बिर्तामोड कार्तिक २२ ।।आज कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्व। आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइँदै धुमधामका साथ छठ पर्व मनाइन्छ। एतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवको आराधना गरिएको थियो। त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। लोक कथनबमोजिम सोही समयदेखि छठपर्व मनाउने परम्पराको थालनी भएको हो। सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन्। त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुआत भएको बताइन्छ। मुख्य दिन शुक्ल षष्ठी भए पनि छठचतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ। व्रतविधि कार्तिक शुक्ल…

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प पुन विजयी भएका छन्। अमेरिकामा रिपब्लिकन उम्देवार डोनाल्ड ट्रम्पको जितको औपचारिक घोषणा भएको छ। समाचार एजेन्सी एपीका अनुसार अधिकांश राज्यको मतगणना सकिएको छ । त्यहीकारण रिपब्लिकनका प्रत्यासी ट्रम्पलाई विजेता घोषित गरिएको हो । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले बहुमत हासिल गर्ने क्रममा २७९ इलेक्टोरल कलेज भोट मिलेको छ। उनीसँग पराजित डेमोक्रेटिककी उम्देवार कमला ह्यारिसले २१९ मात्रै इलेक्टोरल कलेज भोट लिन सफल भइन् । उनी जो बाइडेन नेतृत्वको प्रशासनमा उपराष्ट्रपति थिइन् । ट्रम्पले अमेरिकाका सातमध्ये चार स्विङ स्टेट्समा जित निकालेका छन् । यिनमा जर्जिया, नर्थ क्यारोलाइना, भिस्कान्सिन र पेन्सिलभेनिया रहेका छन् । अमेरिकामा कूल ५३८ इलेक्टोरल…

पाँचथर कार्तिक २०।। पाँचथरको सदरमुकाम फिदिम नगरपालिका वडा नं २ मा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ। ग्यास सिलिन्डर लिक भई घरमा आगलागी हुँदा घरधनी जयप्रकाश राई घाइते भएका छन् । उनको घर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक बेनिलाल साहले जानकारी दिए । घरमा आगो सल्किएपछि जोगाउने प्रयास गर्दा राई गम्भीर घाइते भएका हुन् । राईको घरमा मंगलबार अपराह्न ४ बजेतिर आगो सल्केको प्रहरीले जनाएको छ । घरभित्र राखिएको ग्यास पड्किएकाले ग्यास लिक भएर आगो सल्केको हो कि ? भनेर अनुमान गर्न सकिने साहले बताए । यद्यपि आगलागीको कारण यकिन नभएको उनको…

पोखरा कार्तिक २०।। गण्डकी प्रदेशका सांसद एवम् पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतले दोषी ठहर्याएको छ। सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले मनाङेलाई दोषी ठहर गरेको हो। उनी मनाङ (ख) बाट दोस्रो पटक स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध निर्वाचित भएका थिए। यसअघि उच्च अदालत पाटनले उनलाई दोषी ठहर्याएपछि उनले उच्चको फैसलाविरुद्ध सर्वोच्चमा गरेको निवेदनमा सर्वोच्चले दावी नपुग्ने ठहर गर्दै उच्चकै फैसलालाई नै सदर गरेको हो। उच्चले मनाङेलाई ५ वर्ष कैदको फैसला सुनाएको थियो। फैसलाअनुसार अब मनाङेले ३ वर्ष कारागारमा बस्नुपर्नेछ। यसअघि नै ज्यान मार्ने उद्योगको अभियोगमा उनी २ वर्ष कारागार बसिसकेका छन्। सर्वोच्चको…

बिर्तामोड कार्तिक २०।। सूर्यको आराधना गरी मनाइने छठ पर्व आजदेखि सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि धुमधामका साथ सुरु भएको हो । चार दिनसम्म मनाइने यसपर्वको पहिलो दिन आज ब्रतालुहरुले नहा खा अर्थात् नुहाएर खाने गर्दछ । आज ब्रतालुले जीउ चोख्याउने काम गर्दछन् । त्यस्तै पर्वको दोस्रो दिन बुधबार खर्ना मनाइनेछ । खर्नाका दिन व्रतालुले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कूल देवताको पूजा गर्नेछन् र राति अरवा अरबाईन (बिनानुन हालेको) खानेकुरा खाने चलन छ । त्यस्तै षष्ठीका दिन अर्थात् बिहीवार साँझ गहुँ र चामल ओखल, जातो वा…

मेचीनगर कार्तिक १६।। बाहुण्डाँगी जेसीजको संयोजनमा निर्माण भएको जेसीज धारा उद्घाटन गरिएको छ । मेचीनगर ४ आमडाँगीमा रहेको शिवालय मन्दिरमा धारा निर्माण गरिएको हो । मेचीनगर ४ आमडाँगीका राहुल भातरी (रबिन) ले आफ्ना बुबा टिकाराज भारतीको स्मृतिमा निर्माण गरिदिनु भएको उक्त जेसीज धाराको लक्ष्मी पुजाको अवसर पारेर उद्घाटन गरिएको हो । यस अघि टंकबहादुर देवकोटाको स्मृतिमा पहिलो जेसीज धारा निर्माण गरिएको थियो । वैदेशिक रोजगारीको क्रममा दुवहीमा रहेर काम गर्दै आएका भारतीले यस अघि पनि विभिन्न क्षेत्रमा सहयोग गर्दै आउनु भएको थियो । बाहुण्डाँगी जेसीजले वर्ष २०२४ मा गरेको कामलाई नजिकबाट नियालेका भारतीले जेसीजका अध्यक्ष देबु बानियाँलाई आफ्ना बुबाको…

बिर्तामोड कार्तिक १५।। झापा गौरादहका कृष्ण शर्माको गोरुले हानी घाइते भई उपचारका क्रममा बिहीवार साँझ मृत्यु भएको छ। गौरादह नगरपालिका-७ जामबारीका शर्मालाई बारीमा बाँधेको आफ्नै गोरु सार्ने क्रममा बुधवार गोरुले हानी घाइते बनाएको हो। गोरुले हानी घाइते बनेका शर्माका ढाडका ७ वटा करङ भाँचिएका थिए। उनलाई लाइफ लाइन अस्पताल दमकमा उपचार गराउँदा थप उपचारका लागि नोबेल अस्पताल विराटनगर ल्याइएको थियो। उपचारका क्रममा उनको नोबेल अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। साथै सोही गोरुलाई समाउने क्रममा उनका छिमेकी रविन राजवंशी पनि घाइते भएका छन्। राजवंशीको टाउकोमा चोट लागेको छ।

बिर्तामोड, १५ कात्तिक : पूर्बेली ढुवानी सेवा प्रा. लि बिर्तामोडले व्यवसायलाई थप मजबुद बनाउँदै लगेको छ । कोशी प्रदेश र बाहिरका विभिन्न जिल्लामासमेत सेवा दिँदै आएको पूर्बेलीले आज ५ वटा ट्रक थप गरेर सेवालाई थप मजबुद र व्यवस्थित बनाएको हो । टाटा मोटर्सको आधिकारिक विक्रेता सिपर्दी ट्रेडिङ धाईजनमा पुगेर ढुवानी सञ्चालक निर्मलराज खत्री र हरि बस्नेतले गाडीको चाबी ग्रहण गर्नु भयो । सञ्चालक खत्रीलाई सिप्रदीका सर्भिस म्यानेजर सन्तोष पट्टेलले चाबी हस्तान्तरण गर्नु भएको हो । प्रविधिको विकाससंगै ढुवानीका क्षेत्रमा प्रतिस्पर्धासमेत बढ्दै गएकोले ५ वटा दश १० चक्के ट्रक थप गरेको सञ्चालक खत्रीले बताउनु भयो । पूर्बेलीले २५१८ सी मोडलको…

बिर्तामोड कार्तिक १३ ।। लिङ्कन मन्टेश्वरी स्कुलले शुभ-दीपावलीको अवसरमा विद्यालयमा अध्ययनरत सानासाना नानीबाबुहरूसँग देउसी भैलो खेली शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ । झापाको बिर्तामोड-३ मा सञ्चालनमा रहेको सुविधा सम्पन्न मन्टेश्वरी स्कुलले मंगलबार विद्यालयल परिसरमा विद्यार्थीहरुसँग दीपावलीको शुभकामना साटासाट गरेको हो । तिहारसम्बन्धी बालबालिकाहरुलाई जानकारी गराउने उद्देश्यले स्कुलले शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गरेको विद्यालयका सञ्चालक सरोज पौडेलले जानकारी दिए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई तिहारमा खेलिने देउसीभैलो, सेल रोटी, भाइटिकासहित तिहारमा गरिने सांस्कृतिक परम्पराका विषयमा जानकारी गराइएको सञ्चालक पौडेलले बताए । तिहार भनेको पटेका पटकाउने मात्र नभएर गीत संगीतमा रमाउँदै देउसी…

काठमाडौं ।। साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत बुधबार हुने नेपाल र बंगलादेशबीच फाइनल खेलको टिकट विक्रीमा एन्फाले रोक लगाएको छ । एन्फाले एक विज्ञप्ति जारी गर्दै टिकेटिङ्ग अधिकार प्राप्त माउण्ट एभरेष्ट स्पोर्टस एण्ड इभेन्ट्स प्रा.लि.लाई कुनै पनि माध्यमवाट टिकट विक्री नगर्न/नगराउन भनिएको छ । साथै एन्फाले दर्शकहरूलाई पनि टिकट खरिद नगर्न आव्हान गरेको छ। नेपाल र भारतबीचको सेमिफाइनल खेलमा एन्फासँगको सम्झौताविपरीत रंगशालाको क्षमताभन्दा बढी टिकट विक्री गरेको आरोप एन्फाको छ । क्षमताभन्दा बढी टिकट विक्री गर्दा दर्शकको सुरक्षा हिजो चुनौती नै बनेको थियो। माउण्ट एभरेष्ट स्पोर्टस एण्ड इभेन्ट्स प्रा.लि.सँग सत्यतथ्य बुझ्ने काम भइरहरको पनि एन्फाले जनाएको छ। यसपछि एन्फाले…