Sacho Khabar

समाज

झापामा बिसालु सर्पले टोकेर एक बालिकाको मृत्यु

झापामा बिसालु सर्पले टोकेर एक बालिकाको मृत्यु

    बिर्तामाड । असार  १२ ॥ झापाको कचनकवल गाउँपालिका–३ गंगाबस्तीमा विषालु सर्पले टोकेर एक बालिकाको मृत्यु भएको छ । (more…)
Read More
प्रेमिकाले धोका दिएको भन्दै प्रेमीले गरे आत्महत्या

प्रेमिकाले धोका दिएको भन्दै प्रेमीले गरे आत्महत्या

  झापा असार ९॥  प्रेमिकाले धोका दिएको भन्दै धनकुटा जिल्ला अस्पतालमा कार्यरत कर्मचारी अर्जुन मेहताले  आत्महत्या गरेका छन । लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी युवतीले धोका दिएको भन्दै फेसबुकमा विरक्त पोखिरहेका उनले आफैंलाई समाप्त गरेपछि परिवारमा बज्रपात भएको छ । उनले तनावमा आएपछि पहिलो स्टाटस लेख्दै बिहेबारे पनि खुलाएका छन् । ‘म यसको टर्चरका कारण सकिन बस्न, मेरो र सुशीलाको बिहे सुशीलाकै परिवार मिलेर गोप्य रुपमा गराएको हो । बिहे गराएको केही दिनपछि सुशीला र यसको परिवार मिलेर बार्गेनिङ सुरु भयो । जुन बिहेको‌ खर्च देऊ भनेर दबाब दिए । गाउँ समाजको परम्परा अनुसार बिहे गर्ने नत्र, जोर जबरजस्ती हुन्छ,…
Read More
रतुवा खोलाले बगाउदा एक जनाको मृत्यु

रतुवा खोलाले बगाउदा एक जनाको मृत्यु

  दमक । झापाकाे दमकमा रतुवा खाेलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।  दमक- १ हवल्दार चाेक बस्ने ५३ बर्षका माेहन रामदामलाई खाेलाले बगाउँदा मृत्यु भएकाे हाे । दमक-७ काे हाटखाेलाबाट खाेला तर्ने क्रममा रामदामलाई रतुवा खाेलाले बगाएकाे थियाे । उनलाई खाेलाले बगाउँदै गर्दा स्थानीयले उद्दार गरेका थिए । तर साे समयमा उनकाे मृत्यु भइसकेकाे अवस्थामा शव फेला परेकाे प्रहरीले जनाएकाे छ । रामदामकाे शवलाई कानुनी प्रक्रिया पुरा गरी पाेष्टमार्टमका लागि अस्पताल पठाइएकाे प्रहरीले जनाएकाे छ ।  
Read More
पाँचथरमा निर्माणाधीन  अस्पतालको छतबाट खसेर एक मजदुरको  मृत्यु

पाँचथरमा निर्माणाधीन  अस्पतालको छतबाट खसेर एक मजदुरको  मृत्यु

पाँचथर। असार २।। पाँचथरको कुम्मायक गाउँपालिकामा निर्माणाधीन  अस्पतालको छतबाट खसेर एक मजदुरको  मृत्यु भएको छ। निर्माणाधीन अस्पतालको दोस्रो तलाबाट खस्दा इलामको माई नगरपालिका १ इलामका ३१ वर्षीय सुमन राईको ज्यान गएको हो। दोस्रो तलामा बस्दै आएका श्रमिक राईले मदिरा सेवन गरेका कारण लडेको हुनसक्ने प्रहरीको अनुमान छ। घट्ना स्थलको स्थलगत मुचुल्का तयार गरी पोष्टमार्टम गरेर आफन्तलाई बुझाउने प्रक्रिया थालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्तबहादुर भण्डारीले जानकारी दिनुभयो।  
Read More
पेस्ताेल देखाएर चितवनमा सुन पसल लुटियाे , 

पेस्ताेल देखाएर चितवनमा सुन पसल लुटियाे , 

   चितवन । चितवनको कालिका नगरपालिका–६ खोलेसिमल बजारमा रहेको एक सुनचाँदी पसलमा लुटपाट भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति पौने नौ बजे विनोद सुनारको सुनचाँदी पसलबाट २ जना व्यक्ति आएर करिब ३ केजी सुन, ३५ केजी चाँदी र २ लाख नगद लुटपाट गरेका हुन् । उनीहरुले पेस्तोल जस्तो वस्तु देखाएर सुनचाँदी र नगद लुटेर भागेको प्रहरीले जनाएको छ । लुटपाट गर्नेहरुले पसलमा रहेको सीसीटीभीको हार्डडिस्क पनि लगेका छन् । प्रहरीले लुटपाटमा संलग्न भएको भन्दै ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
Read More
प्रदेश सरकारले ताप्लेजुङका पहिरो पीडितलाई राहत स्वरुप तीन लाख रुपैयाँ दिने

प्रदेश सरकारले ताप्लेजुङका पहिरो पीडितलाई राहत स्वरुप तीन लाख रुपैयाँ दिने

झापा ll असार १ l कोशी  प्रदेश सरकारले ताप्लेजुङका पहिरो पीडितलाई राहत स्वरुप तीन लाख रुपैयाँ दिने निर्णय गरेको छ । शनिबार बसेको मन्त्री परिषदको बैठकले पहिरो पीडितलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो। अविरल वर्षासँगै आएको पहिरोमा परी शुक्रबार ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका २ खेजेनिमा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको थियो । यस्तै मन्त्री परिषदको बैठकले असार २ गते धिमाल जातिका लागि बिदा दिने निर्णय गरेको छ । धिमाल जातिको प्रमुख पर्व जातिरी र सिरिजातको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री लिालबल्लभ अधिकारीले प्रदेशमा रहेका धिमाल जातिका लागि आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।…
Read More
सुनको भाउ आज १ लाख ४४ हजार रुपैयाँ

सुनको भाउ आज १ लाख ४४ हजार रुपैयाँ

काठमाडौं, २५ जेठ ।  सुनको भाउले लगातार रेकर्ड तोड्दै गएको छ। आज १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले आज फेरि अर्को रेकर्ड बनाएको हो। आज छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एक हजार रुपैयाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५०…
Read More
जलवायु परिवर्तन बारे जनचेतना जगाउन विश्व साइकल यात्रा सुरु

जलवायु परिवर्तन बारे जनचेतना जगाउन विश्व साइकल यात्रा सुरु

बलराम शिवाकोटी, दोलखा २५ जेठ । दोलखाका एक युवाले साइकलबाट विश्व भ्रमण सुरु गरेका छन् । दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नम्वर ३ लामिडाँडाका युवा अभिनय कार्कीले बिहीबार देखि दोलखाको सदरमुकाम चरिकोटबाट विश्व साईकल यात्रा सुरु गरेका हुन् । साइकल यात्राको शुभारम्भमा दोलखाका प्रतिनिधि सभाका सांसद गंगा कार्की ‘विश्व’ ले नेपालको राष्ट्रिय झण्डा प्रदान गरे पछि कार्कीले साइकल यात्राको सुरु गरेका थिए । विश्व साइकल यात्रा शुभारम्भ कार्यक्रममा कार्कीलाई विदाई गर्न नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामा, एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र दोलखाका अध्यक्ष कमल श्रेष्ठलगायत राजनीति दलका नेताहरु तथा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, कालिञ्चोक गाउँपालिका…
Read More
आर्थिक लेनदेनका कारण घिमिरेले गरे ७०वर्षिय वृद्धको हत्या

आर्थिक लेनदेनका कारण घिमिरेले गरे ७०वर्षिय वृद्धको हत्या

डम्बर चौलागाइ , दोलखा २५ जेठ । आर्थिक लेनदेनका कारण भीमेश्वर नगरपालिका–१ क्षमावतीमा एक बृद्धको हत्या भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । आर्थिक लेनदेनका कारण हत्या भएको दोलखा प्रहरीले जनाएको छ । भीमेश्वर नगरपालिका–१ का ७७ वर्षीय बृद्ध झिलकवहादुर बिश्वकर्मा बाट एक बर्ष अघि दुई लाख ऋण ऋण लिएकाे र मारेपछि तिर्नै नपर्ने भनी छिमेकी ५२ बर्षिय गणेश घिमिरेले हत्या गरेको प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले हत्या आरोपीलाई सार्वजनिक गर्दै बृद्धको हत्या गरी भागेर काठमाडौं पुगेका घिमिरे लाई पक्राउ गरि सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय दाेलखाको हत्यारा पत्ता लगाउने…
Read More
भारत र अमेरिकासहित ११ देशका नेपाली राजदूत फिर्ता

भारत र अमेरिकासहित ११ देशका नेपाली राजदूत फिर्ता

२४ जेठ, काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री, बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत छन् । उनीहरुलाई ११ कात्तिक २०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै साउदी अरेबियामा नवराज सुवेदी, दक्षिण कोरियामा ज्योति प्याकुरेल, मलेसियामा डिल्लीराज पौडेल, स्पेनमा शर्मिला पराजुली ढकाल, डेनमार्कमा प्रा. डा. रामसुरज यादव र इजरायलमा कान्ता रिजाल राजदूत छन् ।…
Read More