युरोकपको १७ औं संस्करण आजदेखि सुरू हुँदैछ।युरोकपमा तीन पटकसम्म उपाधि उचालेको जर्मनी यो संस्करणको आयोजक छ। जर्मनी चार पटकसम्मको विश्वकप विजेता पनि हो। सन् २००६ मा फिफा विश्वकप आयोजना गरेयता जर्मनीले पहिलो पटक ठूलो प्रतियोगिता आयोजना गर्न लागेको हो।६ समूहमा २४ देशहरू सहभागी प्रतियोगितामा कुल ५१ खेलहरू हुनेछन्। आयोजक जर्मनी समूह ‘ए’मा छ। उसको समूहमा स्कटल्याण्ड, हंगेरी र स्वीट्जरल्याण्ड छन्। उद्घाटन खेल आज राति पौने १ बजे जर्मनी र स्कटल्याण्डबीच हुनेछ। एलियान्ज एरिनामा हुने खेल हेर्न ठूलो संख्यामा स्कटल्याण्डका समर्थकहरू म्युनिख पुग्ने क्रम जारी रहेको बिबिसीले उल्लेख गरेको छ।

बिर्तामोड । जेठ ३२। झापाको शिवसताक्षी नगरपालिका वडा नं ३ भोटेपुलमा आज बिहान एकै घरमा दुई बालकसहित तीनजना मृत फेला परेका छन् । सुजन बेस्राकी श्रीमती २५ वर्षीया अन्जली बेस्रा, उनका छोराहरु ९ वर्षका बिशाल र ३० महिनाका आयुष मृत फेला परेका हुन् । अन्जली झुन्डिएको अबस्थामा फेला परेकी छन् । आफ्ना दुई छोरालाई विष सेवन गराई हत्या गरेपछि उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ । प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । सुजन बेस्रा वैदेशिक रोजगारीमा रहेको बताइएको छ ।

झापा । ३२ जेठ। राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल कोशी प्रदेश तदर्थ समिती गठन भएको छ ।इटहरीको श्रीकृष्ण प्रणामी मंदिरको सभाहलमा भएको कायक्रममा रोम घिमिरेको सम्योजकत्वमा तदर्थ समिती गठन गरेको हो ।तर्दथ समितीमा सह संयोजक रामकुमार राई, सदस्य सचिवमा सुसिल भट्टराई,आर्थिक संयोजकमा टिका बस्नेत र सदस्यहरुमा मेघराज कर्की (मोरङ )रुद्र श्रेष्ठ (सुनसरि) मिलन दुलाल (ओखलढुङ्गा) कमलीकान्त भेट्वाल (सङ्खुवासभा) दिपेश बन (भोजपुर) रत्न प्रसाद आचार्य (खोटाङ ) मिरा गिरी (उदयपुर) उत्सब बाराल (ताप्लेजुङ) तोया भट्टराई (ईलाम ) निश्चल आचार्य (पाँचथर) भोलामान गुरुङ (सङ्खुवासभा) रबी किरण मादेन (तेह्रथुम सकुन्तोला कार्की (झापा ) गरी १७ सदस्य तदर्थ समिती गठन गरिएको छ…

ताप्लेजुङ ।जिल्लाको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छभने दुईजना घाइते भएकाछन्। फक्ताङलुङ गाउँपालिका–२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँका अनुसार पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, उहाँकी श्रीमती जसमाय र लिम्बू दम्पतीका छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको हो । यसैगरी ४० वर्षीया युगेन लिम्बू र उहाँकी तीन वर्षीय छोरी घाइते हुनुभएको छ । गत बुधबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा छवटा पुल बगाएको छ । पुल बगेपछि यातायातका साधन सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।