Sacho Khabar

बिर्तामोड नगरपालिकाद्वारा पूर्णिमा कृषि समूहलाई बंगरका पाठा वितरण

Advertisement

 

बिर्तामोड, २५ भदौ : बिर्तामोड नगरपालिकाले वडा नम्बर २ को पूर्णिमा कृषि समूहलाई बंगरका पाठा वितरण गरेको छ ।
नगरपालिकाको मेयर पकेट प्याकेज कार्यक्रम अन्तर्गत
उक्त समूहलाई ३० वटा बंगुरका पाठा वितरण गरिएको हो । कार्यक्रमको नियमानुसार वडा नम्बर ९ को नमुना बंगुरपालन कृषक समूहले फिर्ता गरेको पाठा पूर्णिमा समूहलाई वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै नगर उप-प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले नगरलाई माछामासुमा आत्मनिर्भर बनाउने योजना अनुसार मेयर पकेट प्याकेज कार्यक्रमलाई निरन्तरता दिएको बताउनु भयो । मेहेनत गर्दा वंगुरबाट मनग्य आम्दानी लिन सकिने भएकोले व्यवसायिक बन्न उहाँले आग्रह गर्नु भयो ।

यसैबीच वडा नम्बर २ का वडाअध्यक्ष किशोर पौडेलले
बंगुरका पाठाबाट मनग्य आम्दानी लिनसकिनेमा आफु विश्वस्त रहेको बताउनु भयो । उहाँले आगामी दिनमा कृषक महिलाहरुको क्षमता विकासका लागि अन्य कार्यक्रमहरुको आयोजना गर्ने धारणा राख्नु भयो ।

नगरपालिकाले गएको आर्थिक वर्ष २०८०/८१ को कार्यक्रम अनुसार पाठा वितरण गरेको हो । कार्यक्रममा बोल्दै पशुपंछि तथा मत्स्य विकाश शाखा प्रमुख सावित्रा दाहालले आर्थिक वर्ष २०७४/७५ यता नगरपालिकाले
१ करोड ४४ लाख रुपैयाँ बराबरको बंगुर र बाख्राका खोर निर्माणमा खर्च गरिसकेको जानकारी दिनुभयो । उहाँले बंगुरपालनबाट कृषकले मासिक ६० हजार देखि ३ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको बताउनु भयो ।

कार्यपालिका सदस्य तथा आर्थिक विकास समिति संयोजक संगिता सिवाको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यपालिका सदस्य तिला गौतम, वडा नम्बर २ का वडासदस्य ओमनाथ गौतम , चेतन बिमलीलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

  बिर्तामोड, १० चैत्र : झापाको बिर्तामोड नगरपालिका ३ सैनिकमोडका होटलमा आज अनुगमन गरीएको छ । बिर्तामोड नगर उप-प्रमुख नगे...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

  मोरङ चैत्र १०।। लोक तथा दोहोरी कलाकारहरूको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष...
मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

   बिर्तामोड चैत्र १० ।। बिर्तामोड ५ झापामा रहेको मङ्गल एकता टोल विकास संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। स...
एमालेले  प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

एमालेले प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

  झापा चैत्र ७ ।। नेकपा (एमाले) ले देशभर चलिरहेका प्रतिगामी गतिविधिहरूविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित देशव्यापी अभिया...