बिर्तामोड । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको जीवन कथामा आधारित चलचित्र अञ्जिला यही फागुन २९ देखि प्रदर्शनमा आउने भएको छ। आज झापाको बिर्तामोडमा पत्रकार सम्मेलन मार्फत फिल्मका निर्माता तथा निर्देशकले अन्जिला फिल्म प्रदर्शनको बारेमा जानकारी दिएका हुन् फुटबल खेलाडी एञ्जिला तुम्बापो सुब्बाको संघर्ष र सफलताको कथा चलचित्रमा समेटीएको छ । तुम्बापोको बायोपिकको रुपमा निर्माण गरिएको चलचित्रमा स्वयम अञ्जिलानै मुख्य भुमिकामा देखिएकी छिन् । फिल्ममा एञ्जिला आफैँ प्रमुख भूमिकामा रहेकी तथा अभिनेता दयाहाङ राई र अभिनेत्री सिर्जना सुब्बा उनका माता पिताको भूमिकामा रहेका छन् । चलचित्रमा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से…

झापा । नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष गुरु बरालले सुखानी सदाहतस्थलमा उभिएर एमाले बाहेक कसैले सदिहको सपना पुरा गर्न नसक्ने बताउनु भएको छ । नेकपा (एमाले) झापा र इलामको आयोजनामा आज सुखानी सदाहत स्थलमा आयोजित स्मृति दिवसमा उहाँले सहिदको सपना गर्न नेकपा एमाले प्रतिवद्ध रहेको बताउनुभयो । सुशासन, विकास र समृद्धि हासिल गरेपछि मात्रै सुखानीका सहिदहरुको सपना पुरा हुने बताउँदै उहाँले गन्तव्यहिन यात्रामा रहेका, अलमलमा परेकाहरुलाई पार्टीमा फर्किन आव्हान गर्नुभयो । माई नगर कमिटीको व्यवस्थापनमा आयोजित ५३ औं सहिद दिवसमा उपाध्यक्ष बरालले समृद्ध राष्ट्र निर्माणको गर्ने अभियानमा जोडिन आग्रह गर्दै भन्नुभयो – ‘यो मुलुकको विकासको नेतृत्व एमालेले गर्छ, तपाईहरु…

झापाको अर्जुनधारा नगरपालिकाले फाल्गुन २१ गते बुधबार (आज ) सार्वजनिक विदा दिएको छ । सुखानी सहिद स्मृति दिवसको अवसर पारेर नगरपालिकाले आज स्थानीय विदा दिएको जनाएको छ । नगरपालिकाले आज विज्ञप्ति जारी गर्दै स्थानीय विदा दिएको जानकारी दिएको हो । विज्ञप्तिमा भनिएको छ, ‘प्रत्येक वर्ष फागुन २१ गते मनाउँदै आइएको सुखानी शहिद स्मृति दिवशको अवसरमा मिति २०८१ साल फागुन २१ गते बुधबारका दिन यस अर्जुनधारा नगरपालिका अन्तर्गतका निकाय तथा शैक्षिक संस्थाहरुमा ( स्वास्थ्य संस्थाको आकस्मिक सेवा तथा प्रसूती सेवा बाहेक) स्थानीय विदा दिइएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।

बिर्तामोड । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समितिको पद हस्तान्तरण एबम् सुखानी सन्देश बिशेषांक बिमोचन कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रिय अध्यक्ष बिष्णु सापकोटा (जुगल) ले मंगलबार ब्यानर बाचन गरेर सुभारम्भ गरिएको कार्यक्रममा पुर्व पदाधिकारीले नयाँ कार्यसमितिलाई माइन्युट हस्तान्तरण गर्दै पद हस्तान्तरण गरेका थिए । कार्यक्रममा पत्रकार राजु पाठकको सम्पादन एबम् निर्देशनमा प्रकाशन गरिएको सुखानी बिशेषांक प्रमुख अतिथि, बिशिष्ठ अतिथि तथा अतिथिहरुले सामुहिक रुपमा बिमोचन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि सापकोटाले सहिदले अपेक्षा गरेको सपना र देशमा बिद्यमान उपलब्धिलाई पुर्णता दिन पत्रकारिता क्षेत्रले मुख्य भुमिका खेल्नुपर्नेमा जोडदिएका थिए । कार्यक्रमका विशेष अतिथि…

बिर्तामोड, फागुन १९। बिर्तामोड नगरपालिका–३ सैनिक मोड निवासी ज्योति लिम्बूले ३० हप्तामा शिशूलाई जन्म दिएकी छिन् । उनले बिर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा डा. अजय अग्रवालको सहयोगमा ‘नर्मल’ रुपमा छोरीलाई जन्म दिएकी हुन् । उनले जन्माएको छोरीको तौल १.७ केजी रहेको छ । ‘सामान्यतया गर्भधारण भएको ३७ हप्ता पूरा भएपछि टम डेलिभरी हुनेगर्छ’– अस्पतालकी पिडियाट्रिक एण्डोक्राइनोलजी डा. ज्योति अग्रवालले भनिन्– समय अवधि पुगेर जन्मिएका शिशुको तौल सामान्यतया २.५ केजीदेखि ३.५ केजीसम्म हुने गर्छ । तर, ज्योतिले ३० हप्तामै शिशुलाई जन्म दिएकी थिइन् । जुन ‘एब्नर्मल’ हो, जसलाई हामी ‘प्रि म्याचुर्ड वर्र्थ’ भन्छौं । ३८ हप्ताभन्दा मुनि बच्चा जन्मिए हामी त्यसलाई…

काठमाण्डाै। आज सेयर बजार घटेको छ । बजारको परिसूचक नेप्से १३ दशमलव ६२ अङ्कले घटेर २ हजार ८ सय ७६ विन्दुमा झरेको छ । बजार खुलेको ३ मिनेटमै २ हजार ९ सय २९ विन्दुसम्म पुगेको थियो । नेप्से लगातार ९ काराेबार दिनपछि आज घटेकाे हाे । तर कारोबार रकम भने बढेको छ । हिजो १४ अर्ब २५ करोडको कारोबार भएकोमा आज ३ सय वटा कम्पनीका ३ करोड १२ लाख कित्ता शेयर १४ अर्ब २८ करोड रुपैयाँमा किनबेच भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्स कम्पनीको १ अर्ब ३८ करोड रुपैयाँको शेयर कारोबार भयो । समाज लघुवित्त कम्पनीको शेयर १०…

झापा, खोटाङमा भाउजूको हत्यापछि एक युवकलेआत्महत्या गरेका छन् । खोटाङको बराहपोखरी गाउँपालिका १ डाँडाखर्कमा भाउजूको हत्या गरेर युवकले आत्महत्या गरेको प्रारम्भिक निष्कर्षमा प्रहरी पुगेको छ। घटनाको प्रारम्भिक अनुसन्धानमा महिलाको हत्या भएको र युवकले आत्महत्या गरेको देखिए पनि पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक डीएसपी प्रतीक विष्टले बताए। डीएसपी विष्टसहितको टोली घटनास्थल पुगेर अनुसन्धान गरी सदरमुकाम फर्किएको छ। बराहपोखरीको डाँडाखर्कका २३ वर्षीया सरिता विष्ट र २० वर्षका शिखर बस्नेत बुधबार बिहान घर नजिकैको दारेगौँडा जंगलमा मृत फेला परेका थिए। सरिताको घाँटी लगायत विभिन्न ठाउँमा चोट थियो। सरिताको शव फेला परेको स्थाननजिकै शिखर झुण्डिएको अवस्थामा मृत…

काठमाडौं । मेटाको एप्स मेसेन्जरले फ्ल्याट ब्लु लोगो फेरी प्रयोगमा ल्याइएको छ । पछिल्लो अपडेटसँगै एप आफ्नो पुरानो स्वरूपमा फर्किएको हो । सन् २०२० को अन्त्यतिर मेसेन्जरले ठूलो डिजाइन परिवर्तन गर्दै गुलाबी, बैजनी र नीलो रंगको ग्रेडियन्ट प्रयोग गरेकोमा मेटाले आफ्ना विभिन्न प्लेटफर्महरूलाई दृष्टिगत रूपमा एकरूप बनाउने प्रयास अन्तर्गत गरेको थियो । मेसेन्जरमा देखिएको नयाँ परिवर्तन स्थायी हो वा ठूलो डिजाइन परिवर्तनको एउटा भाग मात्र हो भन्ने खुल्न बाँकी छ । जे हाेस्, पुराना मेसेन्जर प्रयोगकर्ताले क्लासिक ब्लु डिजाइनको पुरानो स्मृति पुनः अनुभव गर्न पाएका छन् । पछिल्लाे लाेगाे २०२० अघिकाे डिजाइनभन्दा गाढा नीलाे रङसहित आएको छ ।

काठमाडौं। बेलायती प्रधानमन्त्री केइर स्टेइमरले रुस-युक्रेन युद्धको अन्त्य गर्ने तथा युक्रेनलाई रुसबाट बचाउनका लागि चार सूत्रीय योजना सार्वजनिक गरेका छन्।फ्रान्स, बेलायत र अन्य युरोपेलीले गठबन्धन बनाउने भएका हुन्। यसमा अमेरिकालाई समावेश गर्ने योजना बनाइएको छ। युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीसहित १८ युरोपेली देशको नेतृत्व सहितको सम्मेलनपछि स्टेइमरले आफूहरू इतिहासको महत्त्वपूर्ण मोडमा आइ पुगेको बताए।बैठकले युक्रेनमाथिको सैन्य सहयोग यथावतै राखेर रुस माथिको आर्थिक दबाब बढाउने सहमति गरेको छ। युद्धको अन्त्य गर्ने सवालमा युक्रेनको भविष्यको सुरक्षाको ग्यारेन्टी तथा युक्रेनको सार्वभौम रक्षाको विषयलाई महत्त्व दिने सहमतिसमेत गरेका छन्। भविष्यमा हुने खतराबाट बचाउनका लागि युक्रेनको रक्षा संयन्त्रलाई बलियो बनाउने सहमति भएको छ। युरोपेली देशले सधैँका…

बिर्तामोड । प्रभावकारी पार्टी काम तथा समृद्धिका लागि नेकपा (एमाले) झापाले ३० जना प्रशिक्षक तयार गरेको छ । झापाको गौरादहस्थित नमूना पाहुना घरमा पाँच दिवसीय प्रशिक्षक प्रशिक्षण (टट) सञ्चालन गर्दै प्रशिक्षक तयार गरेको हो । जिल्लाभरका पार्टी सदस्यहरुमध्येबाट छनौट गरिएका ३० जना अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षकका रुपमा प्रशिक्षण प्रदान गरिएको नेकपा एमाले झापाका अध्यक्ष प्रेम बहादुर गिरीले जानकारी दिनुभयो । केन्द्रीय स्कुल विभागको सहजीकरणमा सञ्चालित प्रशिक्षक प्रशिक्षणमा स्कुल विभागमा सदस्य प्रा.डा. तत्व तिम्सिना र रामशरण प्याकुरेलले सहजीकरण गर्नुभएको थियो । प्रशिक्षक प्रशिक्षणमा शिक्षण, प्रशिक्षण र सहजीकरण विधि, मस्तिष्कमा आधारित सिकाई, प्रशिक्षणलाई रोचक र प्रभावकारी बनाउने विधि,सिकाई आवश्यकताको पहिचान, लक्ष्य तथा…