Sacho Khabar

शरीरमा पेट्रोल खन्याएर  आगो लगाई आत्मदाह,सरी बुढा लेखेको सुसाइड नोट फेला

Advertisement

 

काठमाडौं ।  कागेश्वरी मनोहरा नगरपालिका–८ मा ३२ वर्षीया कमला आचार्यले  शरीरमा पेट्रोल खन्याएर  आगो लगाई आत्मदाह गरेकी छिन् ।

नारायणटारमा परिवारसँग बस्दै आएकी आचार्यले किराँतचोकस्थित बागमती नदी किनारमा पुगेर पेट्रोल छर्की आगो लगाएकी हुन् । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरीले कमला आचार्यको सुसाइड नोट फेला पारेको छ । सुसाइड नोटमा आत्मदाह गर्नुको कारण कसैलाई दोष लगाइएको फेला नपरेको प्रहरीले जनाएको छ ।

नोटमा उनले आफ्ना श्रीमानसँग क्षमा माग्दै लेखेकी छिन्, ‘सरी बुढा ।’ साथै, उनले श्रीमानलाई खबर पुर्‍याउन आग्रह गर्दै उनको फोन नम्बर पनि उल्लेख गरेकी छिन् ।

सुसाइड नोटमा आचार्यले आफ्नै कारण श्रीमान र छोराहरूले दुखः पाएकाले सबैलाई छाडेर जान आफूले आत्मदाह गर्नुपरेको उल्लेख गरेकी छिन् । ‘मेरा कारण श्रीमान् र छोराहरूले धेरै दुःख पाए । म कसैलाई दुःख दिन चाहन्न । श्रीमान् र छोराहरू खुसीसाथ बस्नू’ सुसाइड नोटमा लेखिएको छ ।

आचार्य दम्पतीले कागेश्वरी मनोहरा नगरपालिका–७ मा ‘के एण्ड ए स्टेशनरी’ सञ्चालन गर्दै आएका थिए। आत्मदाह गर्नुभन्दा केही समयअघि उनले स्टेशनरीबाट केही पर रहेको स्थानमा पुगेर यो घटना घटाएकी हुन् ।

१२ बजे पेट्रोल छर्केर आगो लगाएकी ती महिला र उनका श्रीमान्‌बीच सवा ११ बजेसम्म च्याटमा कुराकानी भएको पाइएको परहरीले जनाएको छ । आचार्यका १३ र ३ वर्षका दुई छोरा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

  बिर्तामोड, १० चैत्र : झापाको बिर्तामोड नगरपालिका ३ सैनिकमोडका होटलमा आज अनुगमन गरीएको छ । बिर्तामोड नगर उप-प्रमुख नगे...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

  मोरङ चैत्र १०।। लोक तथा दोहोरी कलाकारहरूको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष...
मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

   बिर्तामोड चैत्र १० ।। बिर्तामोड ५ झापामा रहेको मङ्गल एकता टोल विकास संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। स...
एमालेले  प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

एमालेले प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

  झापा चैत्र ७ ।। नेकपा (एमाले) ले देशभर चलिरहेका प्रतिगामी गतिविधिहरूविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित देशव्यापी अभिया...