बिर्तामोड साउन१५।। बिर्तामोड सनिश्चरे सडक खण्ड अन्तर्गत बिर्तामोडदेखि महानन्दचोकसम्मको बाटो बेलैमा मर्मत नभएका कारण स्थानीयहरूले बन्द गराएका छन्। धुलो धुवा र हिलोको कारण वर्षौंदेखि हिन्डुलमा समस्या भइरहँदा पनि बाटो समयमा मर्मत नहुँदा बन्द गरिएको स्थानीयहरूले बताएका छन्। स्थानीयले मङ्गलबार दिउँसो सडकमा बाँस र ड्रम तेर्स्याएर आवागमन अवरुद्ध पारेका हुन् ।
सडक निर्माणका लागि प्रवीण मैनाचुली शान्तिले ठेक्का पाएको थियो । तर, निर्माण कम्पनीले सर्त अनुसार सडक निर्माण नगरेको स्थानीय बताउँछन् ।
१५ करोड ६० लाख रुपैयाँमा ठेक्का लागेको उक्त सडकको २ किलोमिटर सडक निर्माण हुन बाँकी छ । यो सडक जेठ ९ गते निर्माण सम्पन्न गरेर हस्तान्तरण हुनुपर्ने थियो ।