Sacho Khabar

चर्चित  फोटोग्राफर चुङ्बा शेर्पाको निधन

Advertisement

 

चर्चित  फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ। ६४ वर्षीय शेर्पाको आज राती १२ः१५ बजेको समयमा ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए। उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।  उपचारकै क्रममा शेर्पाको निधन भएको खुम्बु पासाङल्हामु गाउँपालिका–१ का वडाअध्यक्ष फुनुरु शेर्पाले पुष्टि गरे।

उनका दुई छोरा र तीन छोरी छन्।  लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध भइ राजनीतिमा समेत संलग्न शेर्पा नेपाली कांग्रेस खुम्बु पासाङल्हामु गाउँपालिकाका सभापति समेत थिए। पर्यटन व्यवसायमा आबद्ध उनी चौँरीखर्कको पूर्व गाविस अध्यक्षसमेत भएका शेर्पा फोटोग्राफी सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

  बिर्तामोड, १० चैत्र : झापाको बिर्तामोड नगरपालिका ३ सैनिकमोडका होटलमा आज अनुगमन गरीएको छ । बिर्तामोड नगर उप-प्रमुख नगे...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

  मोरङ चैत्र १०।। लोक तथा दोहोरी कलाकारहरूको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष...
मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

   बिर्तामोड चैत्र १० ।। बिर्तामोड ५ झापामा रहेको मङ्गल एकता टोल विकास संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। स...
एमालेले  प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

एमालेले प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

  झापा चैत्र ७ ।। नेकपा (एमाले) ले देशभर चलिरहेका प्रतिगामी गतिविधिहरूविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित देशव्यापी अभिया...