मेचीनगर, असार ८ । झापाको भद्रपुर धुलाबारी सडकखण्डमा आज एकाबिहानै मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकलमा पछाडि बसेका दुईजना गम्भीर घाइते भएकाले उपचार भइरहेको झापा प्रहरीले जनाएको छ ।
दुर्घटनामा मेचीनगर-१० का २२ वर्षीय राजीव दनुवारको उपचारको क्रममा मृत्यु भएको हो ।
आज बिहान अन्दाजी ०३ः३० बजेको समयमा मेचीनगर–१५ लालझोडास्थित भित्री सडकखण्डमा भद्रपुरबाट धुलाबारीतर्फ आउँदै गरेको प्रदेश १–०१–०१६ प ४१८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।