Sacho Khabar

मेचीनगर सञ्चार प्रतिष्ठानको आयोजनामा दुईदिने विकास पत्रकारिता तालिम सम्पन्न

Advertisement

मेचीनगर असार ।। मेचीनगर सञ्चार प्रतिष्ठानको आयोजनामा दुईदिने विकास पत्रकारिता तालिम सम्पन्न भएको छ। मेचीनगरका पत्रकारहरुलाई लक्षित गरेर पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नगरको सभाहलमा भएको आज दोस्रो दिनको तालिमको सहजीकरण पत्रकार जीएन शर्माले गरेका थिए ।

समापन कार्यक्रममा प्रमुख अतिथि मेचीनगरका प्रमुख गोपालचन्द्र बुढाथोकीले पत्रकारसँग जनताले धेरै अपेक्षा गरेको बताउँदै राम्रा–नराम्रा दुवैलाई समेटेर सबै क्षेत्रमा कलम चलाउन समेत आग्रह गरेका छन् ।

कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, प्रशिक्षक ज्ञानेन्द्र निरौला, पत्रकार अम्बिका भण्डारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

सहभागीका तर्फबाट प्रविण अधिकारी, मनिषा गौतम, नेहाल दर्जी र प्रिया तामाङले तालिम अत्यन्तै प्रभावकारी भएको बताउँदै आगामी दिनमा पनि यस्ता तालिमको आयोजना गर्न आग्रह गरेका छन् । तालिममा ३० जना भन्दा बढी पत्रकारहरुको सहभागिता रहेको थियो ।

मेचीनगर सञ्चार प्रतिष्ठानका अध्यक्ष शिशिर चम्लगाईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सदस्य सचिव प्रकाश पौडेलले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

  बिर्तामोड, १० चैत्र : झापाको बिर्तामोड नगरपालिका ३ सैनिकमोडका होटलमा आज अनुगमन गरीएको छ । बिर्तामोड नगर उप-प्रमुख नगे...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

  मोरङ चैत्र १०।। लोक तथा दोहोरी कलाकारहरूको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष...
मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

   बिर्तामोड चैत्र १० ।। बिर्तामोड ५ झापामा रहेको मङ्गल एकता टोल विकास संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। स...
एमालेले  प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

एमालेले प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

  झापा चैत्र ७ ।। नेकपा (एमाले) ले देशभर चलिरहेका प्रतिगामी गतिविधिहरूविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित देशव्यापी अभिया...