Sacho Khabar

साँढे गोरुले टेक्दा घाइते भएकी महिलाको मृत्यु

साँढे गोरुले टेक्दा घाइते भएकी महिलाको मृत्यु

  रूपन्देहीमा जुधिरहेका गोरुको  टेकेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । साउन २० को साँझ साढे ७ बजेतिर पैदल यात्रा गरिरहेकी गुल्मीको रेसुंगा नगरपालिका घर भई हाल बुटवल–३ गोलपार्क बस्ने ४५ वर्षीया सीता पाण्डेलाई एकापसमा जुधिरहेका गोरुले कुल्चिएर घाइते बनाएका थिए । घाइते उनको उपचारका क्रममा २४ साउनमा अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । उनका अनुसार चिया पसलको व्यवसाय गरिरहेकी उनी पैदल हिंड्दै गर्दा गोरु जुधेकै स्थानमा पुगेकी थिइन् । उनलाई ती गोरुले एक्कासी कुल्चेर पल्टाइदिएका थिए । सीताका छोरा विदेशबाट आएपछि उनको पोस्टमार्टमपश्चात परिवारलाई शव बुझाइएको पण्डितले बताए…
Read More
ब्राजिलमा विमान दुर्घटना ६२ जनाको मृत्यु

ब्राजिलमा विमान दुर्घटना ६२ जनाको मृत्यु

  एजेन्सी।। ब्राजिलको साओ पाउलो राज्यमा  एक विमान दुर्घटना भएकाे छ। विमानमा सवार सबै ६२  यात्रुको मृत्यु भएको पुष्टि गरिएको छ। भिओपास एयरलाइन्सको दुई इन्जिन भएको टर्बोप्रोप विमान कास्काभेल सहरबाट साओ पाउलो सहरको मुख्य विमानस्थलतर्फ उडेको थियो। तर, विमान साओ पाउलोको भिन्हेडो भन्ने सानो सहरमा दुर्घटना भएकाे हाे। सामाजिक सञ्जालमा भाइरल बनिरहेकाे उक्त विमान दुर्घटनाकाे भिडियोहरूमा विमानलाई आकाशबाट घुम्दै तल झर्दै गरेको र त्यसपछि कालो धुवाँको मुस्लो उडेको देख्न सकिन्छ। दुर्घटनास्थलमा प्रहरी र अग्नि नियन्त्रकहरू खटिएका छन् भने स्थानीय अस्पतालहरूलाई सतर्क गराइएको छ। प्रारम्भिक जानकारी अनुसार, विमान आवासीय भवनमा खसेको थियो। स्थानीय अधिकारीहरूले दुर्घटनामा कुनै पनि व्यक्तिको ज्यान जोगाउन नसकिएको…
Read More
झापा हल्दिबरीकी  एक महिलाको डेंगी संक्रमणबाट मृत्यु

झापा हल्दिबरीकी एक महिलाको डेंगी संक्रमणबाट मृत्यु

  बिर्तामोड साउन २५।। झापाको हल्दिबारी गाउँपालिकामा डेंगी संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ । हल्दिबारी ३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा कार्यरत ४२ वर्षीय शिक्षिका बिमला दाहाल पौडेलको डेंगी संक्रमण भएर उपचारको क्रममा बिएन्डसी अस्पताल बिर्तामोडमा आज दिउँसो मृत्यु भएको हो । विगत १३ वर्षदेखि सो विद्यालयमा शिक्षण पेशामा रहेकी दाहालका पति, एक छोरा र एक छोरी रहेका छन् । सामान्य ज्वरो आएर उपचारको लागि प्रादेशिक अस्पताल, ओम साई अस्पताल हुँदै थप उपचारको लागि बिएन्डसी अस्पताल लगिएकोमा उपचारकै क्रममा आज मृत्यु भएको हो ।
Read More
सिक्किमको नाम्चीनेर केन्द्रबिन्दु बनाएर  ४.५ म्याग्निच्युडको भूकम्प

सिक्किमको नाम्चीनेर केन्द्रबिन्दु बनाएर  ४.५ म्याग्निच्युडको भूकम्प

  झापा- भारतको सिक्किम राज्यको नाम्चीनेर केन्द्रबिन्दु बनाएर  भूकम्प गएको छ। ४.५ म्याग्निच्युडको भूकम्पको धक्का पूर्वी नेपालको झापालगायत अन्य क्षेत्रमा पनि महसुस गरिएको थियो। उक्त भूकम्पको धक्का भारत, बंगलादेश, नेपाल, भुटान तथा चीनका केही भाग पनि महसुस गरिएको बताइएको छ। भूकम्पको केन्द्रबिन्दु रहेको नाम्ची आसपासमा के कति क्षति भयो भन्ने कुराको जानकारी आइसकेको छैन। भूकम्पको केन्द्रबिन्दु नाम्चीबाट ९ किलोमिटर टाढा रहेको बताइएको छ।भूकम्प बिहान ७ बजेर १२ मिनेट जाँदा गएको हो।
Read More
आज नागपञ्चमी, घरमा नाग को चित्र टाँसेर नागपञ्चमी मनाइँदै

आज नागपञ्चमी, घरमा नाग को चित्र टाँसेर नागपञ्चमी मनाइँदै

   बिर्तामोड साउन २५ ।।   आज नागपञ्चमी । आज घरको मूलढोका माथि नागको चित्र टाँसेर नागको पूजा आराधना गरिन्छ । यसरी ढोकामाथि टाँसिएको नागको चित्रले वर्षभरि उक्त घर परिवारका सदस्यहरूको रक्षा गर्ने जनविश्वास छ । श्रावण शुक्ल पक्षको पञ्चमीमा पर्ने यो पर्व नाग देवताका लागि समर्पित गरी पूजा अर्चना गरेमा वास्तवमै नाग देवता समक्ष पुग्ने समेत जनविश्वास रहेको छ । नागपञ्चमीको दिन नागको चित्रमा दूध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोकामाथि अष्ट नागको चित्र टाँस्ने गरिन्छ । यस दिनदेखि वर्षायाम समाप्त भई हिउँदयाम सुरु भएको मानिन्छ । नागलाई धारण गर्ने भगवान् भोलेनाथको पूजा आराधना गर्नु पनि यो दिनमा शुभ मानिन्छ…
Read More
स्कूल बसको ठक्कर बाट एक युवक सहित १८ बाख्रा मरे

स्कूल बसको ठक्कर बाट एक युवक सहित १८ बाख्रा मरे

  बाँके ।।  बाँकेमा एउटा स्कुल बसले ठक्कर दिँदा एकजना युवक सहित उनले चराइरहेका १८ वटा खसी-बाख्रा पनि मरेका छन् । कोहलपुरबाट ढकेरीतर्फ जाँदै गरेको ना ४ ख ४५ ७० नम्बरको स्कुल बसले बिहीबार अपरान्ह ५ बजे ढकेरी पुलमा ब्राख्रा र गोठालो गएका पुरुषलाई ठक्कर दिएको थियो । ज्ञान कुञ्ज स्कुल कोहलपुरको बसले ठक्कर दिँदा बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का २६ वर्षीय गोविन्द वलीको घटनास्थलमै मृत्यु भएको हो । बसले हान्दा अन्य बाख्रा पनि घाइते भएका छन् । घटनापछि स्थानीयले पूर्व-पश्चिम राजमार्ग अवरूद्ध गरेका छन्। पूर्वपश्चिम राजमार्ग अवरूद्ध भएपछि वैकल्पिक मार्गबाट सवारी पास गराइएको प्रहरीले जनाएको छ। अहिले मालिक र…
Read More
नेपाललाई हराउँदै भारत च्याम्पियन

नेपाललाई हराउँदै भारत च्याम्पियन

  सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) नेसन्स लिगको उपाधि  भारतले जिएको  छ। राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको  प्रतिस्पर्धात्मक फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन भारतले नेपाललाई ३–२ को सेटले पराजित गर्दै लगातार उपाधि  जितेको हो। पहिलोपटक काभा नेसन्स लिगको उपाधि उचाल्ने नेपालको सपना  चकनाचुर भएको छ। सन् २०१९ मा पनि नेपाल उपाधिको नजिक पुगेर चुकेको थियो। लिग चरणमा भारतविरुद्ध ऐतिहासिक जित निकालेको नेपाल फाइनलमा भने अन्तिम सेटमा निराश बन्न पुग्यो। खेलको पहिलो सेटमा नेपालले नै अग्रता लिएको थियो। नेपालले पहिलो सेटमा भारतलाई २५–२३ मा पराजित गरेको थियो। दोस्रो सेटमा भने भारतले सानदर पुनरागमन गर्दै नेपालमाथि २५–१४ को जित निकालेको थियो। तेस्रो…
Read More
एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना पाँचजनाको मृत्यु

एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना पाँचजनाको मृत्यु

  नुवाकोट साउन २३ ।।    नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा एउटा हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार पाँचजनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवम् डीएसपी तिलक भारतीले दुर्घटनास्थलमा जलेको अवस्थामा पाँचजनाको शव भेटिएको पुष्टि गरे । नागरिक उड्ययन प्राधिकरणका अनुसार एयर डाइनेष्टीकोनाइन एन-एजेडी कलसाइन भएको यो हेलिकप्टर रसुवातर्फ जाँदै थियो । डीएसपी भारतीकाअनुसार सूर्यचौर डाँडामा ठोक्किएर दुर्घटनामा परेको हेलिकप्टर जलेपछि यात्रुको ज्यान गएको हो । एयर डाइनेस्टीको उक्त हेलिकप्टर जलिरहेको अवस्थामा भेटिए प्रहरी र स्थानीयबासीले आगो निभाउने कोसिस गरिरहेका छन् । त्रिभुवन विमानस्थलबाट बुधबार दिउँसो १.५४ मा उडेको हेलिकप्टर तीन मिनेटमै एयर ट्राफिक कन्ट्रोलबाट सम्पर्कविहीन…
Read More
एसइइ पुरक परीक्षा आजदेखि सुरु

एसइइ पुरक परीक्षा आजदेखि सुरु

  बिर्तामोड साउन २३।।माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा आजदेखि सुरु भएको छ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन भइरहेको छ। सरकारले यो वर्ष २ वा सोभन्दा बढी विषयमा ननग्रेड (एनजी) अर्थात् ११ कक्षा पढ्न असफल भएका विद्यार्थी पूरक परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको छ । तर परीक्षाफल रद्द भएकाहरुले भने पूरक परीक्षा दिन पाउने छैनन् । यस वर्ष एनजी ल्याएका ५२ हजार विद्यार्थीहरु छन् ।
Read More
कोरियाभाषा परीक्षामा ९ हजार परीक्षार्थी उत्तीर्ण

कोरियाभाषा परीक्षामा ९ हजार परीक्षार्थी उत्तीर्ण

  बिर्तामोड साउन २३।।रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत दोस्रो चरणको भाषा परीक्षामा करिब ९ हजार परीक्षार्थी उत्तीर्ण भएका छन् । उत्पादनतर्फको क्षेत्रमा काम गर्न जान इच्छुक ६६ हजार ३२६ जना नेपाली युवा दोस्रो चरणको भाषा परीक्षामा सहभागी भएका थिए । भाषा परीक्षामा सहभागीमध्ये आठ हजार ९६५ जना परीक्षार्थी उत्तीर्ण भएको वैदेशिक रोजगार विभाग अन्तर्गतको इपीएस कोरिया शाखाले जनाएको छ । दोस्रो चरणको परीक्षा उत्तीर्ण गरेका परीक्षार्थीले अब सीप परीक्षा दिन पाउनेछन् । केही दिनपछि उनीहरूको सीप परीक्षा हुने इपीएस शाखाले जनाएको छ ।
Read More