Sacho Khabar

Day: २०८१ जेष्ठ २५, शुक्रबार

सुनको भाउ आज १ लाख ४४ हजार रुपैयाँ

सुनको भाउ आज १ लाख ४४ हजार रुपैयाँ

काठमाडौं, २५ जेठ ।  सुनको भाउले लगातार रेकर्ड तोड्दै गएको छ। आज १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले आज फेरि अर्को रेकर्ड बनाएको हो। आज छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एक हजार रुपैयाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५०…
Read More
जलवायु परिवर्तन बारे जनचेतना जगाउन विश्व साइकल यात्रा सुरु

जलवायु परिवर्तन बारे जनचेतना जगाउन विश्व साइकल यात्रा सुरु

बलराम शिवाकोटी, दोलखा २५ जेठ । दोलखाका एक युवाले साइकलबाट विश्व भ्रमण सुरु गरेका छन् । दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नम्वर ३ लामिडाँडाका युवा अभिनय कार्कीले बिहीबार देखि दोलखाको सदरमुकाम चरिकोटबाट विश्व साईकल यात्रा सुरु गरेका हुन् । साइकल यात्राको शुभारम्भमा दोलखाका प्रतिनिधि सभाका सांसद गंगा कार्की ‘विश्व’ ले नेपालको राष्ट्रिय झण्डा प्रदान गरे पछि कार्कीले साइकल यात्राको सुरु गरेका थिए । विश्व साइकल यात्रा शुभारम्भ कार्यक्रममा कार्कीलाई विदाई गर्न नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामा, एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र दोलखाका अध्यक्ष कमल श्रेष्ठलगायत राजनीति दलका नेताहरु तथा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, कालिञ्चोक गाउँपालिका…
Read More
आर्थिक लेनदेनका कारण घिमिरेले गरे ७०वर्षिय वृद्धको हत्या

आर्थिक लेनदेनका कारण घिमिरेले गरे ७०वर्षिय वृद्धको हत्या

डम्बर चौलागाइ , दोलखा २५ जेठ । आर्थिक लेनदेनका कारण भीमेश्वर नगरपालिका–१ क्षमावतीमा एक बृद्धको हत्या भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । आर्थिक लेनदेनका कारण हत्या भएको दोलखा प्रहरीले जनाएको छ । भीमेश्वर नगरपालिका–१ का ७७ वर्षीय बृद्ध झिलकवहादुर बिश्वकर्मा बाट एक बर्ष अघि दुई लाख ऋण ऋण लिएकाे र मारेपछि तिर्नै नपर्ने भनी छिमेकी ५२ बर्षिय गणेश घिमिरेले हत्या गरेको प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले हत्या आरोपीलाई सार्वजनिक गर्दै बृद्धको हत्या गरी भागेर काठमाडौं पुगेका घिमिरे लाई पक्राउ गरि सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय दाेलखाको हत्यारा पत्ता लगाउने…
Read More

नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्दै

छिमेकी मुलुक भारतमा भारतीय जनता पार्टी (भाजपा) का नेता नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्दैछन्। । भर्खरै सम्पन्न १८ औँ लोकसभा निर्वाचनमा बहुमत ल्याएको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) का तर्फबाट मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न लागेका हुन् । कार्यवाहक प्रधानमन्त्रीका रुपमा रहेका मोदीले आइतबार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री पदको शपथ लिँदै छन् । आफ्नो शपथ ग्रहण समारोहमा उनले नेपालसहित छिमेकी देशका सरकार प्रमुखलाई आमन्त्रण गरिसकेका छन् । विभिन्न राष्ट्रका प्रमुखलाई बुधबार फोनमार्फत आमन्त्रण गर्दा शनिबारका लागि शपथ ग्रहण समारोह आयोजना गरिने भनिएको थियो । तर, शुभ मुहुर्त जुराउने क्रममा आइतबार उचित समय निस्किएपछि मोदीले एक दिनपछि शपथ लिने…
Read More