Sacho Khabar

भारतको मेघालयमा तिन नेपाली सहित चार जनाको विभत्स हत्या

Advertisement

 

भारतको मेघालयमा तिन नेपाली सहित चार जनाको विभत्स हत्या भएको पाइएको छ । नयाँदिल्लीस्थित नेपाली दूतावासका काउन्सेलर एसएसपी उमाप्रसाद चतुर्वेदीका अनुसार हत्या गरिएका चारमध्ये तिन नेपाली र एक भारतीय नागरिक भएको पुष्टि भएको छ ।

एसएसपी चतुर्वेदीका अनुसार हत्या भएकामध्ये एकजना इलामका २३ वर्षीय रवि राई रहेका छन् । रवि राईको दिदी देवी राई समेत मेघालयमै रहेको कारण उनले भाइको शव पहिचान गरेकी हुन् । राई मेघालयकै कोइला खानीमा काम गर्ने गरेको प्रारम्भिक जानकारी आएको छ । हत्या गरिएकामध्ये अर्का एकजना मेघालयकै स्थानीय युवा रहेको पाइएको छ । बाँकी दुईजना भोजपुर र धरान ९सुनसरी०का युवा भनिएपनि हालसम्म पुष्टि भएको छैन ।

शनिवार बिहान भारतको मेघालय राज्यको अमप्लेङ्ग बजार नजिकै चार युवाको शव भेटिएको थियो । हातगोडा बाँधेर टाउको लगायत शरीरका विभिन्न भागमा धारिलो हतियार प्रयोग गरी उनीहरुको हत्या गरिएको पाइएको छ । मेघालयको इष्ट जैनतिया हिल्स प्रहरीका अनुसार हत्या गरिएकाहरूको पहिचानको काम भइरहेको छ र हत्याराको खोजी समेत भइरहेको छ । हत्या गरिएकाहरूको शव यतिबेला स्थानीय सिभिल अस्पतालमा राखिएको छ र पोष्टमार्टमको तयारी भइरहेको छ ।

दिल्लीस्थित दूतावासमा कार्यरत एसएसपी चतुर्वेदीका अनुसार यतिबेला भारतीय प्रहरी र मेघालय प्रहरीसँग समन्वय भइरहेको छ । मेघालय प्रहरीले हत्याको अनुसन्धान गर्न स्पेशल इन्भेष्टिगेसन टिम ९एसआइटी० गठन गरिएको छ । हत्याको प्रकृति हेर्दा अन्यत्र नै हत्या गरी बजार नजिकै शव फालिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

  बिर्तामोड, १० चैत्र : झापाको बिर्तामोड नगरपालिका ३ सैनिकमोडका होटलमा आज अनुगमन गरीएको छ । बिर्तामोड नगर उप-प्रमुख नगे...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

  मोरङ चैत्र १०।। लोक तथा दोहोरी कलाकारहरूको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष...
मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

   बिर्तामोड चैत्र १० ।। बिर्तामोड ५ झापामा रहेको मङ्गल एकता टोल विकास संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। स...
एमालेले  प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

एमालेले प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

  झापा चैत्र ७ ।। नेकपा (एमाले) ले देशभर चलिरहेका प्रतिगामी गतिविधिहरूविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित देशव्यापी अभिया...