Sacho Khabar

Day: २०८१ असार ३, आईतवार

मेचीनगर सञ्चार प्रतिष्ठानको आयोजनामा दुईदिने विकास पत्रकारिता तालिम सम्पन्न

मेचीनगर सञ्चार प्रतिष्ठानको आयोजनामा दुईदिने विकास पत्रकारिता तालिम सम्पन्न

मेचीनगर असार ।। मेचीनगर सञ्चार प्रतिष्ठानको आयोजनामा दुईदिने विकास पत्रकारिता तालिम सम्पन्न भएको छ। मेचीनगरका पत्रकारहरुलाई लक्षित गरेर पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नगरको सभाहलमा भएको आज दोस्रो दिनको तालिमको सहजीकरण पत्रकार जीएन शर्माले गरेका थिए । समापन कार्यक्रममा प्रमुख अतिथि मेचीनगरका प्रमुख गोपालचन्द्र बुढाथोकीले पत्रकारसँग जनताले धेरै अपेक्षा गरेको बताउँदै राम्रा–नराम्रा दुवैलाई समेटेर सबै क्षेत्रमा कलम चलाउन समेत आग्रह गरेका छन् । कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, प्रशिक्षक ज्ञानेन्द्र निरौला, पत्रकार अम्बिका भण्डारी लगायतले शुभकामना व्यक्त गरेका थिए । सहभागीका तर्फबाट प्रविण अधिकारी, मनिषा गौतम, नेहाल दर्जी र प्रिया तामाङले तालिम अत्यन्तै प्रभावकारी भएको बताउँदै आगामी दिनमा…
Read More
पाँचथरमा निर्माणाधीन  अस्पतालको छतबाट खसेर एक मजदुरको  मृत्यु

पाँचथरमा निर्माणाधीन  अस्पतालको छतबाट खसेर एक मजदुरको  मृत्यु

पाँचथर। असार २।। पाँचथरको कुम्मायक गाउँपालिकामा निर्माणाधीन  अस्पतालको छतबाट खसेर एक मजदुरको  मृत्यु भएको छ। निर्माणाधीन अस्पतालको दोस्रो तलाबाट खस्दा इलामको माई नगरपालिका १ इलामका ३१ वर्षीय सुमन राईको ज्यान गएको हो। दोस्रो तलामा बस्दै आएका श्रमिक राईले मदिरा सेवन गरेका कारण लडेको हुनसक्ने प्रहरीको अनुमान छ। घट्ना स्थलको स्थलगत मुचुल्का तयार गरी पोष्टमार्टम गरेर आफन्तलाई बुझाउने प्रक्रिया थालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्तबहादुर भण्डारीले जानकारी दिनुभयो।  
Read More
बिर्तामोडको  होटल मा एक ब्यक्ती मृत फेला

बिर्तामोडको होटल मा एक ब्यक्ती मृत फेला

बिर्तामोड असार २ ।। झापाको बिर्तामोड मुक्ती चोक पूर्व मुख्य राजमार्ग छेउमै रहेको पाथिभरा होटल एन्ड लजमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । इलाम सूर्योदय नगरपालिका वडा नम्बर ४ बस्ने अन्दाजी ३८ वर्षका कर्म शेर्पा होटलभित्र झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मलेसियाबाट फर्केर उनी जेठ २८ गतेदेखि सो होटलमा बसेका थिए । होटलको बन्द कोठाभित्रबाट दुर्गन्ध आएपछि हिजो बेलुका ढोका फोडेर हेर्दा झुन्डिएको अबस्थामा उनी भेटिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी प्रकाश विष्टले बताए । शेर्पाले केही दिनअगाडि नै झुन्डिएर  आत्महत्या  गरेको हुनसक्ने आशंका गरिएको छ । मृतकका आफन्त बोलाई शवको सर्जमिन गरी पोस्टमार्टममा पठाउने तयारी गरिएको…
Read More
पेस्ताेल देखाएर चितवनमा सुन पसल लुटियाे , 

पेस्ताेल देखाएर चितवनमा सुन पसल लुटियाे , 

   चितवन । चितवनको कालिका नगरपालिका–६ खोलेसिमल बजारमा रहेको एक सुनचाँदी पसलमा लुटपाट भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति पौने नौ बजे विनोद सुनारको सुनचाँदी पसलबाट २ जना व्यक्ति आएर करिब ३ केजी सुन, ३५ केजी चाँदी र २ लाख नगद लुटपाट गरेका हुन् । उनीहरुले पेस्तोल जस्तो वस्तु देखाएर सुनचाँदी र नगद लुटेर भागेको प्रहरीले जनाएको छ । लुटपाट गर्नेहरुले पसलमा रहेको सीसीटीभीको हार्डडिस्क पनि लगेका छन् । प्रहरीले लुटपाटमा संलग्न भएको भन्दै ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
Read More
कनकाई नदीमा विद्युतीय शवदाह गृह बन्ने

कनकाई नदीमा विद्युतीय शवदाह गृह बन्ने

झापा असार २ ।  झापाको कनकाई नदीमा विद्युतीय शवदाह गृह बन्ने भएको छ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/ ०८२ को बजेटमा कनकाई नदीमा स्थानीय तहको सहकार्यमा विद्युतीय शवदाह गृह निर्माणका लागि २ करोड बजेट विनियोजन गरेको आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले जानकारी दिएका छन् । कनकाई नदीमा विद्युतीय शवदाह गृह निर्माणका लागि स्थानियस्तरबाट माग हुँदै  आएको थियो । । २०६७ सालमा स्थापना भएको सो घाटमा हालसम्ममा पाँचवटा चितास्थल सञ्चालनमा रहेको छ ।  
Read More