पाँचथर असोज १४ ।। कोशी प्रदेशका पूर्वी पहाडी जिल्लाहरु ताप्लेजुङ पाँचथर र इलाम दिनदिन यता विद्युत् अवरुद्ध भएको छ। पछिल्लो तीन दिनदेखि विद्युत् अवरुद्ध हुँदा ताप्लेजुङ, पाँचथर र इलाममा बैंक, वित्तीय संस्था र कलकारखानासहित विद्युतबाट चल्ने सबै सेवा प्रभावित भएका छन्। असोज १२ गते आएको बढी तथा पहिरोका कारण केन्द्रीय प्रसारणलाइन इलाममा क्षति भएपछि पूर्वी पहाडी जिल्लाहरू अन्धकारमय बनेका हुन्। नेसनल ग्रिडको ३३ हजार भोल्ट क्षमताको प्रसारणलाइनको टावरमा क्षति भएको छ। ताप्लेजुङ, पाँचथर र इलाम जिल्लामा एउटै लाइनबाट विद्युत् वितरण हुँदै आएको छ। इलामको माईखोलामा चारवटा पोल ढलेकाले यी तीन जिल्लामा विद्युत् अवरुद्ध भएको ताप्लेजुङ विद्युत् प्रसरणलाइनका प्रमुख सुरेशकुमार चौधरीले बताए। ताप्लेजुङ…

काठमाण्डौ। असोज १४।।केहि दिन परेको वर्षा पछी देशका कतिपय ठाउँमा घाम लागेको छ। वर्षा रोकिएपछि थप पहिरो नजाने सम्भावना बढ्ने भएकाले राहत तथा उद्धारको काममा सहज हुने भएकाले कार्य चाडो हुने विश्वास गरिएको थियो तर सरकारले उद्धार र राहतको काममा ढिलाइ गरेको भन्दै सर्वत्र आलोचना भइरहेको छ । बीपी राजमार्गमा अलपत्र परेका सबै यात्रुहरुको अझै उद्धार हुन सकेको छैन । उक्त स्थानमा अझै तीन हजारभन्दा धेरै अलपत्र अवस्थामा रहेका काभ्रे प्रहरीको भनाइ छ । जिल्ला प्रहरी काभ्रेले दिएको जानकारीअनुसार तीमध्ये महिला, बालबालिका, अशक्त र बिरामी गरी झन्डै एक सय ५० जनालाई हेलिकोप्टरबाट उद्धार गर्नुपर्ने अवस्था छ । हिजो झन्डै दुई…

काठमाडौं। १४ असोज।। वर्षाका कारण देशका थुप्रै ठाउँमा आएको पहिरो र डुबानमा परी अहिलेसम्म १सय ९२ जनाको मृत्यु भएको पुष्टि भएको भने ति जना अझै हराइरहेका छन्। खोज, उद्धारका कार्य भइरहेको छ भने प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिएका छन्। सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि उनले बताएका छन्।उनका अनुसार विपदमा १ सय ९४ जना घाइते भएका छन् । थप विवरण आउन बाँकी छ।................

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा ओमानलाई ३७ रनले हराएकोछ । क्यानडा भ्रमणमा नेपालको यो पहिलो जित हो । १७७ रनको लक्ष्य पछ्याएको ओमान १९.१ ओभरमा १३९ रनमा अल आउट भयो । ओमानका शोएब खानले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४५ रन बनाए । रफिउल्लाह १२ बलमा १ चौका र ४ छक्कासहित ३५, प्रतिक अथभले १५, खालिद कैल ११, जिशान मकसुद ६, आयन खान र अकिब इलियास २-२ रनमा आउट भए । नेपालका करण केसीले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । गुलशन झाले २.१ ओभरमा १४ रन खर्चेर २ विकेट लिए ।…
धनकुटा नगरपालिका-९ र साँगुरीगढी गाउँपालिका-७ को सीमा लेउती खोला र तमोर नदीको दोभानमा बालुवाले पुरिएको अवस्थामा दुई जना महिलाको शव भेटिएको छ । शवको पहिचान खुलेको छैन । छिमेकी जिल्ला तेह्रथुम र पाँचथरमा सोधपुछ भइरहेको धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । केही दिन यताको अविरल वर्षाले तमोर नदीमा बाढी आइरहेको छ । छिमेकी जिल्लाबाट शव बगाएर ल्याएको हुनसक्ने आशङ्का गरिएको छ । शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा ल्याइएको छ । बिहान करिब ८ः३० बजे शव भेटिएको हो । शव भेटिएको स्थान मूलघाटदेखि करिब १ किलोमिटर पश्चिममा छ । त्यस्तै, चौबिसे गाउँपालिका ४ स्थित फलामेटार तमोर नदीमा…

बिर्तामोड असोज १३।। नेपालीहरूको महान चाड दशैं तिहार आउन अब केही समय मात्र बाँकी छ। दसैं तिहार नजिकिएसँगै सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीहरु किनमेलका लागि ठूलो संख्यामा भारतीय बजारमा जान थालेका छन्। झापाको मेची नगरपालिका र भद्रपुर नगरपालिका संग जोडिएको भारतीय बजारमा अहिले चाड पर्वका लागि आवश्यक सामग्री किन्न आउने नेपालीहरुको भीडभाड देखिन्छ। नेपाली बजारमा भन्दा सस्तो मूल्यमा सामान पाइने भएकाले भारतीय बजारको आकर्षण बढेको भारतीय बजार पानी ट्याङ्कीमा सामान किन्न आएका नेपालीहरू को भनाइ छ किनमेल गर्न सीमावर्ती पानी ट्याङ्की बजार आएकी बिर्ता मोड ५ की बासिन्दा सोनाती चौधरीले सामान सस्तो पर्ने भएकाले भारतीय बजार आएको बताइन्। नजिकिँदै…

धादिङ । निरन्तर बर्षाका कारण धादिङको झ्याप्लेखोलामा आएको पहिरोमा ३ वटा गाडी पुरिँदा हालसम्म ३० भन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परि एउटा बस र दुइटा माइक्रोबस पुरिएको अवस्थामा भेटिएको थियो । चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रो बस आइतबार बिहान पुरिएको अवस्थामा भेटिएको धादिङ प्रहरीले जनाएको छ । उक्त माइक्रो बसबाट १३ जनाको शव निकालिएको सशस्त्र प्रहरी बल, नेपालका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । थापाकाअनुसार उक्त माइक्रो बसबाट ४ महिला र ९ पुरुषको शव निकालिएको छ । पहिरोमा अन्य गाडीहरू पनि पुरिएको शंकामा खोजी कार्य जारी रहेको छ ।…

एजेन्सी ।। अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले आगामी डिभी लोटरी भर्ने मिति घोषणा गरेको छ । आगामी न्युयोर्क समय अक्टोबर २ बुधबार मध्यान्ह १२ बजेदेखि नोभेम्बर ५ मध्यान्ह १२ बजेसम्म डिभी लोटरी भर्न सकिने भएको छ । दर्ता अवधिमा एक व्यक्तिको लागि एक भन्दा बढी आवेदनहरु पेश गरेमा त्यस व्यक्तिको लागि सबै आवेदनहरु अयोग्य हुने चेतावनी ब्यूरो अफ कन्सुलर अफेयर्सले दिएको छ । डिभी २०२६ को लागि अहिले अँग्रेजीमा कार्यक्रम निर्देशिका सार्वजनिक गरिएको छ भने अतिरिक्त भाषाहरूमा अनौपचारिक अनुवादहरू थपिने जनाइएको छ । यो बर्ष क्युबा डिभी लोटरीका लागि अयोग्य भएको छ भने योग्यताका सन्दर्भमा विगतका बर्षहरुको…

बिर्तामोड, १२ असोज : बिर्तामोडमा रेविज खोप कार्यक्रम सुरु भएको छ । नगरपालिकाले विश्व रेविज दिवश २०८१ का अवसरमा खोप सप्ताह कार्यक्रम आजदेखि सुरु गरेको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाईले कार्यक्रम उद्घाटन गर्दै सबै वडामा जनप्रतिनिधिसहित लागेर यो सप्ताह सफल बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले रेबिज नियन्त्रणका लागि सकेसम्म धेरै कुकर, विरालोलाई खोप लगाउन आग्रहसमेत गर्नु भयो । भोलि वडा नम्बर १ का विभिन्न स्थानमा खोपकेन्द्र स्थापना गरी रेविजविरुद्दको खोप लगाईने छ । सबै वडा कार्यालयको समन्वयमा आवश्यक्ता अनुसार खोपकेन्द्र स्थापना गरी कार्यक्रम सञ्चालन गरीने पशुपंछि मत्स्य विकाश शाखाकी अधिकृत सावित्रा दाहालले जानकारी दिनुभयो । कार्यपालिका…

काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ । शनिबार बिहान पहिरो जाँदा धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रोबसहरु पुरिएका थिए । त्यस क्रममा लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा शव निकालिएको हो । त्यस्तै नम्बर नखुलेको अर्को बसबाट ९ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । ती बसहरु शनिबार साँझ एक्साभेटरको सहायताले निकालिएको थियो । पहिरोमा अरु बसहरु पनि पुरिएको आशंकामा प्रहरीले गरेको छ। पहिरो ले पुरिएको बसमा कति यात्रु थिए भन्ने एकिन भइनसकेको र उद्धारको काम जारी रहेको प्रहरीले जनाएको छ।