Sacho Khabar

Day: २०८१ श्रावण १७, बिहीबार

शास्त्रीय संगीतका गुरु  गुरुदेव कामतको निधन

शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन

  सिराहा साउन१७ ।। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त शास्त्रीय संगीतकार एवं गायक गुरुदेव कामतको निधन भएको छ । उनको आज बिहान ६ बजे आफ्नै जन्मथलो सिरहाको लक्षम्पुर पतारी गाउँपालिका-२ पोखरभिण्डामा निधन भएको हो । ६९ वर्षका उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए । काठमाडौं बस्दै आएका उनी आर्थिक समस्याका कारण त्यहाँ उपचार गराउन नसकेपछि एक महिनाअघि मात्र गाउँ फर्किएका थिए । शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ नाम लिइने कामत पछिल्ला ४० वर्षदेखि निरन्तर काठमाडौंमा रहेर नेपाली गीत, संगीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आएका थिए । कामतको २०१२ साउन १७ गते सिरहाको पोखरभिण्डामा जन्म भएको थियो ।
Read More
बिर्तामोडमा पारीको होइन बारीको खाऊँ’ कार्यक्रम  प्रभावकारी बन्दै

बिर्तामोडमा पारीको होइन बारीको खाऊँ’ कार्यक्रम प्रभावकारी बन्दै

  बिर्तामोड, १६ साउन :  झापाको बिर्तामोड नगरपालिकाले 'पारीको होइन बारीको खाउ भन्ने उद्देश्यका साथ सुरु गरेको सामुदायिक तरकारी बिक्री केन्द्र प्रभावकारी बन्दै गएको छ। नगरका विभिन्न स्थानमा सामुदायीक तरकारी पसल खुले सँगै यसको प्रभावकारिता बढेको हो ।सोही क्रममा आज बिर्तामोड १ स्थित अतिथि सदन रोडमा पनि बिक्री केन्द्रको उद्घाटन गरिएको छ। अतिथि सदन सामुदायिक तरकारी बिक्री केन्द्र उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले तरकारीमा पाइने विषादी न्यूनीकरणका लागि 'पारिको होइन बारीको खाऊँ' कार्यक्रम सुरु गरिएको बताउनु भयो ।भारतबाट विषादी अत्याधिक भएका तरकारी आयात हुने र त्यस प्रकारका तरकारीले स्वास्थ्यमा गम्भिर असर पर्ने बताउनु भयो । स्वास्थ्यको लागि स्थानीय उत्पादनमा…
Read More
प्रभु बैंक बिर्तामोडका एक कर्मचारीका कारण ग्राहककाे बचत जोखिममा।

प्रभु बैंक बिर्तामोडका एक कर्मचारीका कारण ग्राहककाे बचत जोखिममा।

बिर्तामोड ।झापामा एक बैंकका कर्मचारीका कारण बचतकर्ताले बचत गरेको लाखौं रूपया जोखिममा परेको छ। कुरा हो बिर्तामोड नगरपालिका –७ स्थित नेपाल चोककी मञ्जुकुमारी नेपालले बैंकमा बचत गरेको रकम को। उनले बिर्तामोडस्थित प्रभु बैंकमा जम्मा गरेको रकम बराबरको पैसा निकाल्न जाँदा बैंकको खातामा नरहेको खुलेसँगै उनको पैसा जोखिममा परेको हो । प्रभु बैंकका मार्केटिङ अफिसर प्रमोद सिटौलाले बैंकमा रकम जम्मा गर्ने भन्दै नेपालबाट रकम लगेको खुलेको छ । सिटौलाले पटकपटक रकम जम्मा भएको भौचरहरु दिए पनि सिष्टम बिग्रिएको भन्दै मोबाइलमा म्यासेज नआउन गरेको बताउने गरेका थिए । मार्केटिङ अफिसर सिटौलाले बैंकमा जम्मा भएका स्टेटमेन्टहरु दिए पनि बैंकमा बुझ्न जाँदा जम्मा दुई…
Read More