Sacho Khabar

बिर्तामोड नगर अस्पतालमा प्रसूती गराउनेको संख्या बढ्यो

Advertisement

 

बिर्तामोड, ४ भदौ : बिर्तामोड नगर अस्पतालमा नर्मल डेलीभरी (प्रसूती) गराउनेको संख्या ८३ पुगेको छ ।

अस्पतालप्रति सेवाग्राहीको विश्वसनियता बढेसंगै प्रसुती गराउनेको संख्या पनि थपहुँदै गएको हो ।

गत आर्थिक वर्ष २०८०/८१ मा ७० जना र चालु आर्थिक वर्षको साउन यता १३ जना गरी ८३ जनाले नर्मल डेलिभरी सेवा लिएको अस्पतालकी सिनियर अनमी निरीक्षक दिपा श्रेष्ठले जानकारी दिनु भयो । उहाँका अनुसार साउनमा १० जना र भदौमा ३ जनाले सेवा लिएका हुन्।

नगर अस्पतालमा प्रसुती हुनेहरुको लागि न्यानो झोलासमेत प्रदान गरिदै आएको छ । झोलामा वच्चाको भोटो, टोपी, दौरा सुरुवाल दुई दुई थान, युरिन म्याट र आमालाई लुगा (म्याक्सी) एक एक थान उपलव्ध हुन्छ ।

नगर अस्पतालले प्रसुती सेवा लिनेहरुलाई एक हजार र सरकारी अस्पताल वा स्वास्थ्य केन्द्रमा नियमित गर्भवती जाँच (एएनसी) गराउनेहरुको लागि ८ सय रुपैयाँ थप गरि १८ सय रुपैयाँ प्रदान गर्दै आएको छ । अस्पतालले नर्मल डेलीभरी सेवालाई २४ सै घण्टा उपलव्ध गराएको छ । यसका लागि ८ जना स्वास्थ्य कर्मीको व्यवस्थापन गरिएको छ ।

नगर अस्पतालमा फिजिसियन, वालरोग, मनोरोग , वाथरोग, स्त्री तथा प्रसूति रोग, हार्डजोर्नी तथा नशा रोगलगायत विभिन्न रोगका विशेषज्ञहरुको सेवा उपलव्ध रहेको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सुनिल अधिकारीले जानकारी दिनु भयो । अस्पतालमा केहि दिन अघिमात्रै २ जना मेडिकल अधिकृत थप गरीएको छ ।

अस्पताललाई सुविधा सम्पन्न बनाउनको लागि भवन निर्माणसंगै विभिन्न प्रकारका सेवा थप गर्ने र भएकालाई अझै व्यवस्थित गर्ने कार्य भईरहेको बिर्तामोड नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

  बिर्तामोड, १० चैत्र : झापाको बिर्तामोड नगरपालिका ३ सैनिकमोडका होटलमा आज अनुगमन गरीएको छ । बिर्तामोड नगर उप-प्रमुख नगे...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

  मोरङ चैत्र १०।। लोक तथा दोहोरी कलाकारहरूको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष...
मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

   बिर्तामोड चैत्र १० ।। बिर्तामोड ५ झापामा रहेको मङ्गल एकता टोल विकास संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। स...
एमालेले  प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

एमालेले प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

  झापा चैत्र ७ ।। नेकपा (एमाले) ले देशभर चलिरहेका प्रतिगामी गतिविधिहरूविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित देशव्यापी अभिया...