Sacho Khabar

बुद्धशान्ति १ उपाधी नजिक

Advertisement
भोटेटार , पौष १७ । पहिलो संस्करणको उपाधी बिजेता बुद्धशान्ति वडा नम्बर १ झापाको बुद्धशान्तिमा जारी दोस्रो बुद्धशान्ति वडास्तरीय फुटबल प्रतियोगिताको फेरि उपाधी नजिक पुगेको छ ।
आज भएको पहिलो सेमिफाइनलमा बुद्धशान्ति वडा नम्बर ६ लाई शुन्यका बिरुद्ध ५ गोल गर्दै वडा नम्बर १ उपाधी नजिक पुगेको आयोजक समितिका अध्यक्ष बाल कुमार राईले जानकारी दिनुभयो ।
बुद्धशान्ति १ का लागि जेनित बरालले २, कप्तान पुजन थापा, सागर रसाईलि र भुपाल मगरले एक एक गोल गरेका थिए । दुई गोलकर्ता जेनित बराल म्यान अफ द म्याच घोषित भए । उनलाई बुद्धशान्ति खेलकुद समिती संयोजक तथा वडा नम्बर ३ का वडाध्यक्ष पर्शुराम चेम्जोङ, ६ का वडाध्यक्ष शिवराज पौडेल र १ का वडाध्यक्ष अनिल वाग्ले लगायतले पुरष्कृत गरे । निकैनी दबाबमा राखेको बुद्धशान्ति १ ले बिपक्षी वडा नम्बर ६ लाई गोल गर्ने कुनै अवसर दिएन । दोस्रो हाफमा केही लय सुधारेको ६ लाई भरपर्दा डिफेन्स पवन दर्जिले कुनै बललाई पेनाल्टी एरिया सम्म पनि आउन दिएनन् ।
यसअघि बुद्धशान्ति ७ लाई टाईबेकरमा पराजित गर्दै वडा नम्बर ६ ले सेमिफाइनलको यात्रा तय गरेको थियो भने वडा नम्बर १ बाई पाएर सिधै सेमिफाइनल आउने अवसर पाएको थियो ।
यसैगरी भोलि हुने दोस्रो तथा अन्तिम सेमिफाइनलमा बुद्धशान्ति वडा नम्बर २ र ३ भिडनेछन । वडा नम्बर २ ले ४ लाई १ बिरुद्ध ३ गोल र वडा नम्बर २ ले भने ५ लाई शुन्यका बिरुद्ध १ गोल गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन ।
बुद्धशान्ति १ भोटेटार खेल मैदानमा भैरहेको प्रतियोगिताको उपाधी भिडन्त पौष २० गते हुने छ । बिजेताले नगद ३० हजार रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने र उपबिजेताले २० हजार रुपैयाँ पाउने आयोजक समितिका सचिव गजुहाङ योङ्हाङ्ले जानकारी दिनुभयो ।
खेलकुद समिती बुद्धशान्ति १ को आयोजना , बुद्धशान्ति खेलकुद समितीको संयोजनमा भैरहेको खेलको बुद्धशान्ति गाउँपालिकाको मुख्य प्रायोजकको भुमिकामा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

  बिर्तामोड, १० चैत्र : झापाको बिर्तामोड नगरपालिका ३ सैनिकमोडका होटलमा आज अनुगमन गरीएको छ । बिर्तामोड नगर उप-प्रमुख नगे...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

  मोरङ चैत्र १०।। लोक तथा दोहोरी कलाकारहरूको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष...
मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

   बिर्तामोड चैत्र १० ।। बिर्तामोड ५ झापामा रहेको मङ्गल एकता टोल विकास संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। स...
एमालेले  प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

एमालेले प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

  झापा चैत्र ७ ।। नेकपा (एमाले) ले देशभर चलिरहेका प्रतिगामी गतिविधिहरूविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित देशव्यापी अभिया...