Sacho Khabar

Avatar

Sacho Khabar

799 Posts
भद्रपुर झापा गोल्डकपको उपाधि आयोजकको भद्रपुर ब्लेजर्सलाई

भद्रपुर झापा गोल्डकपको उपाधि आयोजकको भद्रपुर ब्लेजर्सलाई

  भद्रपुर, फागुन १६ । आयोजको टिम भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । जितसँगै भद्रपुर ब्लेजर्सले नगद १३ लाख, मेडल, ट्रफी र प्रमाणपत्र पाएको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रबार भएको फाइनल खेलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै भद्रपुर ब्लेजर्सले उपाधि चुमेको हो । उपविजेतामा चित्त बुझाएको झापा ११ ले नगद ७ लाख, मेडल, ट्रफी र प्रमाणपत्र पाएको छ । रंगशालामा खचाखक दर्शकको उपस्थितिमा भद्रपुरले खेलको ३० औँ मिनेटमा अग्रता लियो । डिबक्स बाहिरबाट मिलन राईको सर्टपासमा पेनाल्टी एरियाभित्रबाट कप्तान आशिष…
Read More
झापा सहित देशभर ठुलो भूकम्पको धक्का

झापा सहित देशभर ठुलो भूकम्पको धक्का

शुक्रबार बिहान झापा सहित देशभर ठुलो भूकम्पको धक्का महसुस भएको छ। शुक्रबार बिहान २ः५२ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्र भएर ६.१ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्दले जनाएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार यो भूकम्पको धक्का देशभर महसुस भएको छ।रातको समय भएकाले क्षतिको विवरण भने आइसकेको छैन।
Read More
गौरीशंकर माध्यमिक विद्यालयको ६६ औं वार्षिकोत्सवको अबसरमा  मैत्रीपूर्ण फुटवल प्रतियोगिता

गौरीशंकर माध्यमिक विद्यालयको ६६ औं वार्षिकोत्सवको अबसरमा  मैत्रीपूर्ण फुटवल प्रतियोगिता

  झापा, फागुन १५ । बाह्रदशी गाउँपालिका ७ डाँगीवारीमा रहेको गौरीशंकर माध्यमिक विद्यालयको ६६ औं वार्षिकोत्सवको अबसर पारेर एक दिवसीय मैत्रीपूर्ण फुटवल प्रतियोगिता सम्पन्न भएको छ । बाह्रदशी गाउँँपालिका अध्यक्ष ११ र बाह्रदशी शिक्षक ११ बीच मैत्रीपूर्ण फुटवल प्रतियोगिता भएको हो । प्रतियोगताको उद्घाटन बाह्रदशी गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लगाईले गरेका थिए । गौरीशंकर माध्यमिक विद्यालयमा भएको प्रतियोगिता अन्तरगत बाह्रदशी गाउँँपालिका अध्यक्ष ११ को कर्मचारी टिम विजयी भएको थियो । बाह्रदशी शिक्षक ११ टिमलाई ट्राइवेकरमा ५– ४ को गोल अन्तरले पराजीत गर्दै कर्मचारी टिम विजयी भएको हो । निर्धारित समयमा गोल रहित वरावरी भएपछि ट्राइवेकर मार्फत खेलको निर्णय लिइएको थियो…
Read More
बिर्तामोडस्थित गिरीबन्धु चिया बगानभित्र सडेको अवस्थामा एक पुरुषको शव फेला

बिर्तामोडस्थित गिरीबन्धु चिया बगानभित्र सडेको अवस्थामा एक पुरुषको शव फेला

  बिर्तामाेड ।  झापाको बिर्तामोडस्थित गिरीबन्धु चिया बगानभित्र सडेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । बिर्तामोड बसपार्क पूर्वपट्टि फेला परेको शव पाँचथर रानीटार-२ का ३८ वर्षीय कुमार गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतकसँग फेला परेको नागरिकता प्रमाणपत्रको आधारमा उनको पहिचान खुलेको प्रहरीले जनाएको छ । उनको शव बिहीबार बिहान ७ बजेतिर भेटिएको थियो । जीउमा लुगा नलगाएको, जिन्स पाइन्ट लगाएको र खुट्टामा जुत्ता लगाएको अवस्थामा भेटिएको थियो । शवको अवस्था हेर्दा करिब एक साताअघि मृत्यु भएको आशंका प्रहरीले गरेको छ ।
Read More
आज महाशिवरात्री पर्व धुमधामका साथ मनाईदै।

आज महाशिवरात्री पर्व धुमधामका साथ मनाईदै।

झापा।आज देशभरका शिवालयहरुमा भगवान् शिवको पूजाआजा गरी महाशिवरात्री पर्व मनाइँदैछ । हरेक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाईने यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये शिव रात्रीलाई पवित्र पर्वका रूपमा धुमधामका साथ मनाउने गरिन्छ । काठमाण्डौ स्थित प्रशिद्ध शक्तिपीठ पशुपति नाथ मन्दिर त्यसै गरी पुर्वको पशुपतिनाथ अर्जुनधारा जलेश्वर धाम लगायत देशभर रहेका भगवान शिवजीको मन्दिरहरुमा दर्शनार्थीहरूको विहानैदेखि घुइँचो लाग्ने गर्छ र धुमधामका साथ भक्तजनहरुले पूजा आराधना गरी मनाउने गर्दछन् । निर्जल व्रत, रात्री जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुधको अभिषेक र भगवान शिवको महिमा भजन किर्तन पूजा आराधना गरी मनाइने शिवरात्रीलाई पर्वको राजा समेत भनिन्छ र…
Read More
भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकपको फाइनलमा

भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकपको फाइनलमा

  भद्रपुर, फागुन १३ । आयोजकको टिम भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । योसँगै भद्रपुरले सात लाख पुरस्कार सुरक्षित गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा आयोजक भद्रपुर ब्लेजर्सले काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै उपाधिनजिक पुगेको हो । ९० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले बंगलादेशलाई ४–३ गोल अन्तरले पराजित गरेको हो । टाइब्रेकरमा भद्रपुरका तर्फबाट सत्यम शर्मा, दिवश उराउ, विदेशी खेलाडीहरू अरमान बिडोङ र अबयोमिले गोल गरे । कुलदिप कार्कीको प्रहार गोलपोस्टमा लागेर बाहिरियो । त्यस्तै, बंगलादेशका तर्फबाट साइडोस्टोन, एस सिल्लाह…
Read More
व्यवसायी राहत कोष’ मा रकम र वृद्धाश्रममा खाद्यन्य प्रदान गर्दै घिमिरेले मनाए जन्मोत्सव

व्यवसायी राहत कोष’ मा रकम र वृद्धाश्रममा खाद्यन्य प्रदान गर्दै घिमिरेले मनाए जन्मोत्सव

  झापा, फागुन १२ । बिर्तामोड उद्योग वाणिज्य संघद्वारा स्थापित ‘व्यवसायी राहत कोष’का संयोजक राज कुमार घिमिरे ‘राजु’ ले ३१ हजार पाँच सय रुपैयाँ सहयोग गरेका छन् । आफ्नो जन्म दिनको अवसर पारेर संघका वरिष्ठ उपाध्यक्ष समेत रहेको घिमिरेले कोषमा सहयोग गरेका हुन् । श्रीमती  मीनादेवी भट्टराई घिमिरे सहित संघको कार्यालयमा आएका संयोजक घिमिरेले संघका अध्यक्ष राजु न्यौपानेलाई चेक हस्तान्तरण गरेका थिए । व्यवसायीलाई समस्या पर्दा तत्काल राहत उपलब्ध गराउने गरी संघले एक करोड रुपैँयाको अक्षयकोष स्थापना गरेको छ । सो कोषमा हालसम्म १० लाख रुपैयाँ माथि रकम संकलन भइरहेको छ । वरिष्ठ उपाध्यक्ष घिमिरेले कोष वृद्धिका लागि रकम उपलब्ध…
Read More
भुटानको डागा युनाइटेड भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

भुटानको डागा युनाइटेड भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

भद्रपुर फागुन १२। डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा भुटानले झापा–११ एफसीको सामना गर्नेछ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा भुटानले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । अत्यन्तै रोमाञ्चक खेलको ३४ औँ मिनेटमा लाक्पा पाख्रिनले गोल गर्दै भुटानलाई अग्रता दिलाए । सुरज रसाइलीले पेनाल्टी एरियामा एपिएफका तीनजना डिफेन्ससँग खोसेको बललाई पाख्रिनले गोल गर्न सफल भए । उनको प्रहारले एपिएफका खेलाडीलाई टच गर्दै जाली चुमेको थियो । त्यसको दुई मिनेटमै भुटानले अग्रता दोब्बर बनायो ।…
Read More
फिट स्टुडियो र मेची तेक्वान्दोको आयोजनामा अन्तर प्रदेश खुल्ला तेक्वान्दो प्रतियोगिता  हुने

फिट स्टुडियो र मेची तेक्वान्दोको आयोजनामा अन्तर प्रदेश खुल्ला तेक्वान्दो प्रतियोगिता  हुने

  बिर्तामोड फागुन १२ ।। झापाको बिर्तामोडमा प्रथम फिट स्टुडियो अन्तर प्रदेश खुल्ला तेक्वान्दो प्रतियोगिता  हुने भएको छ । झापाको बिर्तामोडस्थित फिट स्टुडियो र मेची तेक्वान्दो डोजाङ्गको आयोजनामा चैत २९ र ३० गते प्रतियोगिता सञ्चालन गरिने आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा फिट स्टुडियोका सञ्चालक एवम् अन्तराष्ट्रिय कोच दिपेन धिमालका अनुसार प्रतियोगितामा सात वटै प्रदेशबाट एक हजार खेलाडी, एक सय अफिसियल निर्णायकहरु गरी दुई हजार जनाभन्दा बढीको सहभागिता रहनेछ । तेक्वान्दो खेल मार्फत खेलाडीहरुलाई खेलप्रतिको रुची, जनचासो र खेलाडीहरुलाई उत्प्रेरणा प्रदान गर्न प्रतियोगिताको आयोजना गरिएको बताइएको छ । धिमालले पत्रकार सम्मेलनमा खेलमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय…
Read More
प्रेस चौतारी झापाद्वारा संस्थापक अध्यक्ष नेत्र पाठकको स्मृतिमा लेखनवृत्ति घोषणा

प्रेस चौतारी झापाद्वारा संस्थापक अध्यक्ष नेत्र पाठकको स्मृतिमा लेखनवृत्ति घोषणा

  बिर्तामोड । प्रेस चौतारी नेपाल झापाले संस्थापक अध्यक्ष नेत्र पाठकको स्मृतिमा लेखनवृत्ति घोषणा गरेको छ । आइतवार बिर्तामोडमा सम्पन्न विस्तारित बैठक एवम् बधाई ज्ञापन कार्यक्रममा लेखनवृत्ति घोषणा गरेको हो । संस्थापक अध्यक्ष पाठकको स्मृतिमा घोषणा गरिएको लेखनवृत्ति ६÷६ महिनामा प्रदान गरिने प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारले जानकारी दिए । विस्तारित बैठकमा परियारले तीन वर्षे कार्ययोजना सार्वजनिक गर्दै लेखनवृत्ति घोषणा गरेका हुन् । शिक्षा, स्वास्थ्य, सामाजिक, राजनीतिक, विकास एवम् आर्थिक लगायतका विषयमा खोज समाचार प्रकाशन प्रशारण गर्नेहरुमध्येबाट एक जनालाई समाचारको उत्कृष्टताका आधारमा नगद ५१ सय रुपैयाँ लेखनवृत्तिको रुपमा ६÷६ महिनामा प्रदान गरिने जनाइएको छ । पहिलो ६ महिनाका लागि…
Read More