बिर्तामोड साउन २०।। झापाको बिर्तामोडस्थित कृषिथोक बजारमा आयात गरिएको फूलकोबी उपयोग गर्न अयोग्य पुष्टि भएको छ । उपयोग गर्न अयोग्य भएपछि फूलकोबीलाई खाल्डोमा पुरिएको छ ।
इलाम र पाँचथर को सीमावर्ती बजारहरु बाट आयात गरिएको कोबीमा विषादीको मात्रा उच्च भएपछि कृषि प्रयोगशाला बिर्तामोड इकाईले नष्ट गरेको जनाएको छ । कोबीमा कार्वामेटको मात्रा ८.९९ र अर्गानो फस्फेटको मात्रा ९८.८५ प्रतिशत देखिएको प्रयोगशालाले जनाएको छ । उपयोग गर्न अयोग्य भएपछि ३० केजी कोबी पुरिएको जनाइएको छ ।
त्यसमध्ये अकबरेमा ३२.६९ प्रतिशत अर्गानो फस्फेट देखिएको छ । तर, प्रयोगशालाले ३५ प्रतिशतभन्दा कम मात्रा देखिएमा उपयोग योग्यका रुपमा परिभाषित गर्ने गरेको छ ।