बिर्तामोड ।। झापाको बुद्वशान्ति गाउँपालिका वडा न.२ का वडाध्यक्ष गोपाल ओली ८० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका छन् । झापाको बिर्तामोडस्थित हनुमान कम्प्लेक्स अगाडि घुस रकम लिँदै गर्दा मंगलबार दिउँसो ओली घुस लिएको रकम सहित पक्राउ परेका हुन् ।
चौहानले जग्गासम्बन्धी कारोबारमा वडा अध्यक्ष ओलीलाई रकम बुझाएका हुन् । वडा अध्यक्षले रकम नदिए काम रोक्ने भनेपछि चौहानले बिर्तामोडमा आएर पैसा बुझाएका हुन् ।
जमिनमा घर जग्गा बाटोको सिफारिस गरिदिए बापत उनले घुस रकम असुल गरेको पार्टीको प्रदेश कमिटी सदस्य अर्जुन पाण्डेले जानकारी दिए । पीडितले पार्टीमा जानकारी गराएपछि योजना बमोजिम रकम लिँदालिँदै ओली पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी प्रकाश विष्टले सुरक्षाको अवस्थालाई ध्यान दिँदै वडाध्यक्ष ओलीलाई इप्रकामा राखिएको बताए । यो घुसको काण्ड हो उनले भने यो प्रहरीको क्षेत्राधिकार भित्र नभएकोले अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले यसको छानबिन गर्ने बताए