Sacho Khabar

Day: २०८१ जेष्ठ ३१, बिहीबार

न्युजिल्यान्डलाई हराउँदै वेस्ट इन्डिज सुपर ८ मा

न्युजिल्यान्डलाई हराउँदै वेस्ट इन्डिज सुपर ८ मा

जेठ ३१। काठमाडौं (एजेन्सी)। आइसीसी टि२० विश्वकप अन्तर्गत समूह सी को खेलमा आयोजक वेस्ट इन्डिजले न्युजिल्यान्डमाथि रोमान्चक जित दर्ता गरेको छ । यस जितसँगै वेस्ट इन्डिज सुपर ८ मा प्रवेश गरेको छ । समूहको लगातार तेस्रो जित दर्ता गर्ने क्रममा वेस्ट इन्डिजले न्युजिल्यान्डलाई १३ रनले पराजित गरेको हो । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले खराब सुरुवात गरेपनि शेर्फान रदरफर्डको आक्रामक इनिङमा १ सय ४९ रनको राम्रो योगफल खडा गरेको थियो । एक समय ३०-५ को स्थितिमा रहेको वेस्ट इन्डिजलाई रदरफार्डले ३९ बलमा नटआउट ६८ रनको इनिङ खेल्दै उकासे । उनले २ चौका र ६ छक्का प्रहार गरेका…
Read More
प्रेस चौतारी झापाका संस्थापक अध्यक्ष पाठकको निधन

प्रेस चौतारी झापाका संस्थापक अध्यक्ष पाठकको निधन

जेठ ३१।बिर्तामोड । प्रेस चौतारी झापाका संस्थापक अध्यक्ष एवम् झापाका पुराना पत्रकार नेत्र प्रसाद पाठकको निधन भएको छ । ७२ वर्षीय पाठकको आज बिहान ९ः३० बजे आफ्नै निवास बिर्तामोड–४ मा निधन भएको हो । पूर्वशिक्षक समेत रहेका पाठकले लामो समय शिक्षण गर्नुको साथै नेपाल शिक्षक संगठनको नेतृत्व गरेका थिए । पाठक भद्रपुरबाट प्रकाशित स्वाधिन संम्वाद साप्ताहिकको सम्पादकीय नेतृत्व समेत क्रियाशिल थिए । बिर्तामोड–४ मेथीबारी टोल निवासी पाठकका पत्नी सीता पाठक, छोरा विज्ञान, बुहारी हिमा, छोरी एलिजा र एक नाति रहेका छन् । पाठक तीन वर्षयता दम, निमोनिया, प्रोस्टेट क्यान्सर र ब्रेनको नशासँग सम्बन्धित समस्याका कारण घरमै उपचार र आराम गर्दै…
Read More
झापाको बाह्रदशीमा अटोको ठक्करबाट एक  बालकको मृत्यु

झापाको बाह्रदशीमा अटोको ठक्करबाट एक  बालकको मृत्यु

झापा। जेठ ३१ ।(साझा अक्षर ) झापाको बाह्रदशीस्थित भित्री सडक खण्डमा अटोको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । जेठ २५ गते दिउँसो अन्दाजी ४ः४५ बजेको समयमा बाह्रदशी गाउँपालिका वडा नम्बर ६ पाख्रिवास धमलागाउँस्थित भित्री पक्की सडक खण्डमा घैलाडुब्बाबाट फूलबारीतर्फ जाँदै गरेको मे १ ह ६२०२ नम्बरको अटोले धनकुटा घर भई हाल बाह्रदशी गाउँपालिका वडा नम्बर ६ बस्ने मामा टेकबहादुर भट्टराईको घरमा बस्दै आएका राजन कार्कीका छोरा ९ वर्षीय प्रज्वल कार्कीलाई ठक्कर दिएको थियो । टाउको र शरीरको विभिन्न भागमा चोट लागेर तत्काल उपचारको लागि बिर्तासिटी अस्पताल पठाइएकोमा बोल्न नसक्ने गम्भीर घाइते बालकलाई थप उपचारको लागि विराट मेडिकल अस्पतालको…
Read More

अछाममा झाेलुङ्गे पुल चुडियर पुलमा हिँडिरहेका खच्चड च्यापिए

धनगढी- अछाममा झाेलुङ्गे पुल चुडियर पुलमा हिँडिरहेका खच्चड च्यापिएका छन् ।पञ्चदेवल नगरपालिका- ९ कालेकाँडा र दैलेखको आठवीस नगरपालिका- ४ खिड्की जिउला जोड्ने पुल चुँडिएपछि आवत-जावत अवरुद्ध भएको छ।आज बिहान ११ बजेतिर पुल चुँडिएको र आवत-जावत अवरुद्ध भएको हो । प्रहरीका अनुसार पुलको लठ्ठा चुँडिएपछि ढुवानीको सामान बोकेका १५ वटा खच्चर पुलमा च्यापिएका छन् भने आवत जावत पनि पूर्ण रूपमा ठप्प छ।अहिले जिल्ला प्रशासन कार्यालय दैलेखले फसेका खच्चडहरूको उद्दारको तयारी थालेको जनाएको छ।
Read More
फर्स्ट स्टेप फिटनेसले मिस्टर झापा शारीरिक सुगठन प्रतियोगिता गर्दै  ।

फर्स्ट स्टेप फिटनेसले मिस्टर झापा शारीरिक सुगठन प्रतियोगिता गर्दै  ।

बिर्तामोड, जेठ ३० ।फर्स्ट स्टेप फिट्नेसको आयोजनामा झापाको बिर्तामोडमा मिस्टर झापा शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ । यही असोज १९ गते हुने जिल्लास्तरीय प्रतियोगिताको आयोजना बारेमा आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिइएको हो ।प्रतियोगिताका अध्यक्ष तथा २०६४ का मिस्टर झापा, कलाकार सुवास मेचेका अनुसार झापामा खेलाडी उत्पादन गर्ने उद्देश्यसाथ प्रतियोगिता आयोजना गरिएको हो ।अध्यक्ष मेचेका अनुसार प्रतियोगिताको विजेताले नगद एक लाख ५१ हजार, दोस्रोले नगद एक लाख एक हजार, तेस्रोले नगद ७६ हजार, चौथोले नगद ५१ हजार र पाँचौँले नगद ३६ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।प्रतियोगिता ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७०…
Read More