बिर्तामोड मंसिर २० ।। खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीले धानको समर्थन मूल्य तोकेको छ।कम्पनीले प्रति क्विन्टल रु तीन हजार पँच सय ८० दशमलव ६२ रुपैयाँ तोकेको छ” कम्पनीले तोकेको मूल्य बजार भाउभन्दा माथि हो । यसै बीच विर्तामोडस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५० हजार क्विन्टल धान खरिद गर्ने भएको छ । कम्पनीका कार्यालय प्रमुख चुलमाया लोवाका अनुसार पहिलो चरणमा १५ हजार क्विन्टल सोनामन्सुली र पाँच हजार क्विन्टल रञ्जितमन्सुली धान खरिद गर्न लागिएको हो । झापामा यो वर्ष तीन लाख ८५ हजार एक सय ९६ दशमलव पाँच मेट्रिक टन धान उत्पादन भएको छ । धान लगाइएको क्षेत्रफल…

काठमाडौं : नेपाल प्रिमियर लिग एनपीएलमामा जनकपुर बोल्ट्सले तेस्रो जित हात पारेको छ। पोखरा एभेन्जर्सले दिएको १३९ रनको लक्ष्य जनकपुरले तीन विकेट गुमाएर चुमेको हो।टस जितेर फिल्डिङ रोजेपछि पोखरा एभेन्जर्सले ब्याटिङ गरेको थियो। पोखराले ७ विकेट गुमाएर जम्मा १३८ रन बनाएका थियो। जितका लागि मैदानमा उत्रिएको जनकपुरका लागि लाहिरू मालिन्था ४५, आशिफ शेख ३३, अनिल साह १ले एक रन बनाए। जनकपुरका लागि हर्ष ठाकर १३ र जिमी नसिमले ४० रनको अविजित पारी खेले। पोखराका लागि म्याट क्रिट्ले ३५, आन्द्रे गोस २०, दिनेश खरेल १०, कुशल भुर्तेल ६, दिलिपनाथ १०, रेइमन रिफर १७, माइकल लिस्कले २५ रनको योगदान दिए भने नारायण जोशीले…

बिर्तामोड, १९ मंसिर :बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा'एक घर एक बत्ती अभियान' सुरुवात भएको छ । जंगली हात्ती प्रभावित यस वडामा स्थानीयलाई रातिको समयमा हिँडडुल गर्न सहज होस् भन्ने उदेश्यले 'एक घर एक बत्ती अभियान' सुरु गरीएको हो । यस वडामा २४ वटा टोल रहेका छन् । यी मध्ये हालसम्म हात्तीबाट बढी प्रभावित रहेका बाह्रघरे, झोलुङ्गे, खालबाडी, सिमसार, पाथिभरा, स्रिजंघा, फक्तालुङ लगायतका टोलमा १५० भन्दा बढी सडक बत्ती जडान गरीएको वडाअध्यक्ष अबिरल कृष्ण खरेलले जानकारी दिनुभयो । उहाँले यो अभियानलाई प्राथमिकताको साथ अघि बढाईने बताउनु भयो । अहिले बत्ती जडान कार्य धमाधम भईरहेको र सबै ठाउँमा आवश्यकता अनुसार…

बिर्तामोड मंसिर १८ ।। ३० औं अन्तरास्ट्रिय अपाङ्गता दिवस तथा विद्यालयका संस्थापक हरि प्रसाईंको स्मृति दिवसको अवसरमा न्युटन्स् बाल क्लबले अपाङ्गता भएका दुई शिक्षकलाई सम्मान गरेको छ । बिर्तामोड-५ मा अवस्थित न्युटन्स एजुकेसन एकेडेमीमा रहेको बाल क्लबले समावेशी तथा दिगो भविष्यको आधार, अपाङ्ग भएका व्यक्तिहरुको प्रवल नेतृत्वको आधार भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा दुर्गा माध्यमिक विद्यालयका शिक्षकद्वय पदम अधिकारी र चन्द्र भट्टराईलाई दोसल्ला, टोपी र मायाको चिनोले सम्मान गरिएको विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईले जानकारी दिनुभयो। बाल क्लबका अध्यक्ष अन्स न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि विद्यालयका डाईरेक्टर आशिष प्रसाईं रहेका थिए । उक्त अवसरमा बालबालिका तथा शिक्षा संचार…

बिर्तामोड ।। पूर्व पश्चिम राजमार्गको मेचीनगर नगरपालिका–११ स्थित तेलीबारी सडक खण्डमा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटर साइकल चालकको मृत्यु भएको छ । आज दिउँसो साढे १२ वजे बागमती प्र–०१–००६ ख ४९०९ नम्बरको बस र मे १० प ३५७२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोसा चालक भद्रपुर नगरपालिका–१० बस्ने अन्दाजी वर्ष ५५ का किसन न्यौपाने घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइतेलाई तत्काल उपचारका लागि बिर्तामोड स्थित बीएण्डसी अस्पताल पुर्याउन साथ चिकित्सकले करिव १ वजे मृत्यु भईसकेको घोषणा गरेको प्रहरीको भनाई छ । बस चालक उदयपुरको चौडण्डीगढी नगरपालिका–६ बस्ने अन्दाजी बर्ष ४२ का विजयकुमार यादव,…

विराटनगर । नक्कली सुन देखाई नगद तथा गरगहना ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेशका विभिन्न जिल्लाका अस्पताल, मेला, हटिया तथा भीडमा सुटबुटमा सजिएर अपरिचितलाई समेत आफन्त बनाएर ठगीधन्दा चलाउने नेपाल र भारतका छ जना पक्राउ परेका हुन् । पक्राउ परेकाहरुलाई सोमबार मोरङ प्रहरीले नियन्त्रणमा लिएर सार्वजानिक गरेको छ । मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाका अनुसार गत कार्तिक २७ गते यो गिरोहले संखुवासभा पाचखपन गाउँपालिका–५ खपनटोल निवासी ५६ वर्षीय कृष्णबहादुर तामाङको एकलाख १० हजार नगद आफन्त भएरै चोरी गरेका थिए । विराट टिचिङ अस्पताल बुढीगंगामा श्रीमतीलाई उपचार गराउन आउनु भएका तामाङसँग आफन्त भएको नाता लगाएर उनीहरुले…

काठमाडौं ,। नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ ।काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गर्दै चितवन विजयी भएको हो । जितका लागि एक सय १२ रनको लक्ष्य पाएको चितवनले १७ बल बाँकी छदैँ ५ विकेट गुमाएर नै लक्ष्य भेट्टाएको हो। की र्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै एक सय ११ रन बनायो। काठमाडौंका लागि सुमित महर्जनले ४१ बल खेल्दै एक चौकाको सहयोगमा सर्वाधिक २९ रन जोडे। त्यस्तै माइकल लेभिटले १६ बलमा चार चौका र एक छक्का हान्दै २५ रन बनाए। डान डाउथवेटले…

बिर्तामोड ।। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) झापाले विविध खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ । उक्त प्रतियोगिता यही मंसिर २२ गतेबाट सुरु हुने हिसान झापाका सचिव देबेन्द्र हुमागाईंले जानकारी दिनुभयो । हिसान झापामा आबद्ध २६ विद्यालयहरु मध्ये २३ वटा विद्यालयका १००० भन्दा बढी विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाउने सचिव हुमागाईंले बताउनुभयो । हिसान झापाका कार्यवाहक अध्यक्ष उत्तम खनालले विद्यार्थीहरुको क्षमतालाई अभिवृद्धि गर्दै खेलकुद प्रति रुची जगाउन प्रतियोगितामा सहभागी हुन विद्यालयहरुलाई आग्रह गर्नुभएको छ । प्रतियोगितामा विजेता र उपविजेतलाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गर्नुका साथै प्रतियोगितमा सहभागी सम्पूर्ण विद्यालयले प्रमाणपत्र प्राप्त गर्ने हिसान झापाका कोषाध्यक्ष रञ्जित…

रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पाँच जनाको मृत्यु भएको छ। सुनछहारी गाउँपालिका वडा नम्बर ३ गाममा निर्माण भइरहेको उक्त झोलुङ्गे पुलको टेवा पर्खाल भत्किएको जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाले जानकारी दिए। पर्खाल भत्कदाँ सात जना काम गरिरहेका थिए। बाँकी दुई जनाले भने भागेर ज्यान बचाएका छन्। मृत्यु हुनेमा सुनछहरी ३ बाहिरी गामका ४५ वर्षीय दुजमान परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुवित्रा परियार, २७ वर्षीया आइती परियार र ६६ वर्षीय देवीराम परियार रहेको उनले बताए। उक्त झोलुङ्गे पुल मौलाबाङ र बाहिरी गाम जोड्ने गरी बन्दै थियो ।