परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ ।‘क्वाँटी’ नेपालभाषाको ‘क्वाति’ शब्दबाट व्युत्पत्ति भएको र ‘क्वा’को अर्थ तातो र ‘ति’को अर्थ झोल वा सुप हो । क्वाँटी बनाउँदा चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठुलो केराउ, सानो केराउ नौ प्रकारका गेडागुडी टुसा उम्रेने गरी पानीमा चार दिनसम्म भिजाइन्छ । टुसा उम्रेपछि मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यो दिन विशेषको महत्त्वपूर्ण स्वाद पनि हो । आजको दिन क्वाँटी खाएमा पाचनक्रियासँग सम्बन्धित विभिन्न रोगहरु हट्ने जनविश्वाश रहिआएको छ । नेवार समुदायले खाने विशेष प्रकारको क्वाँटीलाई न्वाँगी पनि भनिन्छ । यस दिन दिदीबहिनीहरुले आफ्ना दाजुभाइका दाहिने…

बिर्तामोड भाद्र २ ।।झापाको बिर्तामोड नगरपालिका २ मा सञ्चालित एक विद्यालयमा कम्प्युटर इञ्जिनियरिङ विषय अध्ययनरत तीन जना छात्रालाई यौन दुब्र्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पावरटेक कम्प्युटरका सञ्चालक अलेक मेचे र सोही कम्प्युटर इन्टिच्युटकका शिक्षक नारायण खनाल रहेका छन् । कम्प्युटर इञ्जिनियरिङको ओजेटीका लागि आएका विद्यार्थीमाथि उनीहरुले यौनजन्य दुव्र्यवहार गरेको उजुरीका आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । मेचे र खनालले ओजेटीमा आएका विद्यार्थीहरुलाई विभिन्न स्थानमा घुमाउन लाने, आइफोन किनिदिने जस्ता प्रलोभन देखाउने गरेको र संवेदनशील अंगमा छुने,सुम्सुम्याउने जदिए, ओजेटीको प्रमाणपत्र नदिने जस्ता त्रास देखाएसंगै…

काठमाडौँ : २० वर्षमुनिको पुरुष साफ च्यामिपयनशिप फुटबल प्रतियोगितामा नेपालले विजयी शुरुवात गरेको छ। सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा आज भएको उद्घाटन खेलमा श्रीलंकालाई १–० गोलले हराउँदै घरेलु टोलीले विजयी शुरुवात गरेको हो। नेपालको जितमा खेलको २३औँ मिनेटमा निराजन धामीले गरेको गोल नै निर्णायक बन्यो। निर्धारित ९० मिनेट र थपिएको ६ मिनेटको अतिरिक्त समयमा दुवै टोलीले थप कुनै गोल गर्न सकेनन्। जितसँगै नेपालले ३ अंक जोडेको छ। अहिलेसम्म साफ यू-२० का पाँच संस्करण आयोजना हुँदा नेपालले दुईपटक उपाधि जितेको छ। सन् २०१५ मा भएको प्रतियोगितामा नेपालले घरेलु मैदानमा नै भारतलाई हराउँदै उपाधि जितेको थियो। निकै प्रतिस्पर्धात्मक…

काठमाडौं। साफ यू-२० च्याम्पियनसिप २०२४ को उद्घाटन खेलमा घरेलु टोली नेपालले आइतबार आज श्रीलंकाको सामना गर्दैछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल अपरान्ह्र ३ बजे सुरु हुनेछ। प्रतियोगिताका लागि नेपालले लगभग ४० दिन प्रशिक्षण गरेको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठ बताउँछन्। योबीचमा नेपालले घरेलु टोली चर्च ब्वाइज युनाइटेडसँग तीन र आर्मीसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। घरेलु मैदानमा नेपालले उपाधि जित्ने लक्ष्य राखेको छ। त्यसैले पनि उपाधि रक्षामा थप सहयोग पुगेको श्रेष्ठको भनाइ छ। ‘तयारी राम्रो भएको छ। आफ्नै घरेलु मैदानमा प्रतियोगिता हुने भएको कारण ट्रफी यही राख्ने लक्ष्य छ,’ उनले भने।

काठमाडौं : भ्वाइस किड्स सिजन ३ को उपाधि अनुया तामाङले जितेकी छन्। शनिबार आयोजित ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलकी प्रतिस्पर्धी तामाङले उपाधि जितिन्। जितसँगै अनुयाले १० लाख रुपैयाँ र प्रायोजकको तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन्। अन्य फाइनलिस्टलाई पनि गिफ्ट ह्याम्पर प्रदान गरिएको छ। कोच प्रमोद खरेलको टिमबाट अनुया र लाक्पा शेर्पा, कोच मिलन नेवारको टिमबाट समीक्षा धिताल र रिञ्जिन डोल्मा लामा फाइनलिस्ट थिए। कोच छेवाङ लामाको टिमबाट द्वितिका प्रधान र छेसाङ तामाङ, कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामाले फिनालेमा प्रतिस्पर्धा गरे।

बेरुत —इजरायलले दक्षिण लेबनानको नाबाटिएमा गरेको हवाई आक्रमणमा कम्तीमा १० जनाको ज्यान गएको छ । पाँचजना घाइते भएका छन् । आक्रमणमा मारिनेहरू सिरियाली नागरिक रहेको समाचार संस्था रोयटर्सले जनाएको छ। इजरायली सेनाले विद्रोही संगठन हेजबोल्लाहको हतियार डिपोलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ । इजरायल नियन्त्रित गोलन हाइट्समा करिब दुई साताअघि गरिएको क्षेप्यास्त्र आक्रमणमा १२ बालबालिका र किशोरकिशोरीको ज्यान गएको थियो । जसका कारण उक्त क्षेत्र तनावग्रस्त बनेको हो । घटनाको जवाफमा इजरायलले लेबनानको राजधानी बेरुतमा आक्रमण गरी हेजबोल्लाहका कमाण्डरको हत्या गरेको थियो । हेजबोल्लाहले हमास नेता इस्माइल हानियाको हत्याको इजरायलसँग बदला लिने बताउँदै आएको छ । इजरायल र प्यालेस्टिनी…

काठमाडौँ भाद्र १।।गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ३ को ग्राण्ड फिनाले आज हुँदैछ। भ्वाइस किड्सको आफ्नै स्टुडिओमा बेलुका हुने फिनालेसँगै तेस्रो सिजनले नयाँ विजेता प्राप्त गर्नेछ। ८ जना फाइनलिस्टले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन्। जसमा कोच प्रमोद खरेलको टिमबाट अनुया तामाङ र लाक्पा डोल्मा शेर्पा, कोच मिलन नेवारबाट समीक्षा दाहाल र रिन्जिन डोल्मा लामा, कोच छेवाङ लामाबाट द्धितिका प्रधान र छेसाङ तामाङ र कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामा छन्। यीमध्ये दर्शकको भोटका आधारमा एकजनाले टाइटल जित्नेछन्। शोका निर्देशक लक्ष्मण पौडेलका अनुसार बेलुकासम्मका लागि भोटिङ खुला गरिएको छ। ८ बजेदेखि हिमालय टेलिभिजन र द…

काकरभिट्टा भाद्र १ । प्रहरीले झापाको मेचीनगरबाट दुईजनालाई लागुऔषध सहित पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका बुद्धशान्ति ४ बुधबारेका ३१ वर्षीय दोर्णबहादुर बेघालाई पक्राउ गरेको हो । उनीमाथि जाँच गर्दा पाइन्टभित्र लुकाएर राखेको कालो रङको प्लाष्टिकको पोकाभित्र १ ग्राम २२० मिलिग्राम ब्राउन सुगर भेटिएको थियो । त्यस्तै, भारतबाट नेपालतर्फ आउँदै गरेका मेचीनगर १० शान्तिटोलका ३० वर्षीय सुरेन्द्र गुरुङलाई पक्राउ गरिएको छ । उनीमाथि जाँच गर्दा प्रतिबन्धित लागुऔषध ब्राउनसुगर २ ग्राम भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिर्तामोड साउन ३२।। पहिलो संस्करणको अपार सफलतापछि गायन रियालीटी सो ‘याक्थुङ स्टार’ को दोस्रो संस्करणको डिजिटल अडिसन भदौ १ गते (भोलि) देखि हुने भएको छ । आज आयोजक अमर कृति म्युजिक प्रालिले बिर्तामोडमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो। याक्थुङ भाषा याक्थुङ लिपि याक्थुङहरुको सान, अस्तित्व र मौलिकता बचाउने याक्थुङ स्टारको अभियान भन्ने नाराका साथ प्रतियोगिता हुन लागेको ब्रोसिस माबोहाङ लिम्बूले जानकारी दिए । याक्थुङहरूको हराउँदै गइरहेको भाषा लिपि संस्कार संस्कृति रीतिरिवाजलाई विश्वभर प्रचारप्रसार गर्ने र लोप हुँदै गइरहेको ढेक याक्थुङ मौलिकताको उजागर गर्ने उद्देश्य सहित याक्थुङ स्टार आयोजना गरिएको आयोजक अमर कृति म्युजिक प्रालीका सञ्चालक लिम्बुले जानकारी…

सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा पर्ने थामे भन्ने ठाउँमा शुक्रबार लेदोसहित भीषण बाढी आएको छ। हिमताल फुटेको अथवा हिमपहिरो गएको भन्ने यकिन भइनसकेको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बाढी पसेको खबर आएको बताइन्। प्रजिअ पाण्डेका अनुसार घटनास्थलतर्फ सुरक्षाकर्मी गइसकेका छन्। ‘हिमपहिरो आएको हो वा हिमताल फुटेको हो भन्ने यकिन हुन सकेको छैन’, उनले भनिन्, ‘केही भौतिक संरचनामा क्षति पुगेको जानकारी आएको छ। पुष्टि हुन बाँकी छ।’ स्थानीयहरूका अनुसार लेदोसहितको बाढीले घर टहरा पुरेको छ।