Sacho Khabar

खेलकुद

चर्च ब्वाइज युनाइटेड झापा कपको सेमिफाइनलमा

चर्च ब्वाइज युनाइटेड झापा कपको सेमिफाइनलमा

बिर्तामोड, पुस ३ । डोमालाल रंगशालामा गत वर्ष भएको झापा गोल्डकप विजेता चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३–० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । गोर्खा ब्वाइजका डिफेन्डरले क्लियर गरेको गोललाई दिपेश गुरुङले गोल गर्न सफल भए । गोलरक्षक अगाडि बढेको समयमा २५ यार्डबाट गुरुङले गरेको प्रहार गोलमा परिणत भएको थियो । ४० औँ मिनेटमा चर्च ब्वाइजले अग्रता दोब्बर बनायो । समिर तामाङको…
Read More
राष्ट्रिय जागृति क्लब झापा कपको सेमिफाइनलमा

राष्ट्रिय जागृति क्लब झापा कपको सेमिफाइनलमा

बिर्तामोड, पुस २ । गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४–२ गोल अन्तरले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बूको प्रहार बारमा लागेर फर्कियो । जिटिएका आशिष देवान र प्रितम राईको मात्र गोल हुन सफल भएको थियो । अंगद थापा मगर र भाइचुङ राईको प्रहार गोलरक्षक निरज चौधरीले बचाउ गरे । यसअघि खेलको १७ औँ मिनेटमा जागृतिका लागि प्रवेश बस्नेतले गोल गर्दै टिमलाई अग्रता…
Read More
आर्मीलाई पराजित गर्दै शहलेश युवा क्लब झापा कपको सेमिफाइनलमा।

आर्मीलाई पराजित गर्दै शहलेश युवा क्लब झापा कपको सेमिफाइनलमा।

बिर्तामोड, पुस १ । उपाधिको दाबेदार मानिएको त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा आयोजित प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २–० गोल अन्तरले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो । झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेशले आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले गोल गरे । खेलको १८ औँ मिनेटमा अभि लामाले गोल गर्दै सलहेशलाई १–० को स्थितिमा पु¥याए । मैदानको मध्यभागबाट लामाले गरेको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाउ गर्न सकेनन् । कुथु लडेको अवस्थामा मैदानमा ड्रप भएर बलले जाली चुमेको थियो…
Read More
झापा कपको सेमिफाइनल प्रवेशकालागि आज आर्मी र सहलेश खेल्दै

झापा कपको सेमिफाइनल प्रवेशकालागि आज आर्मी र सहलेश खेल्दै

बिर्तामोड, पुस १ । प्रथम झापा कप २०८१ को पहिलो क्वार्टर फाइनल खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र सलहेश युवा क्लब सिरहाबीच हुँदैछ । मधेशको चर्चित टिम सलहेशले पूर्वी नेपालका प्रतियोगितामा बलियो खेल प्रदर्शन गर्दै आएको छ । बैशाखमा भएको भोजपुर गोल्डकपमा सेमिफाइनल पुगेको क्लबले चर्च ब्वाइजसँग हार व्यहोर्नु परेको थियो । त्यस्तै, बैशाखमै भएको भीमनारायण गोल्डकपमा पहिलो चरणमै रोकिएको सहलेश भदौमा भएको ताप्लेजुङ गोल्डकपको उपविजेता बनेको थियो । आर्मीले यो सिजन खराब प्रदर्शन गर्दै आएको छ । बैशाखमा भएको भीमनारायण गोल्डकपको पहिलो चरणबाटै बाहिरिएको आर्मी भोजपुर गोल्डकपमा उपविजेतामा सीमित रहेको थियो । त्यस्तै, ताप्लेजुङ गोल्डकपमा क्वार्टर फाइनलमै रोकिएको…
Read More
झापा कप फुटबल : आयोजक झापा ११लाई हराउँदै राष्ट्रिय जागृति क्लब क्वार्टर फाइनल प्रवेश

झापा कप फुटबल : आयोजक झापा ११लाई हराउँदै राष्ट्रिय जागृति क्लब क्वार्टर फाइनल प्रवेश

बिर्तामोड, मंसिर ३० ।। फिनिसिङमा तालमेल नमिल्दा आयोजक झापा–११ एफसी झापाको बिर्तामोडमा जारी झापा कपको पहिलो चरणबाटै बाहिरिएको छ । स्टार खेलाडीले भरिएको झापा–११ ले खेल अवधिभर सशक्त आक्रमण गर्न सकेन । डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिनको खेलमा आयोजक झापा–११ फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै राष्ट्रिय जागृति क्लब इटहरी क्वार्टर फाइनलमा प्रवेश गरेको छ । क्वार्टर फाइनलमा जागृतिले भारतको जिटिए दार्जिलिङसँगको भेट पक्का गरेको छ । राष्ट्रिय टिमका नियमित खेलाडी उत्सव राई, आयुष घलान, प्रशान्त लक्सम, डिफेन्डर देवेन्द्र तामाङसहित मैदानमा उत्रिएको झापाले खेलमा फितलो प्रदर्शन गरेको थियो । जागृतिको जितमा मिलन लाई नायक बने । उनले…
Read More
इलाम गोल्डकपको उपाधि एनआरटीलाई

इलाम गोल्डकपको उपाधि एनआरटीलाई

  इलाम ।।  रेडहर्स फुटबल क्लब इलामको आयोजनामा इलाममा सम्पन्न दोस्रो ‘एनआरएनए इलाम गोल्डकप’को उपाधि डिफेन्डिङ च्याम्पियन एनआरटीले जितेको छ ।  ‘प्रथम इलाम गोल्डकप’को विजेता टोली एनआरटीले दोस्रो संस्करणको उपाधि पनि हात पारेको हो । शनिबार भएको फाइनलमा एनआरटीले लिग विजेता चर्च ब्याइजलाई ३-० गोलअन्तरले पराजित गरेको हो । एनआरटीले सेमिफाइनल खेलमा रेडस्टार झापालाई पराजित गरेको थियो भने चर्च ब्याइजले आयोजक रेडहर्सलाई हराएको थियो । उपाधिसँगै एनआरटीले  १० लाख पुस्कार हात पारेको छ । उपविजेता चर्च ब्याइजले रु पाँच लाख प्राप्त गरेको छ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उदीयमान खेलाडी र उत्कृष्ट कोचलाई नगद…
Read More
झापा कपको मुख्यमन्त्रीद्वारा उद्घाटन,पहिलो खेलमा आर्मी विजयी

झापा कपको मुख्यमन्त्रीद्वारा उद्घाटन,पहिलो खेलमा आर्मी विजयी

  बिर्तामोड मङ्सिर २९ ।।  झापा कप २०८१ को भव्य शुभाराम्भ भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रतियोगिताको उद्घाटन गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले झापा कप स्तरीय क्लबले आयोजना गरेको प्रतियोगितामा प्रदेश सरकारले उचित सहयोग गर्न नसकेको बताए । उनले प्रदेशको स्रोतले भ्याएसम्म यो प्रतियोगितालाई सहयोग गर्ने बचनबद्धता समेत प्रकट गरे । उनले डोमालाल राजवंशी रंगशालामा सुविधा सम्पन्न रंगशाला बनाउने योजना प्रदेश सरकारको रहेको सुनाए । उद्घाटन कार्यक्रममा प्रतिनिधिसभाका सांसद एलपी साँवा, नेपाली कांग्रेसका सभापति देउमान थेवे, जिल्ला समन्वय समितिका उपाध्यक्ष शान्ता रोक्का, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन लगायतका आतिथ्यता रहेको थियो । बिर्तामोडका फुटबल…
Read More
झापा कपको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा  त्रिभुवन आर्मी फुटबल क्लब र  एलएक्स सिटी  क्लबबीच प्रतिस्पर्धा हुने

झापा कपको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र एलएक्स सिटी क्लबबीच प्रतिस्पर्धा हुने

  बिर्तामोड मङ्सिर २८ ।। झापा११ फुटबल क्लबको आयोजनामा भोलिदेखि सुरु हुने झापा कप २०८१ को खेलतालिका सार्वजनिक भएको छ। तालिका अनुसार उद्घाटन खेलमा विभागीय  टोली त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, काठमाडौँको एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब  दार्जिलिङको जिटिए, काठमाडौँ जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, रुपन्देहीको गोर्खा ब्वाईज स्पोर्ट्स क्लब र झापा ११ सहभागी हुने भएका छन् ।   बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ । प्रतियोगिताका लागि १० हजारजना दर्शक क्षमताको प्यारापिट…
Read More
नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पनि दुई खेल हुँदै

नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पनि दुई खेल हुँदै

  काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पनि दुई खेल हुँदै छ। आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सको सामना गर्ने छ भने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजको सामना गर्ने छ। पहिलो खेल बिहान ९ बजेबाट सुरू हुनेछ। दोस्रो खेल १ बजेबाट सुरू हुनेछ। जनकपुर जारी एनपीएलमा अपराजित छ। उसले यसअघि विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सलाई हराएको छ। तर नेट रनरेटका आधारमा भने तीनै खेल जितेको सुदूरपश्चिम रोयल्सभन्दा पछाडि छ। तीनै खेल जितेर समान ६ अंक बटुलेको सुदूरपश्चिमले यसअघि विराटनगर किंग्स, काठमान्डु गुर्खाज र लुम्बिनी लायन्सलाई हराएको थियो। जनकपुरको आजको प्रतिद्वन्द्वी लुम्बिनी भने प्रतियोगितामा जितविहीन छ। तीनमा…
Read More
एनपीएल क्रिकेटमा जनकपुरको लगातार तेस्रो जित

एनपीएल क्रिकेटमा जनकपुरको लगातार तेस्रो जित

  काठमाडौं : नेपाल प्रिमियर लिग एनपीएलमामा जनकपुर बोल्ट्सले तेस्रो जित हात पारेको छ।  पोखरा एभेन्जर्सले दिएको १३९ रनको लक्ष्य जनकपुरले तीन विकेट गुमाएर चुमेको हो।टस जितेर फिल्डिङ रोजेपछि  पोखरा एभेन्जर्सले ब्याटिङ गरेको थियो। पोखराले ७ विकेट गुमाएर जम्मा १३८ रन बनाएका थियो। जितका लागि मैदानमा उत्रिएको जनकपुरका लागि लाहिरू मालिन्था ४५, आशिफ शेख ३३,  अनिल साह १ले एक रन बनाए।  जनकपुरका लागि हर्ष ठाकर १३ र जिमी नसिमले ४० रनको अविजित पारी खेले। पोखराका लागि म्याट क्रिट्ले ३५, आन्द्रे गोस २०, दिनेश खरेल १०, कुशल भुर्तेल ६, दिलिपनाथ १०, रेइमन रिफर १७, माइकल लिस्कले २५ रनको योगदान दिए भने नारायण जोशीले…
Read More