Sacho Khabar

Day: २०८१ श्रावण २३, बुधबार

नेपाललाई हराउँदै भारत च्याम्पियन

नेपाललाई हराउँदै भारत च्याम्पियन

  सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) नेसन्स लिगको उपाधि  भारतले जिएको  छ। राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको  प्रतिस्पर्धात्मक फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन भारतले नेपाललाई ३–२ को सेटले पराजित गर्दै लगातार उपाधि  जितेको हो। पहिलोपटक काभा नेसन्स लिगको उपाधि उचाल्ने नेपालको सपना  चकनाचुर भएको छ। सन् २०१९ मा पनि नेपाल उपाधिको नजिक पुगेर चुकेको थियो। लिग चरणमा भारतविरुद्ध ऐतिहासिक जित निकालेको नेपाल फाइनलमा भने अन्तिम सेटमा निराश बन्न पुग्यो। खेलको पहिलो सेटमा नेपालले नै अग्रता लिएको थियो। नेपालले पहिलो सेटमा भारतलाई २५–२३ मा पराजित गरेको थियो। दोस्रो सेटमा भने भारतले सानदर पुनरागमन गर्दै नेपालमाथि २५–१४ को जित निकालेको थियो। तेस्रो…
Read More
एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना पाँचजनाको मृत्यु

एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना पाँचजनाको मृत्यु

  नुवाकोट साउन २३ ।।    नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा एउटा हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार पाँचजनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवम् डीएसपी तिलक भारतीले दुर्घटनास्थलमा जलेको अवस्थामा पाँचजनाको शव भेटिएको पुष्टि गरे । नागरिक उड्ययन प्राधिकरणका अनुसार एयर डाइनेष्टीकोनाइन एन-एजेडी कलसाइन भएको यो हेलिकप्टर रसुवातर्फ जाँदै थियो । डीएसपी भारतीकाअनुसार सूर्यचौर डाँडामा ठोक्किएर दुर्घटनामा परेको हेलिकप्टर जलेपछि यात्रुको ज्यान गएको हो । एयर डाइनेस्टीको उक्त हेलिकप्टर जलिरहेको अवस्थामा भेटिए प्रहरी र स्थानीयबासीले आगो निभाउने कोसिस गरिरहेका छन् । त्रिभुवन विमानस्थलबाट बुधबार दिउँसो १.५४ मा उडेको हेलिकप्टर तीन मिनेटमै एयर ट्राफिक कन्ट्रोलबाट सम्पर्कविहीन…
Read More
एसइइ पुरक परीक्षा आजदेखि सुरु

एसइइ पुरक परीक्षा आजदेखि सुरु

  बिर्तामोड साउन २३।।माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा आजदेखि सुरु भएको छ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन भइरहेको छ। सरकारले यो वर्ष २ वा सोभन्दा बढी विषयमा ननग्रेड (एनजी) अर्थात् ११ कक्षा पढ्न असफल भएका विद्यार्थी पूरक परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको छ । तर परीक्षाफल रद्द भएकाहरुले भने पूरक परीक्षा दिन पाउने छैनन् । यस वर्ष एनजी ल्याएका ५२ हजार विद्यार्थीहरु छन् ।
Read More
कोरियाभाषा परीक्षामा ९ हजार परीक्षार्थी उत्तीर्ण

कोरियाभाषा परीक्षामा ९ हजार परीक्षार्थी उत्तीर्ण

  बिर्तामोड साउन २३।।रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत दोस्रो चरणको भाषा परीक्षामा करिब ९ हजार परीक्षार्थी उत्तीर्ण भएका छन् । उत्पादनतर्फको क्षेत्रमा काम गर्न जान इच्छुक ६६ हजार ३२६ जना नेपाली युवा दोस्रो चरणको भाषा परीक्षामा सहभागी भएका थिए । भाषा परीक्षामा सहभागीमध्ये आठ हजार ९६५ जना परीक्षार्थी उत्तीर्ण भएको वैदेशिक रोजगार विभाग अन्तर्गतको इपीएस कोरिया शाखाले जनाएको छ । दोस्रो चरणको परीक्षा उत्तीर्ण गरेका परीक्षार्थीले अब सीप परीक्षा दिन पाउनेछन् । केही दिनपछि उनीहरूको सीप परीक्षा हुने इपीएस शाखाले जनाएको छ ।
Read More
झापाको भिन्नाभिन्नै ठाउँबाट अवैध लत्ता कपडा बरामद

झापाको भिन्नाभिन्नै ठाउँबाट अवैध लत्ता कपडा बरामद

  बिर्तामोड साउन २३ ।। झापाको दुई भिन्न स्थानबाट सशस्त्र प्रहरीले आज अवैध कपडा बरामद गरेको छ । झापाको बुद्धशान्ति गाउँपालिका–७ सुनमाई चिया बगान र मेचीनगर नगरपालिका–६ स्थित बसपार्कबाट प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको रू १२ लाख ५० हजार रुपैयाँ बराबरको कपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं.२ गण हेक्वा झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन पोखरेलले जानकारी दिनुभयो । बुद्धशान्ति–७ सुनमाई चिया बगानबाट नेपाल सुरक्षा बेस टिमाइबाट खटिएको मोबाइल टोलीले विशेष सूचनाको आधारमा आज राति ७ः१० बजे चिया बगानभित्र लुकाई छिपाई राखेको करिब रू १० लाख बराबरको बरामद गरेको हो । त्यस्तै, नेपाल…
Read More
लागू औषध सहित दुई जना पक्राउ

लागू औषध सहित दुई जना पक्राउ

  बिर्तामोड साउन२३ ।। झापा बिर्तामोडका दुई युवायुवती लागूऔषधसहित पक्राउ परेका छन् । मंगलबार साँझ साढे ६ बजे कनकाई नगरपालिका-३ सेल्फिडाँडा जाने भित्री सडक खण्डमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-२ बस्ने २३ वर्षीय भूपेन्द्रसिंह राजवंशी र वडा नम्बर १ बस्ने १९ वर्षीया आशिका नेम्वाङ लिम्बूलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो । चेकजाँचका क्रममा आशिकाको साथबाट प्लास्टिकसहित २ ग्राम ४० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ
Read More