Sacho Khabar

अन्तरपालिका महिला फुटबल प्रतियाेगिता आयाेजना हुने

Advertisement

 

बिर्तामाेड नगर खेलकुद बिकास समितिकाे आयाेजनामा अन्तरपालिका महिला फुटबल प्रतियाेगिता आयाेजना हुने भएकाे छ ।

आगामी माघ २६ गतेदेखि बिर्तामोड स्थित डाेमालाल राजबंशी रंगशालामा  प्रतियोगिता सञ्चालन हुने छ।

समितिले आइतबार बिर्तामाेडमा पत्रकार सम्मेलन आयाेजना गरेर प्रतियाेगिताकाे तयारी अन्तिम चरणमा पुगेकाे जनाएकाे छ । प्रतियाेगितामा आयाेजक बिर्तामाेड, मेचीनगर, अर्जुनधारा, भद्रपुर, कन्काई, शिबसताक्षी, दमक नगरपालिका तथा कमल, झापा र बुद्वशान्ति गाउँपालिकाका खेलाडीकाे सहभागिता रहने जनाइएकाे छ ।

प्रतियाेगिताकाे बिजेताले उपाधिसहित ३ लाख र उपबिजेताले १ लाख ५० हजार रुपैंयाँ नगद, मेडल ट्रफी र प्रमाणपत्र पाउने छ । प्रत्येक खेलकाे प्लेयर अफ द म्याचले नगद ५ हजार र प्रतियाेगिताकाे सर्वाेत्कृष्ठ खेलाडीले १५ हजार नगद पुरस्कार पाउने छन् । प्रतियाेगिता सम्पन्न गर्न ३४ लाख ६६ हजार रुपै‌याँ खर्च हुने आयाेजक समितिका संयाेजक बिकास गिरीले जानकारी दिए ।

पत्रकार सम्मेलनमा बिर्तामाेड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्र संग्राैला लगायतले नगरपालिकाले खेलकुदकाे क्षेत्रमा गरिरहेका गतिविधिकाे बारेमा प्रकाश पारेका थिए । झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’ ले बिर्तामाेड नगर खेलकुद बिकास समितिले फुटबलकाे क्षेत्रमा गरेकाे याेगदानकाे चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

  बिर्तामोड, १० चैत्र : झापाको बिर्तामोड नगरपालिका ३ सैनिकमोडका होटलमा आज अनुगमन गरीएको छ । बिर्तामोड नगर उप-प्रमुख नगे...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

  मोरङ चैत्र १०।। लोक तथा दोहोरी कलाकारहरूको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष...
मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

   बिर्तामोड चैत्र १० ।। बिर्तामोड ५ झापामा रहेको मङ्गल एकता टोल विकास संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। स...
एमालेले  प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

एमालेले प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

  झापा चैत्र ७ ।। नेकपा (एमाले) ले देशभर चलिरहेका प्रतिगामी गतिविधिहरूविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित देशव्यापी अभिया...