Sacho Khabar

Day: २०८१ असार २३, शनिबार

पहिरोको कारण बिभिन्न राजमार्ग अवरुद्ध….

पहिरोको कारण बिभिन्न राजमार्ग अवरुद्ध….

झापा । २२ असार । यो समय वर्षाको समय हो।वर्षाको बेला देशभरका खोला नालामा पानीको सतह बढ्नुका साथै बिभिन्न स्थानमा पहिरो खस्ने गर्दछ । बाडी पहिरोका कारण केहि पहाडी क्षेत्रका सडक अवरुद्ध हुँदा सडक यात्रा गर्न समस्या भएको पाइन्छ।आज पनि पहिरोका कारण देशका बिभिन्न ठाउँमा सडक अवरुद्ध भएका छन्। प्रहरीका अनुसार सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्डको कालीमाटी, चर्चरे, बर्तुङु र राम्दी नजिकै  पहिरो खसेको छ । यस्तै तानसेन–तम्घास सडक खण्डको अर्गली र जोर्ते क्षेत्रमा पनि पहिरो खसेर सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । सडकमा खसेको पहिरोको कारण दुवै सडक आज बिहानैदेखि अवरुद्ध बनेका…
Read More
टाइब्रेकरमा पोर्चुगललाई पराजित गर्दै फ्रान्स युरोकपको सेमिफाइनलमा

टाइब्रेकरमा पोर्चुगललाई पराजित गर्दै फ्रान्स युरोकपको सेमिफाइनलमा

  एजेन्सी – टाइब्रेकरमा पोर्चुगललाई पराजित गर्दै फ्रान्सले युरोपेली च्याम्पियनसिपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । जर्मनीको ह्यामबर्गमा भएको क्वाटरफाइनलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट गोलरहित बराबरीमा सकिँदा खेल टाइब्रेकरमा अघि बढेको थियो । टाइब्रेकरमा पोर्चुगलका जोआओ फेलिक्सको पेनाल्टी पोस्टमा लागेर फर्कंदा फ्रान्स ५-३ ले विजयी भयो । अन्य सबैले टाइब्रेकरमा गोल गरे । यसअघि दिनको पहिलो क्वाटरफाइनलमा स्पेनले जर्मनीलाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । स्पेनले ड्यानी ओल्मोको गोलमा अग्रता लिएपनि फ्लोरिएन वर्ट्जले निर्धारित समयको अन्तिम मिनेटमा बराबरी गरे । तर अतिरिक्त ३० मिनेटको अन्तिम समयमा मिकेल मेरिनोले उत्कृष्ट हेडर गोल गर्दै स्पेनलाई अन्तिम…
Read More
जर्मनीलाई अतिरिक्त समयमा पराजित गर्दै स्पेन युरोकप को सेमिफाइनलमा प्रवेश

जर्मनीलाई अतिरिक्त समयमा पराजित गर्दै स्पेन युरोकप को सेमिफाइनलमा प्रवेश

  एजेन्सी – आयोजक जर्मनीलाई अतिरिक्त समयमा पराजित गर्दै स्पेन युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । दुई उपाधि दावेदार बीचको खेलमा स्पेनले अतिरिक्त समयमा जर्मनी माथि २-१ को जित हात पारेको हो । निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयले निर्धारण भएको थियो । अतिरिक्त समयको पनि अन्तिम समयमा स्पेनले विजयी गोल बारेको हो । ११९औं मिनेटमा मिकेल मेरिनोले गोल गर्दा स्पेनलाई अन्तिम चारमा पुर्याएका हुन् । डयानी ओल्मोको क्रसमा हेडर प्रहार गर्दै उनले स्पेनलाई जित दिलाएका हुन् । त्यसअघि निर्धारित समयको ५१औं मिनेटमा ड्यानी ओल्मोको गोलमा स्पेनले खेलमा अग्रता लिएको थियो । खेलको…
Read More