काठमाडौँ साउन ९।। सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय दुर्घटना जहाज आयोग गठन गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए। उनका अनुसार सरकारले नेपाल नागरिक उड्ययन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजक रहने गरी सदस्यमा नेपाल वायुसेवा निगमका क्याप्टेन दीपुराज ज्वारचन, डा । सुदीप भट्टराई, सञ्जय अधिकारी, मुकेश डंगोल रहेका छन्। त्यस्तै, शोकका लागि साउन १० गते बिहीवार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ। आगामी दिनमा हवाई दुर्घटना हुन नदिन आन्तरिक वायुसेवा सञ्चालन गरिरहेका सबै वायुसेवा सञ्चालक कम्पनीहरुलाई हवाईजहाजको अनिवार्य परीक्षण गर्ने र नेपाल…

काठमाडौं साउन ९।। नेपाल नागरिक उड्ययन प्राधिकरणले बुधबार बिहान त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको जनाएको छ । प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार दिउँसो एक विज्ञप्ति जारी गर्दै सौर्य एयरलाईन्सको सीआरजे सेभेन (आईजी ९एनएएमई) जहाज दुर्घटनामा परेको जनाएको छ। ऊक्त जहाज काठमाडौंबाट स्थानीय समयअनुसार बिहान ११:११ बजे पोखरा उडानका क्रममा रनवे छाड्नेबित्तिकै दाहिनेतिर मोडिन गई एयरपोर्टको पूर्वतिरको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले तत्कालै उद्धार कार्य शुरु गरी आगो नियन्त्रणमा लिइएको पनि जनाएको छ। त्यसक्रममा १८ जनाको शव संकलन गरिएको उसको भनाइ छ । १ जना घाइतेलाई उद्धार गरि…

अर्जुनधारा साउन ९। झापाको अर्जुनधारा वडा नम्बर १ स्थित सक्रिय टोलमा नजिकै स्थानीयकाे धान खेतमा एक व्यक्ती मृत फेला परेका छन् । अर्जुनधारा १ को वडा कार्यालय नजिकै पहिचान खुल्न नसकेको अवस्थामा एक व्यक्ती मृत फेला परेको अर्जुनधारा वडा नम्बर १ का अध्यक्ष उपेन्द्र बस्नेतले जानकारी दिए । वडा कार्यलयबाट करिब ५ सय मिटर पश्चिममा घोप्टो परेको अवस्थामा एक पुरुषको शव फेला परेको उनले बताए । धानमा पानी लगाउन गएका स्थानीयले उक्त शव देखेपछि जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए । भर्खरै शनिश्चर प्रहरी चौकीबाट प्रहरीहरु घटना स्थल पुगेका छन् ।

नेपाल एसिसी महिला एसिया कपको समूहचरणबाटै बाहिरिएको छ। पहिलो खेलमा युएईमाथि ६ विकेटको जित हासिल गर्दै प्रतियोगिताको सुरुआत गरेको थियो। तर, त्यसपछिका दुई खेलमा निरीह प्रदर्शन गर्दा नेपालले दुई अंकसहित प्रतियोगिताको अन्त्य गरेको हो। दोस्रो खेलमा पाकिस्तानसँग नौ विकेटले पराजित भएको नेपाल मंगलबार समूहचरणको अन्तिम खेलमा भारतसँग ८२ रनले पराजित भयो। भारतले दिएको १७९ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ९६ रन मात्रै बनाउन सक्यो। नेपाली ओनर सीता रानामगरले सर्वाधिक १८ रन बनाइन्। २२ बल खेलकी उनले तीन चौका प्रहार गरिन्। रुबिना क्षेत्री १५, इन्दु बर्मा १४ रनमा आउट हुँदा बिन्दु रावल १७ र सबनम राई एक रनमा…