सिलीगुडी । नेपालको पूर्वी नाका नजिकै रहेको पश्चिम बंगालको न्यू जलपाईगुडी छेउमा सोमबार बिहान यात्रुवाहक रेल मालवाहक रेलसँग ठक्कर खाँदा आठ जनाको मृत्यु भएको छ । कोलकातास्थित सिल्दाह जाँदै गरेको कञ्चनजंघा एक्सप्रेस अर्काे मालबाहक रेलसँग ठक्कर खाएको हो । घटनामा एकजना लाेकाे पाइलटसहित आठ जनाकाे मृत्यु भएकाे छ । अरु ३० जना घाइतेहरुकाे उपचार भइरहेकाे छ । उद्दार कार्य जारी रहेकाे हुनाले मृतक र घाइतेहरुकाे संख्या बढ्न सक्ने जनाइएकाे छ । बिहान अन्दाजी ९ बजे भएको दुर्घटनामा कति यात्रु र चालकदलका सदस्यको मृत्यु भएको छ भन्ने बारेमा हालसम्म पुष्टी हुन सकेको छैन । अहिले भारतीय रेलसेवाका कर्मचारी, सुरक्षा अधिकारी…

झापा असार ३ । एक दशकपछि आइसिसी ट्वान्टी-२० विश्वकपमा फर्किएको नेपाल जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। सोमबार सम्पन्न समूह ‘डी’ को अन्तिम खेलमा बंगलादेशसँग २१ रनले पराजित भएसँगै नेपाल जितविहीन भएको हो। बंगालदेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाउँदै ८५ रन मात्रै बनाउन सक्यो। नेपालका कुशल मल्लले सर्वाधिक २७ रन बनाए। दीपेन्द्रसिंह ऐरी २५ र आसिफ शेख १७ रनमा आउट हुँदा नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। बंगलादेशका तनजीम हसन साकिबले सर्वाधिक चार विकेट लिए। मुस्तफिजुर रहमानले तीन, शाकिब अल हसनले दुई र तस्किन अहमदले एक विकेटट लिए। जितसँगै बंगलादेश चार खेलबाट ६…