बिर्तामोड ।। झापाको कनकाई नगरपालिका वडा नम्बर ७ स्थित सरस्वती वडा बाल संजालले अन्तर्राष्ट्रिय विश्व बाल दिवसको अबसरमा बालबालिकाको प्रतिभा पहिचान गर्न खुल्ला एकल नृत्य प्रतियोगिता साथै विविध सास्कृतिक कार्यक्रम गरेको छ । सरस्वती वडा बाल संजालका अध्यक्ष रिजन तिम्सिनाको अध्यक्षता र झापा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य एलपी सावाँ लिम्बुको प्रमुख आतिथ्यतामा बुधबार भृकुटी मावि दुर्गापुरमा उक्त कार्यक्रम सम्पन्न भएको हो । अन्तरास्ट्रिय बाल दिवसको अवसर पारेर गरिएको प्रतियोगितात्मक खुल्ला एकल नृत्य प्रतियोगितामा २५ जनाको सहभागीता रहेको थियोे । प्रतियोगितामा कोपिला कार्की डाेली प्रथम , रितिका लिम्बू द्वितीय , कुसुम डुङ्गाना तृतीय र सविना अोलिले सान्त्वना…

बिर्तामोड, ६ मंसिर ।। बिर्तामोडमा सामुदायिक कुकर बन्ध्याकरण शिविर सुरु भएको छ । नगरपालिकाको आयोजनामा २ दिने शिविर आजदेखि पशुपंछि तथा मत्स्य विकास शाखाको कार्यालय वडा नम्बर ४ मा सुरु भएको हो । एक संक्षिप्त कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले नगरका सबै वडाबाट सामुदायिक कुकुर संकलन गरेर बन्ध्याकरण गर्न निर्देशन दिनु भयो । छाडा कुकुरकाकारण विभिन्न प्रकारका दुर्घटना, रेबिज, अन्नबालीमासमेत क्षति हुनेगरेकोले यसको नियन्त्रणका लागि यो शिविर महत्वपुर्ण रहेको बताउनु भयो । उहाँले यस कार्यमा सबै जनप्रतिनिधि तथा स्थानीय टोलविकास संस्थाहरुले सहयोग गर्नु पर्ने धारणा राख्नु भयो । यस पटक २ सय वटा सामुदायिक कुकुरको वन्ध्याकरण गरीने…

अर्जुनधारा । चौंथो खुदुनाबारी गोल्डकपको उपाधि मेचीनगर नगरपालिकाले जितेको छ । अर्जुनधारा–३ को कैदले प्राकृतिक रंगशालामा आज सम्पन्न भएको गोल्डकपको उपाधि मेचीनगरले कब्जा गरेको हो । मेचीनगरलाई जित दिलाउन लक्षु थापाले २ गोल गरे । उनले खेलको २६ औं र ३६ औं मिनेटमा गोल गरेका थिए । गोल्डकपको विजेता मेचीनगरले नगद १ लाख ११ हजार २ सय ११ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार पायो । उपविजेता बनेको शिवसताक्षीले नगद ५५ हजार ६ सय ५५ रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । शिवसताक्षीका निकेश श्रेष्ठ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बने । उनले नगद १० हजार र ट्रफि पुरस्कार…

झापा ।। : गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका–६ रजस्थलका एकै व्यक्तिले चार सय मुरी धान फलाएका छन्। स्थानीय मेघनाथ अर्यालले सो परिमाणमा धान फलाएका हुन्। एउटै व्यक्तिले यति धेरै धान फलाउने अर्याल जिल्लामै एक्लो व्यक्ति हुन्। हालसम्म उनले तीन सय मुरी धान खेतबाट उठाइसकेका छन् भने अझै सय मुरी उठाउन बाँकी छ। ‘हालसम्म ७५ रोपनी क्षेत्रफलमा लगाएको तीन सय मुरी धान उठाएका छौँ, अब २५ रोपनीको करिब सय मुरी उठाउन बाँकी छ, धान काटेर सुकाउन राखेको छु। अब थ्रेसर लगाएर धान र पराल छुट्याउन मात्रै बाँकी छ’, अर्यालले भने। उनले सय रोपनीमध्ये ७२ रोपनी आफ्नो र २८ रोपनी भाडामा लिएर…

अर्जुनधारा ।। मेचीनगर नगरपालिका चौंथो खुदुनाबारी गोल्डकपको फाइनल प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा भद्रपुर नगरपालिकालाई ६–१ गोलको फराकीलो अन्तरले पराजित गर्दै मेचीनगरले उपाधि भिड्न्त पक्का गरेको हो । मेचीनगरलाई सहजै जित दिलाउन सनम भुजेलले ह्याट्रीक गरे । ३४ औं मिनेटमा पहिलो गोल गरेका भुजेलले ४० औं मिनेटमा दोस्रो र ६९ औं मिनेटमा तेस्रो गोल गरे । खेलमा मेचीनगरका लागि पहिलो गोल सरोज कार्कीले गरेका थिए । उनले खेलको ३० औं मिनेटमा गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाए । त्यस्तै मेचीनगरकालागि लक्षु थापाले ५४ औं मिनेटमा थप एक गोल गरे । दोस्रो हाफको अतिरिक्त समयमा भद्रपुरका…

बिर्तामोड मंसिर ०३।। मोफसलकै चर्चित फुटबल क्लब झापा ११ फुटबल क्लबले बिर्तामोड झापा कप आयोजना गर्ने भएको छ। क्लबको आयोजनामा यही मंसिर २९ गतेदेखि झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बिर्तामोड झापा कप अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता हुने भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको छाल। प्रतियोगिता सञ्चालन समितिका संयोजक केशवराज दाहालका अनुसार प्रतियोगितामा मोफसलका चर्चित टिम र भारतका दुई वा तीन टिमको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेता टिमले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ । फाइनल खेल पुस ६ गते हुनेछ । झापामा फुटबलको स्तर बढाउने तथा खेल…

ईम्बुङ पाँचथर ।। पॉचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.२,इम्बूङमा बराहक्षेत्र कात्र्तिके पूर्णिमा मेलाको अवसरमा आयोजित खुल्ला नकआउट पुरुष फुट्बल प्रतियोगिताको उपाधि नुमाफुङ युथ क्लव फिदिम ७ सिवाले हात पारेको छ । सोमबार सम्पन्न फाइनल खेलमा नाम्तोक क्लव फाल्गुनन्द ५ फाक्तेपलाई ट्राइबेकरमा पराजित गर्दै नुमाफुङ युथ क्लवले उपाधि जितेको हो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि पेनाल्टी सुटआउटबाट खेलको नतिजा निकालिएको थियो । प्रतियोगितामा विजेता नुमाफुङ युथ क्लवले नगद एक लाख दश हजार सहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको नाम्तोक क्लवले सत्तरी हजार रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । यसै…

अर्जुनधारा ।। शिवसताक्षी नगरपालिका चौंथो खुदुनाबारी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । अर्जुनधारा–३ खुदुनाबारीस्थित कैदले प्राकृतिक रंंगशालामा जारी प्रतियोगिताको आज भएको पहिलो सेमिफाइनलमा बिर्तामोड नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै शिवसताक्षी फाइनलमा प्रवेश गरेको हो । शिवसताक्षीको जितमा मिलन राई नायक बने । उनले टिमकालागि २ गोल गरे । राईले खेलको २६ औं मिनेटमा डि–एरियामा बिर्तामोडका गोलरक्षक अविशेक चौधरीले फल्ड गरेपछि पाएको पेनाल्टी प्रहारलाई गोल पोष्ट भित्रबाट जाली चुमाउदै टिमलाई पहिलो अग्रता दिलाए । उनले खेलको ६१ औं मिनेटमा दोस्रो गोल गरेका थिए । २–० गोल अन्तरलेपछि परेको बिर्तामोडका लागि ६३ औं मिनेटमा श्याम मुर्मुले एक गोल गर्दै २–१…

झापा ।। पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आज दिउँसो दुई बजे उहाँको निधन भएको उहाँका भान्जा सुरज भट्टराईलाई जानकारी दिनुभयो । अस्पतालमा उहाँको कलेजो सम्बन्धी समस्याको उपचार चलिरहेको थियो । ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए । ढुंगाना वरिष्ठ अधिवक्ता समेत हुनुहुन्थ्याे । उहाँले तत्कालिन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका पनि खेल्नुभएकाे थियाे । पञ्चायतकालमा विद्यार्थी संगठन बनाएर राजनीतिक यात्रा सुरु गर्नुभएका उहाँले वरिष्ठ अधिवक्ता, मानवअधिकारवादी र नागरिक समाजको अगुवाको पहिचान समेत बनाउनुभएकाे छ । २०२८ सालमा नेपाल बार एसोसियसनको महासचिव बन्नुभएका उहाँ पत्रकारिता र शिक्षण पेशामा पनि लाग्नु भएको थियो…

तनहुँको बन्दीपुरमा दुईवटा यात्रु बस एकापसमा जुध्दा एकजनाको ज्यान गएको छ । मुग्लिङ-पोखरा सडकखण्ड अन्तर्गत तनहुँको बन्दिपुर नगरपालिका-५ नया पुलमा दुईवटा यात्रुबाहक बस ठक्कर खाँदा एकजना चालकको ज्यान गएको हो । यो दुर्घटनामा कम्तीमा पनि २९ जना यात्रु घाइते भएका छन् । जसमा ३ जनाको अवस्था गम्भीर रहेको तनहुँ प्रहरीले जानकारी दिएको छ ।