आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि भारतले जितेको छ । शनिबार राति भएको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १७ वर्षपछि टी–२० उपाधि जितेको हो । यसअघि भारतले २००७ मा टी–२० विश्वकपको उपाधि जितेको थियो । भारत जारी प्रतियोगितामा अपराजित रह्यो। भारतले दिएको १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६९ रनमात्रै बनाउन सक्यो। दक्षिण अफ्रिकाका हाइनरिक क्लासनले सर्वाधिक ५२ रन बनाए। २७ बल खेलका उनले दुई चौका र पाँच छक्का प्रहार गरे। क्विन्टन डी कक ३९, ट्रिस्टन स्टब्स ३१ र डेभिड मिलर २१ रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन्।…

काठमाडौं। असार १५।। भारत स्थित दक्षिणी राज्य तमिलनाडुको एक पटाका बनाउने कारखाना शनिबार विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ।अन्य केही घाइते भएको अधिकारीले बताएका छन् । घटना चेन्नईबाट ५५३ किलोमिटर दक्षिणपश्चिममा रहेको विरुधुनगर जिल्लाको सतूर नजिकैको बन्दुवरपट्टी गाउँमा भएको जनाइएको छ । प्रहरीका अनुसार विस्फोट हुँदा दर्जनौँ व्यक्ति कारखानामा काम गरिरहेका थिए । विस्फोटका कारण कारखानामा आगो लागेको थियो । घटनालगत्तै आगो नियन्त्रणका लागि दमकल तथा उद्धारकर्मी घटनास्थलमा पुगेका थिए ।घटना सम्बन्धमा प्रहरीले अनुसन्धान सुरू गरेको छ ।

– आईसीसी टि-२० विश्वकप २०२४ को उपाधिका लागि शनिबार भारत र दक्षिण अफ्रिकाले प्रतिस्पर्धा गर्दैछन। दक्षिण अफ्रिका अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दैै फाइनल पुगेको हो। दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई हराउँदै भारतले फाइनलमा दक्षिण अफ्रिकासँगको भेट पक्का गरेको हो। भारतले १० वर्षपछि टी–२० विश्वकपको फाइनल खेल्दैछ। यसअघि सन् २०१४ को विश्वकपको फाइनलमा भारत श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो। पहिलो सिजनमा उपाधि उचालेको भारत त्यसपछि उपाधिबिहीन छ। दक्षिण अफ्रिका भने विश्वकपको फाइनलमा पहिलो पटक पुगेको हो। यो विश्वकपको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनलमा पुगेको थियो। दक्षिण अफ्रिकाले अफगानिस्तानलाई सेमिफाइनलमा ५६ रनमा समेटेर विश्वकपमा इतिहाससमेत बनाएको छ। पहिलो सेमिफाइनलमा…