रोल्पाको तालाबाङमा जिप दुर्घटना हुँदा एक नाबालकसहित पाँचजनाको घटनास्थलमै मृत्यु भएको छ । ६ यात्रु गम्भीर घाइते भएका छन् । मृतकको सनाखत भइसकेको छैन । माडी गाउँपालिकाको घर्तीगाउँबाट वडा नं. ४ तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुका करिब ६ बजेतिर परेवा छहरा भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब चारसय मिटर तल पुगेको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक भरत लामाका अनुसार जिपमा ११ जना सवार थिए। दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट प्रहरी पुगेर उद्धारमा खटिएको थियो ।दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले बताएको…

झापा, असार १७ ।। एसइइ ग्रेड वृद्धि (पुरक) परीक्षामा सहभागी हुने सामुदायिक विद्यालयका विद्यार्थीलाई पढाउन त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विद्यार्थीलाई परिचालन गरिने भएको छ ।त्यसको लागि शिक्षा मन्त्रालयले त्रिभुवन विश्वविद्यालयलाई सहजीकरण गर्न पत्राचार गरेको छ । आगिंक तथा सम्बन्धन प्राप्त क्याम्पसका स्नातक तथा स्नातकोत्तर तहको अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीलाई एसइइका अनुत्तीर्ण (नन ग्रेडेड) लाई पढाउनका लागि सहजीकरण गर्न अनुरोध गरेको मन्त्रालयले जनाएको छ । सामुदायिक विद्यालयका अंग्रेजी, विज्ञान, गणितका विद्यार्थी र निजी विद्यालयका नेपाली तथा सामाजिक शिक्षा विषयमा कक्षा सञ्चालन गर्न सहयोग गर्न पत्राचार गरिएको शिक्षा मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहालले जानकारी दिए । आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटिएको…

बिर्तामोड असार १७॥ पाँच वर्षसम्म प्रेम गरेर विवाह गरेको १३ दिनमै झापा बाह्रदशीका एक व्यक्तिले झुन्डिएर आत्महत्या गरेका छन् । बाह्रदशी ३ कुटुबस्ती बस्ने भीष्म गणेशले आज बिहान झुन्डिएर आत्महत्या गरेका हुन् । बाह्रदशी २ माइत भएकी श्रीमती विनीता गणेश माइत गएकी थिइन् । भीष्मले राति नै आत्महत्या गरेका हुन् । उनी झुन्डिएको आज बिहान अरूले देखेर प्रहरीलाई खबर गरेका थिए । यसरी प्रेम विवाह गरेर १३ दिनमै भीष्मले आत्महत्या गर्दा आफूहरू अचम्मित भएको स्थानीयले बताएका छन। वैदेशिक रोजगारीबाट फर्केका भीष्मले असार ३ गते विनीतासँग विवाह गरेका थिए । उनले आत्महत्या गर्नुको कारण खुलिसकेको छैन ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले टी–२० विश्वकप जित्ने भारतीय क्रिकेट टोलीलाई एक सय २५ करोड पुरस्कार दिने घोषणा गरेको छ । बीसीसीआई सचिव जय शाहले सोसल मिडिया एक्समा पोस्ट गर्दै विश्वकप विजेता भारतीय टोलीलाई एक सय २५ करोड पुरस्कार दिने घोषणा गरेका हुन् । उनले लेखेका छन्, ‘आइसीसी पुरुष टि २० विश्व कप २०२४ जित्ने टीम इन्डियाको लागि १२५ करोडको पुरस्कार घोषणा गर्न पाउँदा म खुसी छु । टोलीले टूर्नामेंटभरि असाधारण प्रतिभा, दृढता र खेलकुद प्रदर्शन गरेको छ । यस उत्कृष्ट उपलब्धिको लागि सबै खेलाडी, प्रशिक्षक र सहयोगी स्टाफलाई बधाई !’