काठमाडौं असार २८॥ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएसगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नयाँ सरकार गठनका लागि दाबी पेश गर्न शीतल निवास पुगेका छन् । उनीहरु शुक्रबार राति सव ९ बजे बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेस गर्न राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका हुन् । शुक्रबार नै राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि दुई वा दुईभन्दा बढी दलहरूलाई आह्वान गरेका छन् । पौडेलले आइतबार साँझ ५ बजेसम्मका लागि समय दिएका छन् । प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएर स्वतः पदमुक्त भएपछि राष्ट्रपतिले नयाँ सरकार गठनका…

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदमा विश्वासको मत पाउन असफल भएका छन्। प्रधानमन्त्री दाहाललाई ६३ जना सांसदले मात्रै विश्वासको मत दिए। विश्वासको मतको विपक्षमा १९४ सांसदले मतदान गरे। एक जना तटस्थ बसे। आजको बैठकमा २५८ जना सांसद उपस्थित थिए। कुल २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत आवश्यक पर्छ। विश्वासको मत नपाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन । प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएक हुन। एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए । समर्थन फिर्ता लिएर नेकपा एमाले सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री…

बिर्तामोड,असार २८॥वित्तिय साक्षरता सम्वन्धि एक दिवसीय तालिम बिर्तामोडमा सम्पन्न भएको छ। गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत बिर्तामोड नगरपालिकाले तालिमको आयोजना गरेको थियो । महिलाहरुलाई आत्मनिर्भर, सशक्तिकरण र उद्यमशिलतासंग जोडेर तालिमको आयोजना गरिएको नगरका वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाले बताउनुभयो । सहभागीहरुले तालिम फलदायी रहेको प्रतिक्रिया दिएका छन् । उनीहरुले बचत गर्ने बानीको विकास र आर्थिकरुपमा सक्षम हुनुका लागि आवश्यक उद्यमशिलताको विषयमा महत्वपुर्ण जानकारी प्राप्त गरेको धारणा व्यक्त गरेका छन् । विजय तिम्सिनाले सहजीकरण गर्नु भएको तालिममा बिर्तामोडका ८ वटा लघु उद्यमी समूहबाट २५ जना महिलाहरुले सहभागीता जनाएका थिए । नगरको आर्थिक विकास समिति संयोजक संगिता सिवाले…

काठमाडौं असार २८॥ देशमा मनसुन भित्रिएसँगै परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोलगायत विपद्ममा परी हालसम्म एक सय एक जनाले ज्यान गुमाएका छन् । गत जेठ २८ गते बिहान ९ बजेदेखि आज असार २८ गते बिहान ८ बजेसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परी एक सय एक जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘जेठ २८ गते बिहान ९ बजेदेखि आज बिहान ८ बजेसम्ममा बाढीपहिरोमा परी एक सय एक जनाको मृत्यु, एक सय आठ जना घाइते र छ जना बेपत्ता भएका छन् ।’ यसैगरी बाढीपहिरो तथा विपद्का कारण काठमाडौँमा एक जना,…
पोखरा महानगरपालिकामा गएराति पहिराले घर पुरिँदा एकै परिवारका ७ जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नं. १९ पुरुन्चौर ठाँटीका कुलबहादुर परियारको घर गएराति सवा १० बजे झरेको पहिरोले पुरिँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा कुलबहादुर परियार, मनकुमारी परियार, लक्ष्मी परियार, प्रशना परियार, प्रभाव परियार, अमित परियार र राधिका परियार छन् । पहिरोमा पुरिएका उक्त परिवारका २ जनाको उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको छ । पहिरोले पोखरा-३२ चैनपुर र मादी-११ तल्लो साप्लेमा पनि थप ३ जनाले ज्यान गुमाएका छन्। स्थानीय आरती ओझाको टिनले छाएको एक तले घर माथिबाट आएको पहिरोले पुरिँदा उनकी २ छोरीसहित ३ जनाको मृत्यु भएको…

झापा असार २८॥ चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले दुई वटा बस बगाएको प्रहरीले जनाएको छ। शुक्रबार बिहान अन्दाजी साढे ३ बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलताल भन्ने स्थानमा पहिरोले दुई वटा बस बगाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज रिजालले जानकारी दिए। विरगन्जबाट काठमाडौं आउँदै गरेको विङ्गर बगाएको डिएसपी रिजालले बताए। त्यसमा अन्दाजी २० देखि २२ यात्रु रहेको प्रहरीले जनाएको छ। त्यस्तै काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स लेखेको बस पनि पहिरोले बगाएको छ। उक्त बसमा ४२ यात्रु रहेको अनुमान प्रहरीको छ। उक्त खबर पछि एसपी, डिएसपी, लगायतको कमाण्डमा ७५ जनाको टोली घटनास्थलमा खटिएका छन्। पहिरोले दुवैतर्फ सडक अवरोध भएको छ।

बिर्तामोड असार २७॥ सरकारले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र लागु गर्ने निर्णय तत्कालका लागि स्थगन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गर्दै सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र तत्काल अनिवार्य नगर्ने गरी गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । “सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचय पत्र लागु गर्ने निर्णय भएकोमा मुलुकको विभिन्न स्थानमा भएको बाढी र पहिरोका कारण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन असहज हुने भएकाले तत्कालका लागि लागु नगर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ।

मोरङको सुन्दरहरैँचामा कुखुरा फार्म सञ्चालकको हत्या भएको छ। बिहीबार बिहान १०ः३० बजेतिर सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको हत्या गरेको अवस्थामा शव फेला परेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए । घरनजिकै कुखुरा फार्म सञ्चालन गर्दै आएका बजगाईंको त्यही फार्मभित्र शव भेटिएको कार्कीले बताए ।बजगाईंको टाउको तथा शरीरका अन्य भागमा गहिरो चोट देखिएको छ। घटनास्थलमा रगत लतपतिएको अवस्थामा बन्चरो र दाउरा फेला परेको छ। मृतकको शरीरमा बन्चरो र दाउले प्रहार गरेजस्तो चोट देखिएको प्रहरी प्रमुख कार्कीले बताए। यद्यपि, हत्यामा संलग्नको पहिचान भएको छैन । बजगाईंको खुकुरा फार्ममा काम गर्न श्रीमान्-श्रीमती बस्दै आएका थिए। घटनास्थलमा नभेटिएका…

लगातार दोस्रो पटक इंग्ल्यान्ड यूरो कपको फाइनल पुगेको छ। बिहीबार बिहान सम्पन्न दोस्रो सेमिफाइनलमा नेदरल्यान्ड्सलाई २-१ गोलले पराजित गर्दै इंग्ल्यान्डले फाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो। बुधबार बिहान सम्पन्न पहिलो सेमिफाइनलमा स्पेन फ्रान्सलाई २-१ गोलले नै पराजित गर्दै फाइनल पुगिसेको छ। दोस्रो सेमिफाइनलमा सुरुवाती अग्रता लिएको नेदरल्यान्ड्सलाई रोक्दै इंग्ल्यान्ड फाइनलमा पुगेको हो। उसका लागि ओली वाटकिन्सले दोस्रो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा गोल गर्दै फाइनल यात्रा निस्चित गरेका हुन्। खेलको सातौं मिनेटमा नेदरल्यान्ड्सका जावी सिमोन्सले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। खेलको १८ औं मिनेटमै इंग्ल्यान्डका लागि कप्तान ह्यारी केनले पेनाल्टी गोल गर्दै खेल बराबरीमा फर्काए। इंग्ल्यान्डका कप्तान…

उरुग्वेलाई पराजित गर्दै कोलम्बिया कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको नर्थ क्यारोलिनास्थित बैंक अफ अमेरिका रंगशालामा भएको खेलमा कोलम्बियाले उरुग्वेलाई १–० गोलले हराएको हो। पहिलो हाफको ३९औँ मिनेटमा जेफ्रिसन लिर्माले गरेको गोल नै कोलम्बियालाई उपाधि नजिक पुर्याउन पर्याप्त बन्यो। पहिलो हाफको अतिरिक्त समयमा कोलम्बियाका डानियल मुनोज रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि कोलम्बिया १० खेलाडीमा सिमित भएको थियो। त्यसपछि निकै आक्रामक खेल खेलेको उरुग्वेले गोल गर्न सकेन। कोलम्बियाले पानामालाई ५–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो। पछिल्ला २७ खेलमा अपराजित कोलम्बिया २३ वर्षपछि कोपा उपाधि जित्ने योजनामा छ। कोलम्बियाले २००१ मा पहिलो पटक कोपा जितेको छ। कोलम्बियाले उपाधिका…