बिर्तामोड, ३ चैत्र : बिर्तामोडमा महिला मेयर भएकाकारण आएको सघन सहरी विकास कार्यक्रम अन्तर्गतका योजनाहरु सम्पन्न भएका छन् । वडा नम्बर १ को धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्ग (१२ सय ४०मि) मा आज कालोपत्रे गरेसंगै ७ वटा योजनाहरु सम्पन्न भएका हुन् । सघन सहरी विकास कार्यक्रम अन्तर्गत बिर्तामोडमा ६ वटा सडकको स्तरोनन्ति र एउटा सामुदायिक भवन निर्माण गरीएको हो । स्तरोनन्ति गरीएका सडकहरुमा वडा नम्बर १ को धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्ग (१२ सय ४०मि) र अतिथि सदन रोड (९ सय २५ मि), वडा नम्बर २ को बानालाल मार्ग (१ कि.मि), वडा नम्बर ३ को करेलाबारीबाट ग्रामकाली टोल हुँदै बिराटपोखर विद्यालय…

झापा फागुन २९ ।। झापाको बिर्तामोड ३ मा सञ्चालित लिङ्कन मन्टेश्वरी स्कुलले होली मिलन कार्यक्रम गरेको छ। आज विद्यालय प्राङ्गणमै लिङ्कनले साना बालबालिकाहरूसँग होली मिलन कार्यक्रम आयोजना गरेको हो। बालबालिकाहरूलाई संस्कृतिसँग जोड्न र होली रङ्गहरूको पर्व हो भन्ने भावलाई बुझाउनका लागि कार्यक्रम आयोजना गरिएको विद्यालयका सञ्चालक सरोज पौडेल बताए । अभिभावक ,विद्यार्थी , शिक्षक, विद्यालय व्यवस्थापन समिति ,कर्मचारी लगायतको सहभागितामा होली मिलन कार्यक्रम आयोजना गरिएको हो। बालबालिकालाई समय समयमा होलि अलवा दशैं तिहार छठ सहित अन्य पर्वहरूको बारेमा जानकारी गराउँदै विद्यालयमै कार्यक्रम आयोजना गर्ने गरेको छ। बर्सेनी आउने चाडपर्वलाई एकआपसमा रङ दलेर भाइचारा साटासाट गर्ने पर्वको रुपमा लिने होलीको…

झापा । फजुल खर्च गरेर जन्मदिन मनाउने पछिल्लो चलनलाई चिर्दै युवा व्यवसायी अजय चौधरीले आफ्नो जन्मदिनको अवसर पारेर सहयोग रकम हस्तान्तरण गर्नुभएको छ । पर्पल किचन एण्ड इन्टेरियरका सञ्चालक चौधरीले प्रेस चौतारी झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषमा १५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गर्नु भएको हो । आज बिर्तामोडस्थित प्रेस चौतारी झापाको कार्यालयमा रकम हस्तान्तरण गर्दै उहाँले कोषको महत्व बुझेर सहयोग रकम हस्तान्तरण गरेको बताउनु भयो । उपचार कोष संयोजक भिमा शिवाकोटीले एउटामाथि अर्को ईटा थपेर मानवीय सेवाका लागि सहयोग गर्नुभएकोमा चौधरीलाई धन्यवाद दिनुभयो । कार्यक्रममा केन्द्रीय सदस्य गोपाल काफ्ले, जिल्ला अध्यक्ष प्रदिप परियार, उपाध्यक्ष सुनिरा मैनाली, पत्रकार…

काँकरभट्टिा । लिगलिडर चर्च व्वाइज युनाइटेडले ३–० गोलले पछिपरेको अवस्थालाई उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल स्थान सुरक्षित गरेको छ लिग उपविजेता मच्छिन्द्रले लिएको ३-०गोलको अग्रता तोड्दै ४–३ को गोल अन्तरको रोमाञ्चक जित निकाल्दै चर्च व्वाइजले फाइनलको यात्रा तय गरेको हो । यो सँगै चर्च व्वाइजले शनिवार हुने फाइनल खेलमा आयोजक काँकरभट्टिा फुटबल ट्रेनिङ सेन्टरसँग उपाधीका भिडन्त पक्का गरेको हो। खेलको ३० औँ मिनेटमा मच्छिन्द्रले अग्रता लियो । पेनाल्टी एरियामा क्लियर हुन नसकेको बललाई विदेशी खेलाडी युसुफ मलिकले गोल गरेका हुन् । ४३ औं मिनेटमा मच्छिन्द्रले अग्रता दोब्बर बनायो । आदित्य शाक्यको क्रस पासमा एन्द्रेस नियाले गोल गरे । त्यसको १…

शनिश्चरे । नेपाल निजामती कर्मचारी संगठन अर्जुनधाराको अध्यक्षमा त्रिविक्रम पोखरेल चयन हुनुभएको छ । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति झापाको आयोजनामा अर्जुनधारा नगरपालिकाको सभाहलमा आज भएको प्रथम पालिका अधिवेशनबाट पोखरेल अध्यक्षमा चयन हुनुभएको हो । संगठनको उपाध्यक्षमा खगेन्द्र लिङ्देन, सचिवमा हरिप्रसाद रिजाल, सहसचिवमा कमल पौडेल र कोषाध्यक्षमा मन्जु खतिवडा चयन हुनुभएको छ । त्यस्तै संगठनको सदस्यहरुमा डेनिस कडरिया, दुर्गा भट्टराई, पुष्पा पौडेल, मीना अधिकारी, माधव भण्डारी, पूजा कोइराला, रोशन सिलवाल र कृष्ण नेपाल चयन हुनुभएको नवनिर्वाचित उपाध्यक्ष खगेन्द्र लिङ्देनले जानकारी दिनुभयो । यस्तै अधिवेशनले लेखा परीक्षण आयोग समेत गठन गरेको छ । आयोगको संयोजकमा चुडामणि खनाल चयन हुनुभएको…

अर्जुनधारा फागुन २८ ।। हाम्रो चाहना स्वास्थ्य र दुव्र्यसनरहित समाजको परिकल्पना भन्ने मूल नाराका साथ एक दिने लागू औषध दुव्र्यसन रोकथाम तथा जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ। अर्जुनधारा नगरपालिका वडा नम्बर ९ गोलधापस्थित खुल्ला प्राङ्गणमा आयोजित कार्यक्रममा लागू औषध अहिलेको समस्या भएको बताउँदै लागूऔषधबाट युवापिढीमा पर्न गएको असरलाई मध्यनजर गर्दै सो कुलतमा फसेकालाई सही बाटोमा ल्याउन र नयाँ युवा युवतीलाई लागू औषधको कुलतबाट टाढा राख्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष सुरेन् राईले बताउनुभयो । स्थानीय स्तरमा रचनात्मक कार्य गर्दै आएको गोलधाप युवा क्लबद्वारा आयोजित लागुपदार्थ दुव्र्यसन रोकथाम तथा जनचेतना अभिवृद्धि कार्यक्रम क्लबका अध्यक्ष सुरेन राईको अध्यक्षता र अर्जुनधारा…

धुलाबारी । विद्यार्थी, अभिभावक र अतिथिले भरिभराउ टाउन हल । विद्यार्थीहरुको आ आफ्नो प्रस्तुती नृत्य, गायन र भाषणले माहोल निकै तातेको थियो । प्रमुख अतिथिका रुपमा मेचीनगर ९ का वडा अध्यक्ष कन्चन तामाङ थिए । उनी पनि विद्यार्थीको प्रतिभालाई नजिकबाट हेरिरहेका थिए । यत्तिकैमा एउटा नृत्य प्रस्तुत भयो । सम्बोधन तिमीलाई गर्दैछु भन्ने गीत गन्जियो । त्यसपछि विद्यार्थीहरुले नृत्य प्रस्तुत गर्न थाले । अघि रमझमम रहेको माहोल एकाएक शान्त तथा भावुक बन्यो । नृृत्य विद्यालयका संस्थापक प्रिन्सिपल अणु प्रधानको सम्झनामा कोरियाग्राफर गरिएको थियो । जसले विद्यालयलाई स्थापना गरेर २० वर्ष पुरा गरेपछि प्रधानको निधन भएको थियो । विद्यालयकी निर्देशक अमृता…

काँकरभट्टिा । सडनडेथमा धरानलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर यहाँ आयोजित पाँचौ मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेशसँगै काँकरभिट्टाले कम्तिमा ५ लाख रुपैयाँ सुरक्षित गरेको छ । उपाधीका लागि काँकरभिट्टाले बिहिवार हुने अन्तिम सेमिफाइनल खेल चर्च व्वाइज क्लब र मच्छिन्द्र क्लबबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । सडनडेथमा काँकरभिट्टाका विदेशी खेलाडी फ्रेन्कलिन तालाले गोल गरे भने धरानका रोमन लिम्बूको प्रहार गोलरक्षक विवस चौधरीले बचाए । टाइब्रेकरमा काँकरभिट्टाका अभिषेक गुरुङ, दिवस उराउ, निशान लिम्बू र विवेक गुरुङले गोल गरे भने हेमन्त लिम्बूको प्रहार बारमा लागेर फर्किएको थियो । धरानका मिलन राई, सबिन राई, प्रज्वल थापा, अजय विष्टको…

झापा । झापाको मेचीनगरमा जारी मेचीनगर गोल्डकप अन्तर्गत मंगलवार भएको अन्तिम क्वाटरफाइनल खेलबाट मच्छिन्द्र फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आजको खेलसँगै जारी प्रतियोगिताको सेमिफाइनल संस्करण पुरा भएको छ । मच्छिन्द्रले जितमा १–० को संघर्षपूर्ण जित निकाल्यो । मच्छिन्द्रका लागि निर्णायक एक मात्र गोल विदेशी खेलाडी युसुफ मलिकले पहिलो हाफको अतिरिक्त समयमा गरेका थिए । उनले स्टेफन कामाहाको पासमा पेनाल्टी एरियाबाट गोल गरे । मच्छिन्द्रले दोस्रो सेमिफाइनल खेलमा चर्च व्वाइज युनाइटेडको सामना गर्नेछ । खेलको ११ औँ मिनेटमा मच्छिन्द्रका आदित्य शाक्यको क्रसमा स्टेफन कामाहाले गरेको हेडर बाहिरियो । खेलको ३५ औँ मिनेटमा मछिन्द्रका पुजन श्रेष्ठको फ्रिकिकलाई विदेशी खेलाडी…

झापा फागुन २७ ।। झापाको बिर्तामोडमा गए राति दुई समूह वीच तरबारसहित ग्याङफाइट हुँदा तीनजना घाइते भएका छन् । राति १२:४५ बजे बिर्तामोड नगरपालिका वडा न.४ भद्रपुर रोडस्थित दरबार रेस्टुरेन्ट अगाडी सोही रेस्टुरेन्टमा खाई-पिई गरी घर फर्किने क्रममा दुई समूहबीच ग्याङफाइट भएको थियो । ग्याङफाइटमा बिर्तामोड नगरपालिका वडा नम्बर ४ बस्ने बर्ष अन्दाजी ३७ का खगेन्द्रराज आङ्दम्बे, वडा नं ४ बस्ने अजय खवास र वडा नम्बर ९ बस्ने बर्ष अन्दाजी ३५ का विश्वदिप राजवंशी घाइते भएका छन् । आङ्दम्बेको गालाको बायाँ साइडमा काटिएको (अबस्था गम्भीर), खवासको बायाँ हातको माझी औला काटेको (अबस्था सामान्य) र राजवंशीको अनुहार र खुट्टामा चोट…