्यस्तै प्रतियोगिकै उत्कृष्ट खेलाडी बुद्धशान्ति -३ का आदिहाङ फागोले नगद ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरे।
त्यस्तै उदयमान खेलाडी बुद्धशान्ति -३ का दिपाङ्कर चौधरी ,क्याच अफ द टुर्नामेन्ट साजन गदाइली ,उत्कृष्ट किपर अर्पन कार्की जनही नगद २ हजार रुपैयाँ सहित सम्मानित भए । उत्कृष्ट बलर वडा नम्बर १ का नमन राउत नगद ३ हजार रुपैयाँ सहित सम्मानित भए भने फेयर प्ले अवार्ड बुद्धशान्ति -५ ले प्राप्त गर्‍यो ।

खेलाडी उत्पादन ,प्रोत्साहन र पालिका स्तरीय खेलाडी छनौटको उदेश्य राखी प्रतियोगिता आयोजना गरिएको आयोजक वडा नम्बर ३ खेलकुद विकास समितिका संयोजक बिनोद नेङ्बाङले जनाए । प्रतियोगिता बुद्धशान्ति गाउँपालिकाको प्रायोजन तथा गाउँपालिका खेलकुद विकास समितिको समन्वयमा मङ्सिर १३ देखि १५ सम्म संचालन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

  बिर्तामोड, १० चैत्र : झापाको बिर्तामोड नगरपालिका ३ सैनिकमोडका होटलमा आज अनुगमन गरीएको छ । बिर्तामोड नगर उप-प्रमुख नगे...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

  मोरङ चैत्र १०।। लोक तथा दोहोरी कलाकारहरूको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष...
मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

   बिर्तामोड चैत्र १० ।। बिर्तामोड ५ झापामा रहेको मङ्गल एकता टोल विकास संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। स...
एमालेले  प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

एमालेले प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

  झापा चैत्र ७ ।। नेकपा (एमाले) ले देशभर चलिरहेका प्रतिगामी गतिविधिहरूविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित देशव्यापी अभिया...