Sacho Khabar

सिक्ने र सिकाउने अभियानमा ज्ञानशाला 

Advertisement

काठमाडौँ । समाज, राजनीति, दर्शन आदिसँग जोडिएका हरेक पक्षहरूको अध्ययन तथा अनुसन्धानसँग सम्बन्धित हुँदै  ज्ञानशाला अनुसन्धान केन्द्रको स्थापन गरिएको छ । राजधानीको नयाँबजार स्थित उत्तम चोक, खुशीबुमा सो केन्द्रको स्थापना गरिएको छ । 

२०८० साल भाद्र २४ गते औपचारिक रूपमा उद्घाटन गरिएको अनुसन्धान केन्द्रले समाज तथा राजनीतिसँग जोडिएका हरेक विधाहरूको अध्ययन तथा अध्यापन गराउने केन्द्रका अध्यक्ष भोला ढकालले बताउनु भयो । अनुसन्धानमूलक विषयहरूमा केन्द्रित हुनुका साथै विभिन्न भाषा कक्षाहरू, शिक्षक तथा मन्टेश्वरी तालिम, सेयर तथा लेखा तालिम, नेतृत्व विकास कार्यशाला, कविता तथा कथा लेखन कार्यशाला, बाल साहित्य लेखन, आधारभूत आमसञ्चार तालिम, योगा तथा नृत्य अभ्यास जस्ता विषयहरूमा पनि क्रियाशील भइने वहाँले बताउनु भयो । 

शिक्षा तथा सामाजिक क्षेत्रमा लामो अनुभव प्राप्त गर्नुभएका अध्यक्ष ढकालले बताउनुभयो, ‘जीवनको जुनसुकै क्षेत्रमा क्रियाशील हुँदा ज्ञानको महत्त्वपूर्ण भूमिका हुन्छ । बदलिँदो समय र परिस्थितिअनुसार ज्ञानको स्वरूपलाई अद्यावधिक गर्नुपर्ने आवश्यकता भइरहन्छ । सामाजिक, साहित्यिक, राजनीतिक क्षेत्रका विकृति तथा विसङ्गतिहरूको अन्त गर्दै यी क्षेत्रहरूलाई नयाँ उचाइमा पुर्‍याउन ज्ञानको गहिराइमा पुग्नुपर्ने आवश्यकता हुन्छ । अनुसन्धानमूलक तरिकाले ज्ञानको चर्चा परिचर्चा गर्दै एउटा व्यवस्थित तथा वैज्ञानिक दृष्टिकोण निर्माण गर्नु महत्त्वपूर्ण विषय हो ।’ 

 प्राज्ञिक क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेका व्यक्तित्वहरूलाई एकै ठाउँमा जमघट गराएर एउटा स्पष्ट विचार निर्माणको दिशामा अनुसन्धान केन्द्र क्रियाशील हुने अध्यक्ष ढकालले बताउनुभयो । सिक्ने तथा सिकाउने अभियानमा सबैसँग सहयोग तथा समर्थनको अपेक्षा समेत वहाँले गर्नुभएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

  बिर्तामोड, १० चैत्र : झापाको बिर्तामोड नगरपालिका ३ सैनिकमोडका होटलमा आज अनुगमन गरीएको छ । बिर्तामोड नगर उप-प्रमुख नगे...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

  मोरङ चैत्र १०।। लोक तथा दोहोरी कलाकारहरूको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष...
मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

   बिर्तामोड चैत्र १० ।। बिर्तामोड ५ झापामा रहेको मङ्गल एकता टोल विकास संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। स...
एमालेले  प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

एमालेले प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

  झापा चैत्र ७ ।। नेकपा (एमाले) ले देशभर चलिरहेका प्रतिगामी गतिविधिहरूविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित देशव्यापी अभिया...