Sacho Khabar

अमेरिकामा पोखरीमा कार खस्दा दुई जना नेपालीको मृत्यु

Advertisement
झापा ।। अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टीस्थित स्यान्टिलीमा हिउँमा चिप्लिएर पोखरीमा कार खस्दा दुई जना नेपालीको मृत्यु भएको छ । 

त्यहाँस्थित विंगेट बाई विन्डह्याम होटल नजिकैको पोखरीमा कार खस्दा नेपाली नागरिक ५५ वर्षीय कर्ण खड्का र २० वर्षीय निश्चल भट्टको मृत्यु भएको स्यान्टिलीबाट प्रकाशित हुने अखबार डेलीभोइसले जनाएको छ । उनीहरुको नेपालको ठेगाना खुल्न बाँकी छ ।

खड्का विंगेट बाई विन्डह्याम होटलमा कार्यरत थिए । भट्टले भने जागिरको लागि आवेदन दिने योजना बनाएकाले उनीसँग थिए । हिउँले ढाकेको सडकमा गुडिरहेको कार अकस्मात चिप्लेर पोखरीमा खसेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै डेलीभोइसले लेखेको छ ।

प्रहरीले उनीहरूको बारेमा जानकारी भएकाहरूलाई फेयरफ्याक्स काउन्टी प्रहरीलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

  बिर्तामोड, १० चैत्र : झापाको बिर्तामोड नगरपालिका ३ सैनिकमोडका होटलमा आज अनुगमन गरीएको छ । बिर्तामोड नगर उप-प्रमुख नगे...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

  मोरङ चैत्र १०।। लोक तथा दोहोरी कलाकारहरूको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष...
मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

   बिर्तामोड चैत्र १० ।। बिर्तामोड ५ झापामा रहेको मङ्गल एकता टोल विकास संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। स...
एमालेले  प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

एमालेले प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

  झापा चैत्र ७ ।। नेकपा (एमाले) ले देशभर चलिरहेका प्रतिगामी गतिविधिहरूविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित देशव्यापी अभिया...