Sacho Khabar

Day: २०८१ श्रावण २०, आईतवार

विज्ञप्ति निकाल्दै प्रभु बैंकले भन्यो मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट  नक्कली

विज्ञप्ति निकाल्दै प्रभु बैंकले भन्यो मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट नक्कली

  बिर्तामोड साउन २०।। प्रभु बैंक लिमिटेडले मञ्जुकुमारी नेपालले रकम दावी गरिरहेको मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट अनाधिकृत रहेको जनाएको छ । आज विज्ञप्ति जारी गर्दै बैंकले उक्त मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट बैंकबाट जारी गरिएको नभई अनधिकृत एवं नक्कली रहेको जनाएको हो । विज्ञप्तिमा भनिएको छ, उक्त व्यहोरा प्रारम्भिक रुपमा देखिन आएकोले सो सम्बन्धमा थप छानविन भैरहेको र कानुन बमोजिम अनुसन्धान गरी दोषी उपर कारवाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको बैंकका प्रदेश प्रमुख बद्री कुमार कटुवालले जनाए । प्रभु बैंक लि. को झापा जिल्लास्थित विर्तामोड शाखा कार्यालयका निक्षेप ग्राहकले बैंकमा राखेको मुद्दती निक्षेप सम्बन्धित खातामा नभएको भन्ने…
Read More
झापामा १०८ जनाले नेपाली नागरिकता त्यागे

झापामा १०८ जनाले नेपाली नागरिकता त्यागे

  झापा साउन २०।। झापामा यस आर्थिक वर्षमा १०८ जना नागरि‌कले‌ ने‌पाली नागरि‌कता त्यागे‌र‌ गै‌र‌आवासीय नागरि‌कता लिएको‌ पाइएको‌ छ । ने‌पालीहरुले‌ अन्यत्रको‌ पिआर‌ लिइसके‌पछि ने‌पाली नागरि‌कता त्याग्नुपनेर्‌ नियम र‌हे‌को‌ र‌ यस आर्थिक वर्षमा मात्रै‌ १०८ जना ने‌पालीहरुले‌ ने‌पाली नागरि‌कता परि‌त्याग गर‌े‌को‌ जिल्ला प्रशाशन कार्यालय झापाका सूचना अधिकार‌ी समे‌त र‌हनुभएका सहायक प्रमुख जिल्ला अधिकार‌ी ने‌पालले‌ बताउनुभयो‌ । यता, यस आर्थिक वर्षमा १८ हजार‌ २२ जनाले‌ वंशजका आधार‌मा र‌ ६९२ जनाले‌ बै‌वाहिक अंगिकृतका आधार‌मा गर‌ी जम्मा १८ हजार‌ ७ सय १४ जनाले‌ नागरि‌कता लिएको‌ झापाका सहयक प्रजिअ विश्वर‌ाज ने‌पालले‌ बताउनुभयो‌ । यता, यस आर्थिक वर्षमा प्रतिलिपि नागरि‌कता निकाल्ने‌को‌ सङ्ख्या झण्डै‌ नयाँ नागरि‌कता बनाउने‌कै‌ हार‌ाहार‌ीमा र‌हे‌को‌…
Read More
भूकम्पको धक्का महसुस

भूकम्पको धक्का महसुस

  ताप्लेजुङ साउन २०।। ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकानुसार आज दिउँसो ४ः०४ मिनेटमा ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको हो। यसअघि साउन १३ गते ताप्लेजुङकै खेजेनिम आसपास केन्द्रविन्दु भएर चार दशमवल एक रेक्टर स्केलको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ ।
Read More
बाँझो रहेका जग्गाको सदुपयोग गर्दै भोजपुरका कृषक फलफूल खेतीमा

बाँझो रहेका जग्गाको सदुपयोग गर्दै भोजपुरका कृषक फलफूल खेतीमा

  भोजपुर साउन२०।। बाँझो रहेका जग्गाको सदुपयोग गर्दै भोजपुरका कृषक फलफूल खेतीमा जुट्न थालेका छन् । वर्षौँदेखि बाँझो रहेका खेतीयोग्य जमिनमा लगाएको फलफूल खेतीबाट पर्याप्त आम्दानी हुन थालेपछि कृषक उत्साहित भएका छन् । ड्रागन फ्रुटको माग बढेसँगै भोजपुर नगरपालिका–१२ टक्सारको पिप्लेमा बाँझो रहेको एक सयभन्दा बढी रोपनी जग्गा भाडामा लिई ‘भोजपुर ड्रागन फ्रुट कम्पनी’ले व्यावसायीकरुपमा खेती गरेको छ । झण्डै ५० रोपनी जग्गामा अहिले ड्रागन फ्रुटको खेती गरिएको छ । ड्रागन फ्रुटका आठ हजार बिरुवा रोपिएको सञ्चालक एक्सन राईले बताए । यस वर्ष आठ लाखदेखि १० लाख रुपैयाँसम्म आम्दानी हुने उनको अनुमान छ । यस्तै टेम्केमैयुङ गाउँपालिका–८ सल्लेनीमा ४२ रोपनी…
Read More
पूर्वी पहाडी जिल्लाहरुबाट आयात गरिएको कोबीमा विषादीको मात्रा उच्च

पूर्वी पहाडी जिल्लाहरुबाट आयात गरिएको कोबीमा विषादीको मात्रा उच्च

  बिर्तामोड साउन २०।।  झापाको बिर्तामोडस्थित कृषिथोक बजारमा आयात गरिएको फूलकोबी उपयोग गर्न अयोग्य पुष्टि भएको छ । उपयोग गर्न अयोग्य भएपछि फूलकोबीलाई खाल्डोमा पुरिएको छ । इलाम र पाँचथर को सीमावर्ती  बजारहरु बाट आयात गरिएको कोबीमा विषादीको मात्रा उच्च भएपछि कृषि प्रयोगशाला बिर्तामोड इकाईले नष्ट गरेको जनाएको छ । कोबीमा कार्वामेटको मात्रा ८.९९ र अर्गानो फस्फेटको मात्रा ९८.८५ प्रतिशत देखिएको प्रयोगशालाले जनाएको छ । उपयोग गर्न अयोग्य भएपछि ३० केजी कोबी पुरिएको जनाइएको छ । प्रयोगशालाका अनुसार ४५ प्रतिशतभन्दा माथि देखिएमा उपयोग गर्न सकिदैन । आज विहान प्रयोगशालाले कोल्बुङको गोलभेडा, इनरुवाको करेला, शान्तिनगरको बोडी, फिक्कलको हरियो खोर्सानी र इलामको…
Read More