दोलखा —रामेछापको दोरम्बा-शैलुङ गाउँपालिका-३ मा शनिबार राति भीषण वर्षापछि आएको पहिरोमा परी ११ जना बेपत्ता भएका छन्
मध्यरातमा लेकखर्कमा पहिरोमा परेर ११ जना बेपत्ता भएको रामेछापका प्रहरी प्रमुख डीएसपी प्रदीपकुमार सिंहले जानकारी दिए ।
पहिरोले ४ वटा घर बगाएको छ । पहिरो गएको गाउँ जाने बाटोसमेत वर्षाले क्षतिग्रस्त बनाएका कारण उद्धारमा समस्या भएको सिंहले बताए । प्रहरी टोली लेकखर्कतर्फ हिँडिसकेको उनले बताए । क्षतिको थप विवरण आउन बाँकी छ ।