बिर्तामोड, चैत ४ । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको ट्रफी झापामा अनावरण गरिएको छ । साथै, जिल्लाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौँमा चैत १६ गतेदेखि हुने प्रतियोगिताको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा अनावरण गरिएको झापा गोल्डकप तथा भद्रपुर झापा गोल्डकपका सचिवालय सदस्य तथा मिडिया प्रमुख हिमाल खरेलले जानकारी दिए । रंगशाला परिसरमा आयोजित ट्रफी अनावरण तथा प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष टिकाराज ढकाल, झापा गोल्डकपका अध्यक्ष केदार गिरी, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।ट्रफी अनावरण तथा…

काँकरभट्टिा । लिगलिडर चर्च व्वाइज युनाइटेडले ३–० गोलले पछिपरेको अवस्थालाई उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल स्थान सुरक्षित गरेको छ लिग उपविजेता मच्छिन्द्रले लिएको ३-०गोलको अग्रता तोड्दै ४–३ को गोल अन्तरको रोमाञ्चक जित निकाल्दै चर्च व्वाइजले फाइनलको यात्रा तय गरेको हो । यो सँगै चर्च व्वाइजले शनिवार हुने फाइनल खेलमा आयोजक काँकरभट्टिा फुटबल ट्रेनिङ सेन्टरसँग उपाधीका भिडन्त पक्का गरेको हो। खेलको ३० औँ मिनेटमा मच्छिन्द्रले अग्रता लियो । पेनाल्टी एरियामा क्लियर हुन नसकेको बललाई विदेशी खेलाडी युसुफ मलिकले गोल गरेका हुन् । ४३ औं मिनेटमा मच्छिन्द्रले अग्रता दोब्बर बनायो । आदित्य शाक्यको क्रस पासमा एन्द्रेस नियाले गोल गरे । त्यसको १…

झापा । झापाको मेचीनगरमा जारी मेचीनगर गोल्डकप अन्तर्गत मंगलवार भएको अन्तिम क्वाटरफाइनल खेलबाट मच्छिन्द्र फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आजको खेलसँगै जारी प्रतियोगिताको सेमिफाइनल संस्करण पुरा भएको छ । मच्छिन्द्रले जितमा १–० को संघर्षपूर्ण जित निकाल्यो । मच्छिन्द्रका लागि निर्णायक एक मात्र गोल विदेशी खेलाडी युसुफ मलिकले पहिलो हाफको अतिरिक्त समयमा गरेका थिए । उनले स्टेफन कामाहाको पासमा पेनाल्टी एरियाबाट गोल गरे । मच्छिन्द्रले दोस्रो सेमिफाइनल खेलमा चर्च व्वाइज युनाइटेडको सामना गर्नेछ । खेलको ११ औँ मिनेटमा मच्छिन्द्रका आदित्य शाक्यको क्रसमा स्टेफन कामाहाले गरेको हेडर बाहिरियो । खेलको ३५ औँ मिनेटमा मछिन्द्रका पुजन श्रेष्ठको फ्रिकिकलाई विदेशी खेलाडी…

काँकरभिट्टा । नेपाल सुपर लिग (एनएसल) को तयारीमा रहेको झापा एफसी लिगलिडर चर्च व्वाइज युनाइटेडसँग पराजित भएको छ । काँकरभिट्टामा जारी पाँचौ मेचीनगर गोल्डकपको आइतबार सम्पन्न खेलमा चर्च व्वाइज विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेटको खेलमा १–१ को बराबरीमा सकिएपछि निर्णायकका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा ४–४ को बराबरी गोल भएपछि सडनडेथ मार्फत खेलको निर्णय भएको थियो । सडनडेथमा चर्च व्वाइजका गोलरक्षक टिकेन्द्र थापाले गोल सफल भए भने झापाका धिरज विष्टको प्रहार गोलरक्षक थापाले बचाउ गरेका थिए । यसअघि भएको टाइब्रेकरमा चर्च व्वाइजका राजेश परियार, जय गुरुङ, एकराज बुढाथोकी र रिचार्ड विल्सनले…

इलाम ।। दोस्रो अन्तरास्ट्रिय आमन्त्रित महिला गोल्डकप २०८१ अन्तर्गत उपाधी रक्षाका लागि दुई विभागीय टिम त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बल एपीएफ शनिबार इलामको ठूलो टँडिखेलमा आमनेसामने हुदैँछन । आर्मीले पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन पाहुना टोलि भारतको मानेभञ्ज्याङ र सेमिफाइनलमा आयोजक ओएसिस क्लब इलामलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो भने एपीएफले पहिलो खेलमा पाहुना टोलि भारतको मध्य प्रदेशको चर्चित मदर टेरेसा फुटबल क्लबलाई फराकिलो गोलअन्तर र सेमिफाइनलमा विभागीय टोलि नेपाल पुलिसलाई पराजित गर्दै उपाधिका लागि आर्मी सँगको भेट पक्का गरेको हो । महिला फुटबलमा विभागीय टोलि एपीएफ पावर हाउसको रुपमा चिनिन्छ । प्रतियोगिताको इतिहासमा सबैभन्दा सफल टिम एपीएफ…

भद्रपुर, फागुन १६ । आयोजको टिम भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । जितसँगै भद्रपुर ब्लेजर्सले नगद १३ लाख, मेडल, ट्रफी र प्रमाणपत्र पाएको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रबार भएको फाइनल खेलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै भद्रपुर ब्लेजर्सले उपाधि चुमेको हो । उपविजेतामा चित्त बुझाएको झापा ११ ले नगद ७ लाख, मेडल, ट्रफी र प्रमाणपत्र पाएको छ । रंगशालामा खचाखक दर्शकको उपस्थितिमा भद्रपुरले खेलको ३० औँ मिनेटमा अग्रता लियो । डिबक्स बाहिरबाट मिलन राईको सर्टपासमा पेनाल्टी एरियाभित्रबाट कप्तान आशिष…

झापा, फागुन १५ । बाह्रदशी गाउँपालिका ७ डाँगीवारीमा रहेको गौरीशंकर माध्यमिक विद्यालयको ६६ औं वार्षिकोत्सवको अबसर पारेर एक दिवसीय मैत्रीपूर्ण फुटवल प्रतियोगिता सम्पन्न भएको छ । बाह्रदशी गाउँँपालिका अध्यक्ष ११ र बाह्रदशी शिक्षक ११ बीच मैत्रीपूर्ण फुटवल प्रतियोगिता भएको हो । प्रतियोगताको उद्घाटन बाह्रदशी गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लगाईले गरेका थिए । गौरीशंकर माध्यमिक विद्यालयमा भएको प्रतियोगिता अन्तरगत बाह्रदशी गाउँँपालिका अध्यक्ष ११ को कर्मचारी टिम विजयी भएको थियो । बाह्रदशी शिक्षक ११ टिमलाई ट्राइवेकरमा ५– ४ को गोल अन्तरले पराजीत गर्दै कर्मचारी टिम विजयी भएको हो । निर्धारित समयमा गोल रहित वरावरी भएपछि ट्राइवेकर मार्फत खेलको निर्णय लिइएको थियो…

बिर्तामाेड । झापाको बिर्तामोडस्थित गिरीबन्धु चिया बगानभित्र सडेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । बिर्तामोड बसपार्क पूर्वपट्टि फेला परेको शव पाँचथर रानीटार-२ का ३८ वर्षीय कुमार गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतकसँग फेला परेको नागरिकता प्रमाणपत्रको आधारमा उनको पहिचान खुलेको प्रहरीले जनाएको छ । उनको शव बिहीबार बिहान ७ बजेतिर भेटिएको थियो । जीउमा लुगा नलगाएको, जिन्स पाइन्ट लगाएको र खुट्टामा जुत्ता लगाएको अवस्थामा भेटिएको थियो । शवको अवस्था हेर्दा करिब एक साताअघि मृत्यु भएको आशंका प्रहरीले गरेको छ ।

भद्रपुर, फागुन १३ । आयोजकको टिम भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । योसँगै भद्रपुरले सात लाख पुरस्कार सुरक्षित गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा आयोजक भद्रपुर ब्लेजर्सले काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै उपाधिनजिक पुगेको हो । ९० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले बंगलादेशलाई ४–३ गोल अन्तरले पराजित गरेको हो । टाइब्रेकरमा भद्रपुरका तर्फबाट सत्यम शर्मा, दिवश उराउ, विदेशी खेलाडीहरू अरमान बिडोङ र अबयोमिले गोल गरे । कुलदिप कार्कीको प्रहार गोलपोस्टमा लागेर बाहिरियो । त्यस्तै, बंगलादेशका तर्फबाट साइडोस्टोन, एस सिल्लाह…

भद्रपुर फागुन १२। डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा भुटानले झापा–११ एफसीको सामना गर्नेछ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा भुटानले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । अत्यन्तै रोमाञ्चक खेलको ३४ औँ मिनेटमा लाक्पा पाख्रिनले गोल गर्दै भुटानलाई अग्रता दिलाए । सुरज रसाइलीले पेनाल्टी एरियामा एपिएफका तीनजना डिफेन्ससँग खोसेको बललाई पाख्रिनले गोल गर्न सफल भए । उनको प्रहारले एपिएफका खेलाडीलाई टच गर्दै जाली चुमेको थियो । त्यसको दुई मिनेटमै भुटानले अग्रता दोब्बर बनायो ।…