Sacho Khabar

झापाको दुई भिन्न ठाउँमा खुकुरी प्रहारबाट एकको मृत्यु एक घाइते।

Advertisement

 

झापा भाद्र ४ ।। झापाको दुई भिन्नाभिन्नै ठाउँमा खुकुरी प्रहारबाट एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।  झापाको शिवसताक्षीमा घरेलु हतियार खुकुरी प्रयोग गरेर पतिले पत्नीको हत्या गरेका छन् भने  झापाको मेचीनगरमा बुवाले आफ्नै छोरालाई धारिलो हतियारले (दाउ) ले हानेर घाइते बनाएका छन् ।

आज साँझ पौने ७ बजे शिवसताक्षीमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती २९ वर्षीया रञ्जना अधिकारीको घटनास्थलमै मृत्यु भएको हो । उनका पति ४४ वर्षीय ओमप्रसाद अधिकारीले खुकुरीले हानेर रञ्जनाको हत्या गरेको छिमेकीले बताए ।

शिवसताक्षी ८ निपत्रियाको घटना पतिपत्नीबीचको आन्तरिक कलहका कारण भएको हुनसक्ने छिमेकीले अनुमान गरेका छन् ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय झिलझिलेले पुगिसेकेको छ । प्रहरीले ओमप्रकाश अधिकारीलाई नियन्त्रणमा लिएको घटनाका प्रत्यक्षदर्शीले बताए ।

यस्तै झापाको मेचीनगरमा बुवाले आफ्नै छोरालाई धारिलो हतियारले (दाउ) ले हानेर घाइते बनाएका छन् ।

आज साँझ ०७ः१० बजेको समयमा मेचीनगर-३ दोकानडाँडाका ५७ वर्षीय पुण्यप्रसाद दाहालले छोरा ३० वर्षीय डिल्लीराम दाहाललाई दाउले हानेको प्रहरीले जनाएको छ ।

खाना खाने विषयलाई लिएर विवाद हुँदा पुण्यप्रसादले एक्कासी टाउकोको पछाडि भागमा दाउ प्रहार गर्दा सामान्य चोट लागेको छ ।
डिल्लीरामको स्थानीय मेडिकल दोकानडाँडामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घाइतेको अवस्था सामान्य रहेको छ भने धारिलो हतियार र धारिलो हतियार प्रहार गर्ने पुण्यप्रसादलाई अस्थायी प्रहरी पोस्ट भृकुटीबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

  बिर्तामोड, १० चैत्र : झापाको बिर्तामोड नगरपालिका ३ सैनिकमोडका होटलमा आज अनुगमन गरीएको छ । बिर्तामोड नगर उप-प्रमुख नगे...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

  मोरङ चैत्र १०।। लोक तथा दोहोरी कलाकारहरूको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष...
मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

   बिर्तामोड चैत्र १० ।। बिर्तामोड ५ झापामा रहेको मङ्गल एकता टोल विकास संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। स...
एमालेले  प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

एमालेले प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

  झापा चैत्र ७ ।। नेकपा (एमाले) ले देशभर चलिरहेका प्रतिगामी गतिविधिहरूविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित देशव्यापी अभिया...