बिर्तामोड, माघ १५ । आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८१ को खेलतालिका सार्वजनिक गरिएको छ । झापाको बुद्धशान्तिस्थित जयपुरमा हुने प्रतियोगिताको उद्घाटन खेलमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लब खेल्ने आज पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगिताअन्तर्गत दोस्रो क्वार्टर फाइनल खेल आयोजक नव ज्योति युवा क्लब र रेड हर्स एफसी इलामबीच हुने क्लबका उपाध्यक्ष खेमराज श्रेष्ठले जानकारी दिए । त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेलमा भारतको सिलिगुडी युनाइटेडले न्यु स्टार एफसी सुनसरीका विरुद्धमा खेल्नेछ । अन्तिम क्वार्टर फाइनल खेल प्लानिङ ब्वाइज काठमाडौँ र मानेभञ्ज्याङ एफसी दार्जिलिङबीच हुनेछ । नव ज्योति युवा क्लबको…

बुद्धशान्ति , माघ १४ । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिले आयोजना गरेको दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका टि 20 क्रीकेट प्रतियोगितामा गौरादह र कचनकवल गाउँपालिका क्वाटर फाइनलमा प्रबेश गरेका छन् । आज भएको पहिलो खेलमा गौरादहले बुद्धशान्ति गाउँपालिकालाई २४ रनले पराजित गर्दै क्वाटर फाईनलमा स्थान सुरक्षित गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको गौरादहले बुद्धशान्तिलाई २०३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याउने क्रममा बुद्धशान्तिले ८ विकेटको क्ष्यतिमा १७८ रन बनायो । गौरादहलाई जितका लागि सुरज न्यौपाने ५४,अर्जुन यादब ५० रन बनाएका थिए भने बुद्धशान्तिका लागि आदि हाङ फागोले ४०, कप्तान अर्पण कार्किले ३४ र पारस निरौलाले ३२…

बिर्तामोड माघ १४ । एपोलो पेन्ट्स बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा सहभागीलाई मध्यनजर गर्दै महोत्सव आयोजक समितिले एउटा टिकट खरिदमा अर्काे टिकट फ्रि अफर ल्याएको छ। अर्थात अब एक सय रुपैयाँको टिकट लिदा दुई वटा टिकट पाइने भएको छ । योसंगै एनसेलका दुई वटा सिम सित्तैमा र एक प्याकेट सेनिटर प्याडसमेत उपलब्ध गराउने भएको हो । महोत्सवलाई थप रोचक र चलायमान बनाउन महोत्सव आयोजक समितिले यस्तो निर्णय गरेको हो । यो निर्णय आज माघ १४ गते सोमवारबाट लागू भएको छ । माघ १९ गते सम्म सञ्चालन हुने महोत्सव अवधिभर यो निणर्य लागू गरिने छ महोत्सव मूल आयोजक समितिका सदस्य…

बुद्धशान्ति, माघ १३ । बुद्धशान्तिमा जारी दोस्रो बर्खा स्मृति झापा जिल्ला अन्तरपालिका T-20 क्रीकेट प्रतियोगिताको आजको खेलमा झापा गाउँपालिका र मेचिनगर नगरपालिका बिजयी भएका छन् । आज भएको पहिलो खेलमा शिवसताक्षी नगरपालिका र झापा गाउँपालिका बिचको खेलको निर्णय सुपर ओभर बाट लिईएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको झापा गाउँपालिकाले निर्धारित २० ओभरको अन्तिम बलमा अलआउट हुँदै १६३ रन बनाएको थियो । १६४ रनको लक्ष्य पछ्याएको शिवसताक्षी नगरपालिकाले अलआउट हुँदै समान १६३ रन बनाउन सफल भयो । शिवसताक्षीका लागि २८ बलमा ९४ रन बनाएका सुजन थपलियाको पारी जितमा परिणत हुन भने असफल भयो । अत्यन्तै प्रतिस्पर्धात्मक भएको खेलमा…

मेचीनगर। बाहुण्डाँगी जेसीज बर्ष २०२५ ले आफ्नो दोस्रो कार्यक्रमका रुपमा आफ्ना कार्यसमिति सदस्य तथा पुर्व अध्यक्षहरुलाई समेत संलग्न गराउँदै “pree- induction & lom officer ” तालिम सम्पन्न गरेको छ। आज शनिबार बाहुणडाँगी स्थित भिरपाखा रिसोर्टमा कार्यक्रम सम्पन्न भएको हो । जेसीज वर्ष २०२५ का अध्यक्ष नित्यानन्द चम्लागाईँको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन जेसी सामुल रायाले गरेका थिए । कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका प्रोफेसर हेमराज कार्कीको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रमका प्रशिक्षक चारआली जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी उत्तम पकुवाल रहेका थिए। तालिमले व्यक्तित्व विकासमा टेवा पुर्याउने र नयाँ सीप र ज्ञान बढाएको सहभागीहरुले बताएका छन्। जेसीजका नयाँ सदस्यहरुले…

रुकुमपश्चिममा अनौठो घटना घटेको छ। प्रेममा परी विवाह गर्न भनी भागेका एक जोडी (प्रेमी-प्रेमिका) घरभित्रै मृत भेटिएका छन्। जिल्लाको त्रिवेणी गाउँपालिका–४ खुम्चेरीमा १९ वर्षीय लोकेन्द्र खड्का र १९ वर्षकै सपना पुन मगर यसरी मृत भेटिएका जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले थाहाखबरलाई जानकारी दिए। उनीहरू ४ दिन अघि बिहे गर्ने भन्दै घरबाट भागेका खुल्न आएको छ। स्थानीयले खोजी गर्दा उनीहरू शनिवार प्रेमी (लोकेन्द्र)कै घरमा रहेको अस्थायी टहरामा मृत भेटिएका उनले बताए। लोकेन्द्र झुन्डिएको अवस्थामा र सपना भुईँमा मृत भेटिएका हुन्। लोकेन्द्रमा आमाबुवा काम विशेषले जिल्ला बाहिर गएकाले उनीहरू आएपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जानकारी…

आयुष निरौला, बुद्धशान्ति माघ १२ । डिफेन्डिङ च्याम्पियन बिर्तामोड नगरपालिका र कन्काई नगरपालिका बुद्धशान्तिमा जारी दोश्रो संकरणको झापा जिल्ला अन्तरपालिका T-20 क्रीकेट प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेका छन् । आज भएको पहिलो खेलमा बिर्तामोड नगरपालिकाले कमल गाउँपालिका लाई ८७ रनको फराकिलो अन्तरले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको बिर्तामोड नगरपालिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै २१४ रन बनाएको थियो। २१५ रनको लक्ष्य पछ्याएको कमल गाउँपालिकाले २० ओभर खेल्दै ९ विकेट गुमाएर १२७ रन मात्रै बनाउन सफल भयो । बिर्तामोडका लागि २७ बलमा ५४ रन बनाएका आदर्श सरिया म्यान अफ दि म्याच घोषित भए । त्यसैगरी दोश्रो खेलमा…

बिर्तामोड, माघ ११ । झापाको बुद्धशान्तिमा जारी दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका टि २० पुरुष क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भद्रपुर नगरपालिका क्वार्टर फाइनलमा प्रवेश गरेको छ । भद्रपुरले दमक नगरपालिकालाई १० विकेटको फराकिलो अन्तरले हराएको हो । प्रतिकुल मौसमका कारण आज २० ओभरको खेललाई छोट्याएर १०–१० ओभरमा झारिएको थियो । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको दमकले १० ओभरमा ६ विकेट गुमाउँदै भद्रपुर लाई ७५ रनको लक्ष्य दिएको थियो । दमकका लागि संगम बुढाथोकीले १६ बलमा २५ रन जोडे भने सचिन श्रेष्ठले १८ बल खेल्दै २० रन जोडेका थिए । अन्य खेलाडीले खासै राम्रो खेल्न सकेनन् । भद्रपुरका प्रवेश कामतीले…

बिर्तामोड माघ १२ ।। मोरङको पथरीशनिश्चरे नगरपालिका– ९ खरेल डाँडा निवासी शान्ति राईकी १७ वर्षीया छोरी सलिना राई दुबै मृगौला फेल भएर अहिले मृत्युसँग संघर्ष गरिरहेकी छन् । आर्थिक अवस्था निकै नाजुक रहेको राई परिवार अहिले उपचार गराउँदा भएभरको जेथो सकिएपछि छोरीको जीवन बचाइदिन सलिनाको दुबै मृगौला फेल भएपछि उपचारका लागि उनकी आमाले सबैसंग सहयोगको याचना गरेकी हुन् । २०८१ जेठदेखि बिरामी परेकी छोरी सलिना स्थानीय भागिरथ मावि कक्षा–१२ मा पढ्दैछिन् । पाँच जनाको परिवारको गुजारा र छोरीको डाइलासिस गर्दा लाग्ने खर्च जुटाउन नसकेर राई परिवारलाई निकै समस्या परेको छ । हाल सलिनाको बुढीगंगास्थित विराट टिचिङ हस्पिटलमा नियमित डाइलासिस…