Sacho Khabar

समाज

निजामती कर्मचारी संगठन अर्जुनधाराको अध्यक्षमा पोखरेल

निजामती कर्मचारी संगठन अर्जुनधाराको अध्यक्षमा पोखरेल

  शनिश्चरे । नेपाल निजामती कर्मचारी संगठन अर्जुनधाराको अध्यक्षमा त्रिविक्रम पोखरेल चयन हुनुभएको छ । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति झापाको आयोजनामा अर्जुनधारा नगरपालिकाको सभाहलमा आज भएको प्रथम पालिका अधिवेशनबाट पोखरेल अध्यक्षमा चयन हुनुभएको हो । संगठनको उपाध्यक्षमा खगेन्द्र लिङ्देन, सचिवमा हरिप्रसाद रिजाल, सहसचिवमा कमल पौडेल र कोषाध्यक्षमा मन्जु खतिवडा चयन हुनुभएको छ । त्यस्तै संगठनको सदस्यहरुमा डेनिस कडरिया, दुर्गा भट्टराई, पुष्पा पौडेल, मीना अधिकारी, माधव भण्डारी, पूजा कोइराला, रोशन सिलवाल र कृष्ण नेपाल चयन हुनुभएको नवनिर्वाचित उपाध्यक्ष खगेन्द्र लिङ्देनले जानकारी दिनुभयो । यस्तै अधिवेशनले लेखा परीक्षण आयोग समेत गठन गरेको छ । आयोगको संयोजकमा चुडामणि खनाल चयन हुनुभएको…
Read More
अर्जुनधारामा लागू औषध दुव्र्यसन विरुद्धको जनचेतनामूलक कार्यक्रम सम्पन्न

अर्जुनधारामा लागू औषध दुव्र्यसन विरुद्धको जनचेतनामूलक कार्यक्रम सम्पन्न

अर्जुनधारा फागुन २८ ।। हाम्रो चाहना स्वास्थ्य र  दुव्र्यसनरहित समाजको परिकल्पना भन्ने मूल नाराका साथ एक दिने लागू औषध दुव्र्यसन रोकथाम तथा जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ। अर्जुनधारा नगरपालिका वडा नम्बर ९ गोलधापस्थित खुल्ला प्राङ्गणमा आयोजित कार्यक्रममा लागू औषध अहिलेको समस्या भएको बताउँदै लागूऔषधबाट युवापिढीमा पर्न गएको असरलाई मध्यनजर गर्दै सो कुलतमा फसेकालाई सही बाटोमा ल्याउन र नयाँ युवा युवतीलाई लागू औषधको कुलतबाट टाढा राख्ने उद्देश्यले  कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष सुरेन् राईले बताउनुभयो । स्थानीय स्तरमा रचनात्मक कार्य गर्दै आएको गोलधाप युवा क्लबद्वारा आयोजित लागुपदार्थ दुव्र्यसन रोकथाम तथा जनचेतना अभिवृद्धि कार्यक्रम क्लबका अध्यक्ष सुरेन राईको अध्यक्षता र अर्जुनधारा…
Read More
होलिबेलको बार्षिक उत्सवमा जब विद्यार्थीले संस्थापक अणु प्रधानलाई सम्झिए…

होलिबेलको बार्षिक उत्सवमा जब विद्यार्थीले संस्थापक अणु प्रधानलाई सम्झिए…

धुलाबारी । विद्यार्थी, अभिभावक र अतिथिले भरिभराउ टाउन हल । विद्यार्थीहरुको आ आफ्नो प्रस्तुती नृत्य, गायन र भाषणले माहोल निकै तातेको थियो । प्रमुख अतिथिका रुपमा मेचीनगर ९ का वडा अध्यक्ष कन्चन तामाङ थिए । उनी पनि विद्यार्थीको प्रतिभालाई नजिकबाट हेरिरहेका थिए । यत्तिकैमा एउटा नृत्य प्रस्तुत भयो । सम्बोधन तिमीलाई गर्दैछु भन्ने गीत गन्जियो । त्यसपछि विद्यार्थीहरुले नृत्य प्रस्तुत गर्न थाले । अघि रमझमम रहेको माहोल एकाएक शान्त तथा भावुक बन्यो । नृृत्य विद्यालयका संस्थापक प्रिन्सिपल अणु प्रधानको सम्झनामा कोरियाग्राफर गरिएको थियो । जसले विद्यालयलाई स्थापना गरेर २० वर्ष पुरा गरेपछि प्रधानको निधन भएको थियो । विद्यालयकी निर्देशक अमृता…
Read More
बिर्तामोडमा मध्यरातमा ग्याङफाइट तीन जना घाइते

बिर्तामोडमा मध्यरातमा ग्याङफाइट तीन जना घाइते

  झापा फागुन २७   ।।  झापाको बिर्तामोडमा गए राति दुई समूह वीच तरबारसहित ग्याङफाइट हुँदा तीनजना घाइते भएका छन् । राति १२:४५ बजे बिर्तामोड नगरपालिका वडा न.४ भद्रपुर रोडस्थित दरबार रेस्टुरेन्ट अगाडी सोही रेस्टुरेन्टमा खाई-पिई गरी घर फर्किने क्रममा दुई समूहबीच ग्याङफाइट भएको थियो । ग्याङफाइटमा बिर्तामोड नगरपालिका वडा नम्बर ४ बस्ने बर्ष अन्दाजी ३७ का खगेन्द्रराज आङ्दम्बे, वडा नं ४ बस्ने अजय खवास र वडा नम्बर ९ बस्ने बर्ष अन्दाजी ३५ का विश्वदिप राजवंशी घाइते भएका छन् । आङ्दम्बेको गालाको बायाँ साइडमा काटिएको (अबस्था गम्भीर), खवासको बायाँ हातको माझी औला काटेको (अबस्था सामान्य) र राजवंशीको अनुहार र खुट्टामा चोट…
Read More
व्यवसायी राहत कोष’ मा रकम र वृद्धाश्रममा खाद्यन्य प्रदान गर्दै घिमिरेले मनाए जन्मोत्सव

व्यवसायी राहत कोष’ मा रकम र वृद्धाश्रममा खाद्यन्य प्रदान गर्दै घिमिरेले मनाए जन्मोत्सव

  झापा, फागुन १२ । बिर्तामोड उद्योग वाणिज्य संघद्वारा स्थापित ‘व्यवसायी राहत कोष’का संयोजक राज कुमार घिमिरे ‘राजु’ ले ३१ हजार पाँच सय रुपैयाँ सहयोग गरेका छन् । आफ्नो जन्म दिनको अवसर पारेर संघका वरिष्ठ उपाध्यक्ष समेत रहेको घिमिरेले कोषमा सहयोग गरेका हुन् । श्रीमती  मीनादेवी भट्टराई घिमिरे सहित संघको कार्यालयमा आएका संयोजक घिमिरेले संघका अध्यक्ष राजु न्यौपानेलाई चेक हस्तान्तरण गरेका थिए । व्यवसायीलाई समस्या पर्दा तत्काल राहत उपलब्ध गराउने गरी संघले एक करोड रुपैँयाको अक्षयकोष स्थापना गरेको छ । सो कोषमा हालसम्म १० लाख रुपैयाँ माथि रकम संकलन भइरहेको छ । वरिष्ठ उपाध्यक्ष घिमिरेले कोष वृद्धिका लागि रकम उपलब्ध…
Read More
पाठेघरको मुखको क्यान्सर  स्क्रिनिङ सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

  बिर्तामोड, ८ फागुन : बिर्तामोड नगरपालिकाको आयोजनामा पाठेघरको मुखको क्यान्सर (VIA) स्क्रिनिङ सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । नगरपालिकाले ३० वर्षदेखि ६० वर्ष उमेर समुहका महिलाहरुलाई लक्षित गरेर फागुन ११ गतेदेखि १५ गतेसम्म शिविर सञ्चालन गर्न लागेको हो । शिविरमा प्रजनन् स्वास्थ्य रुग्णता सेवा अन्तर्गत स्तन क्यान्सर, अब्सट्रेटिक फिस्टुला, आङ खस्ने समस्या सम्बन्धि पनि जाँच गरिनेछ । नगरका ४ वटा स्थानमा शिविर सञ्चालन हुने स्वास्थ्य शाखाले जनाएको छ । आधारभुत स्वास्थ्य केन्द्र वडा नम्बर १मा फागुन ११ गते, वडा नम्बर १० मा फागुन १२ गते, वडा नम्बर ९ मा फागुन १३ गते र बिर्तामोड नगरअस्पतालमा १५…
Read More
अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि कनकाई नगरपालिकालाई

अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि कनकाई नगरपालिकालाई

  बिर्तामोड, ५ फागुन : झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि कनकाई नगरपालिकाले जितेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको फाइनल खेलमा अर्जुनधारा नगरपालिकालाई ३-० गोलअन्तरले पराजित गर्दै कनकाई अन्तरपालिका महिला फुटबलको च्याम्पियन बनेको हो । कनकाईको जितमा सिम्रन राई र पूर्णिमा राईले गोल गरेकी हुन् । पहिलो हाफको ७ मिनेटमै कनकाईकी सिम्रन राईले गोल गर्दै अग्रता दिलाएकी थिइन् । दोस्रो हाफमा थप दुई गोल भएको थियो । खेलको ५३औँ मिनेटमा कनकाईकी पूर्णिमा राईले गोल गर्दै अग्रता दोब्बर बनाएकी हुन् । यसैगरी, सिम्रन राईले ६०औँ मिनेटमा व्यक्तिगत दुई गोल…
Read More
पूर्व विद्यार्थीले जोडिदिए बलभद्रमा सिसि क्यामारा

पूर्व विद्यार्थीले जोडिदिए बलभद्रमा सिसि क्यामारा

  मेचीनगर । बलभद्र आधारभूत विद्यालय मेचीनगर ३ मा अध्ययन गरेका पूर्व विद्यार्थीहरुले आफ्नो विद्यालयमा सिसि क्यामारा जडान गरिदिएका छन् । २०२६ सालमा स्थापना भएको यो विद्यालयमा २०८० सम्म अध्ययन गरेका पूर्व विद्यार्थीहरुले उक्त सिसि क्यामारा जडान गरिदिएका हुन् । सुरक्षित समाजका लागि सिसि क्यामारा जडान अभियान नै सन्चालन गरेर २ लाख २९ हजार मुल्य बराबरको १४ वटा क्यामारा जडान गरेका हुन् । यस विद्यालयमा अध्ययन गरि अहिले बैदेशिक रोजगारीका शिलशिलामा विभिन्न देशमा रहेका पूर्व विद्यार्थीहरुले उक्त रकम संकलन गरेका थिए । यसै विद्यालयमा रहेको पूर्व विद्यार्थी समाजका अध्यक्ष अर्पण बलम्पाकी मगरको नेतृत्वमा उक्त अभियान सन्चालन गरिएको थियो । आइतवार…
Read More
आज भ्यालेन्टाइन डे विश्वभरि प्रेम सद्भाव र विश्वास साटासाट गरी मनाइँदै

आज भ्यालेन्टाइन डे विश्वभरि प्रेम सद्भाव र विश्वास साटासाट गरी मनाइँदै

  झापा । प्रत्येक वर्ष फेब्रुअरी १४ तारिखका दिन विश्वभर प्रणय दिवस (Valentine’s Day) उत्साहका साथ मनाइन्छ। नेपालमा पनि पछिल्ला वर्षहरूमा युवापुस्तामाझ यो दिवसको लोकप्रियता बढ्दै गएको छ। प्रणय दिवस प्रेम, आत्मीयता र विश्वासको प्रतीकका रूपमा लिइन्छ। यस दिन विशेषगरी प्रेमी-प्रेमिकाहरूले एकअर्कालाई उपहार, फूल र चकलेट आदानप्रदान गर्दै आफ्नो सम्बन्धलाई थप मजबुत बनाउने गर्छन्। प्रणय दिवसको सुरुवातको इतिहास रोमन साम्राज्यतर्फ फर्किन्छ। सन् २६९ तिर रोमन सम्राट क्लाउडियस द्वितीयले सैनिक युवाहरूलाई विवाह गर्न प्रतिबन्ध लगाएका थिए। तर, सन्त भ्यालेन्टाइन (Saint Valentine) नामक एक इसाई पादरीले भने अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् भन्ने मान्यता राख्थे । यी दुवैजनाको…
Read More
सरकार र आन्दोलनरत पक्षबीच सहमति नजुटेपछि दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा

सरकार र आन्दोलनरत पक्षबीच सहमति नजुटेपछि दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा

  झापा माघ २९ ।। पाथीभरमा केबलका निर्माणको विरोधमा उत्रिएको समूह र  सरकार बीचको  वार्तामा सहमति नजुटेपछि आन्दोलनरत समूहले पुन आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। यही शनिबार र आइतबारको वार्ताले कुनै निष्कर्ष निकाल्न नसकेपछि पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा उत्रिएको समूहले ललितपुरबाट फेरि आन्दोलन घोषणा गरेको हो । केबलकारको विरोध गर्दै आएका मुक्कुमलुङ ताङ्सेःप चुम्भो आवद्ध ११ वटा संस्था र १० वटा अन्तरदलीय राजनीतिक पार्टीले संयुक्त रुपमा आन्दोलन घोषणा गरेका हुन् । सोमबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै उनीहरूले माघ २९ गतेदेखि अर्को चरणको आन्दोलन घोषणा गरेका हुन् । उनीहरूले माघ २९ देखि फागुन ९ गतेसम्म ग्लोबल आईएमई बैंकसहित चन्द्र ढकाल नेतृ्त्वको…
Read More