Sacho Khabar

बिर्तामोडमा अपाङ्गता भएका व्यक्तिहरुको लागि शिविर सञ्चालन हुने

Advertisement

 

बिर्तामोड, २ पुस : बिर्तामोडमा पुस ५ गतेदेखि अपाङ्गता भएका व्यक्तिहरुको लागि शिविर आयोजना हुने भएको छ ।

करुणा फाउण्डेसनसंगको सहकार्यमा सञ्चालित अपाङ्ग‌ता रोकथाम तथा पुन: स्वापना कार्यक्रम अन्तर्गत नगरका सबै वडामा अपाङ्‌ग‌ता भएका व्यक्तिहरुको पहिचान तथा स्वास्थ्य परिक्षण शिविर संचालन हुने भएको हो ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईले शिविर सम्पन्न गर्नका लागि सबैले सहयोग गर्नु पर्ने बताउनु भयो । सामाजिक कार्यमा जोड दिँदै उहाँले जनप्रतिनिधि, कर्मचारी, टोलविकास संस्था लगायत सामाजिक संघ संस्थाले शिविरमा सहयोग पुर्याउन आग्रह गर्नु भयो ।

नगर उपप्र‌मुख नगेन्द्र प्रसाद संग्रौलाले अपाङ्गता भएका व्यक्तिहरुको लगत संकलन अझै प्रभावकारी ढंगले अगाढि बढाउनु पर्ने बताउनु भयो । अहिलेसम्म भएको ४३ प्रतिशत लगत संकलन कमी भएको भन्दै कुनै पनि प्रकारका अपाङ्गता भएका व्यक्ति छुट्न नहुने बताउनु भयो ।

यस शिविरमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य उपचार मात्र नभई उनीहरुको शारीरीक जटिलता र आवश्यकताको विषयमा समेत लगत संकलन हुने करुणा फाउण्डेसनका वरिष्ठ व्यवस्थापक कमल कोइरालाले जानकारी दिनु भयो ।
शिविरमा हार्डजोर्नी तथा नसा रोग, नाककान घाँटी, आँखा, फिजियोथेरापिष्ट, मेडिकल डाक्टर, मनोचिकित्सक लगायतका विशेषज्ञहरुको व्यवस्था हुने छ ।

स्थानीय अपाङ्ग‌ता समन्वय समितिका संयोजकसमेत रहनु भएका नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाको अध्यक्षता तथा नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतामा आयोजित बैठकले १० वटा वडामा शिविर सञ्चानको मिति तय गरेको छ ।

तालिका अनुसार पुस ५ गते ६ नम्बर वडा कार्यालय, पुस ६ गते १ नम्बर वडा कार्यालय, ७ गते वडा नम्बर २ को वीर अमरसिंह माध्यमिक विद्यालय, ८ गते ८ नम्बर वडा कार्यालय, ९ गते वडा नम्बर ९ को शहिद लक्ष्मी प्रा.वि, १० गते वडा नम्बर १०को वडा कार्यालय, ११ गते वडा नम्बर ४ को पशुपंछि तथा मत्स्य विकास शाखाको कार्यालय, १२ गते वडा नम्बर ५ को देवी माध्यमिक विद्यालय, १३ गते वडा नम्बर ७ को जनता प्रा.वि र १४ गते वडा नम्बर ३ को महेन्द्र रत्न माध्यमिक विद्यालयमा शिविर सञ्चालन हुने छ ।

शिविर तयारीको विषयमा नगरपालिकामा आयोजित बैठकमा
वडाअध्यक्ष, कर्मचारी र करुणा फाउण्डेसनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

  बिर्तामोड, १० चैत्र : झापाको बिर्तामोड नगरपालिका ३ सैनिकमोडका होटलमा आज अनुगमन गरीएको छ । बिर्तामोड नगर उप-प्रमुख नगे...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

  मोरङ चैत्र १०।। लोक तथा दोहोरी कलाकारहरूको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष...
मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

   बिर्तामोड चैत्र १० ।। बिर्तामोड ५ झापामा रहेको मङ्गल एकता टोल विकास संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। स...
एमालेले  प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

एमालेले प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

  झापा चैत्र ७ ।। नेकपा (एमाले) ले देशभर चलिरहेका प्रतिगामी गतिविधिहरूविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित देशव्यापी अभिया...