Sacho Khabar

बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत अहेब सापकोटा प्रहरी नियन्त्रणमा

Advertisement

 

बिर्तामोड । अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा झापाको बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिनियर अहेब दीपक सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्वास्थ्य शाखाकै मातहतमा कार्यरत एक महिला कर्मचारीसँग अनैतिक सम्बन्ध राखेको आरोप सापकोटामाथि छ । बिहीबार शिवसताक्षी–१० दोमुखाको एक होटलमा ती महिलाका श्रीमानले स्वास्थ्यकर्मी सापकोटा र महिलालाई फेला पारेका थिए ।

उनले प्रहरीलाई खबर गरेपछि प्रहरी टोली उक्त स्थानमा पुगेको थियो । प्रहरीले सापकोटा र ति महिलालाई होटलबाट नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यलय झिलझिलेमा राखेको छ ।

घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यलय झिलझिले लगिएको माईधार प्रहरी पोष्टका इन्चार्ज मनपुर चौधरीले जानकारी दिनुभयो ।

घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय झिलझिलेले जनाएको छ । सूर्योदय अनलाइनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

  बिर्तामोड, १० चैत्र : झापाको बिर्तामोड नगरपालिका ३ सैनिकमोडका होटलमा आज अनुगमन गरीएको छ । बिर्तामोड नगर उप-प्रमुख नगे...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

  मोरङ चैत्र १०।। लोक तथा दोहोरी कलाकारहरूको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष...
मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

   बिर्तामोड चैत्र १० ।। बिर्तामोड ५ झापामा रहेको मङ्गल एकता टोल विकास संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। स...
एमालेले  प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

एमालेले प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

  झापा चैत्र ७ ।। नेकपा (एमाले) ले देशभर चलिरहेका प्रतिगामी गतिविधिहरूविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित देशव्यापी अभिया...