Sacho Khabar

Day: २०८१ भाद्र ३, सोमबार

सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी

सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी

  काठमाडौँ : सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको दस महिनापछि हटाउन लागिएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीकै चाहनामा प्रतिबन्ध फुकुवाको पहल भइरहेको स्रोतले जनाएको छ। सकभर छिट्टै यसबारे निर्णय लिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई प्रधानमन्त्री ओलीले निर्देशन दिइसकेका छन्। तत्काल फुकुवा खुलाउने गरी तयारी थाल्न निर्देशन पाएपछि सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकका नेपाल प्रतिनिधिसँग छलफल गर्दैछन्।
Read More
कोशी नदिमा हाम फालेका युवा बेपत्ता

कोशी नदिमा हाम फालेका युवा बेपत्ता

  चतरा ।। सुनसरी र उदयपुर जोड्ने चतरा पुलबाट एक युवकले कोशी नदीमा हामफालेका छन् । को ९ प ९८६५ नम्बरको स्कुटरमा आएका युवा पुलमा स्कुटर छाडेर कोशी नदीमा हाम फालेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार सोमबार अपरान्ह करिव साढे चार बजेतिर ती युवक पुलबाट हामफालेका थिए । हामफालेका युवाको पहिचान भएको छैन । स्कुटरसँगै घडी र मोबाइल पनि पुलमा फेला परेको प्रहरीले जनाएइको छ । उदयपुर र सुनसरीतर्फ पुलको दुवैतिर रहेको प्रहरीले उनको खोजी गरेपनि भेटिएका छैन् । कोशी पुलमा जडान गरेको सिसिटिभी फुटेजमा पनि युवक हामफालेको देखिएको छ ।
Read More
गोल वर्षा भएको खेलमा आयोजक सङ्घर्ष स्पोर्टिङ क्लब विजयी

गोल वर्षा भएको खेलमा आयोजक सङ्घर्ष स्पोर्टिङ क्लब विजयी

  ताप्लेजुङ भाद्र ३ ।। आजबाट ताप्लेजुङको सदरमुकाम फुङ्लीङमा सुरु भएको दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल  प्रतियोगितामा आयोजक सङ्घर्ष स्पोर्टिङ क्लब ताप्लेजुङले विजयी सुरुवात गरेको छ। आज भएको उद्‌घाटन खेलमा पाहुना टोली कञ्चनजङ्घा फुटबल क्लब सिलगुडी भारतलाई ७-५ गोलको  अन्तरले पछि पार्दै संघर्ष स्पोर्टिङ युवा क्लब ताप्लेजुङले विजय सुरुवात गरेको हो । विजय भए सँगै संघर्ष स्पोर्टिङ युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । अब संघर्ष स्पोर्टिङ युवा क्लबले भाद्र ५ गते हुने रूपन्देही र मोरङबीचको बिजेतासँग सेमिफाइनल खेल खेल्ने भएको छ भने, कञ्चनजङ्घा फुटबल क्लब सिलगुडीको यत्रा यही अन्त्य भएको छ । भोलि छिमेकी जिल्ला पाँचथर र सलहेश युवा क्लब…
Read More
झापाको दुर्गापुरमा दुईवटा मोटरसाइकल एक आपसमा ठोकिँदा चारजना घाइते।

झापाको दुर्गापुरमा दुईवटा मोटरसाइकल एक आपसमा ठोकिँदा चारजना घाइते।

  बिर्तामोड भाद्र ३ ।। झापाको कनकाई नगरपालिकामा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा श्रीमान-श्रीमती र बाबु–छोरा घाइते भएका छन् । सोमबार दिउँसो २।१० बजे दुर्गापुर चोकस्थित पूर्वपश्चिम राजमार्गमा सुरुङगाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे ३ प ७१५८ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको मे ८ प ४३२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मे ३ प ७१५८ नम्बरको मोटरसाइकल चालक बाह्रदशी-७ गोलुगाउँ बस्ने वर्ष ४१ का नारायण राजवंशी र मोटरसाइकलमा पछाडि सवार उनकी श्रीमती वर्ष ३८ की सरिता राजवंशी घाइते भएका छन् । शरीरको विभिन्न भागमा चोट लागेर घाइते दुवै जनाको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै मे ८ प…
Read More
भुटानमाथि १–० को जित हासिल गर्दै साविक विजेता भरत बिजयी

भुटानमाथि १–० को जित हासिल गर्दै साविक विजेता भरत बिजयी

  साबिक विजेता भारतले साफ यु–२० च्याम्पियनसिपमा भुटानलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा भारतले भुटानमाथि १–० को जित हासिल गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो। भारतका लागि मोनिरूल मोल्लले गोल गरे। उनले खेलको ३७औँ मिनेटमा गरेको एक गोल नै भारतको लागि निर्णायक सावित भयो। प्रतियोगिताअन्तर्गत भोलि मंगलबार बंगलादेशले श्रीलंकासँग खेल्नेछ।
Read More
धर्मगुरु  खतिवडा धरौटीमा छुटे

धर्मगुरु खतिवडा धरौटीमा छुटे

  काठमाडौं– धर्मगुरु पुष्कर खतिवडा धरौटीमा छुटेका छन् । गत साउन १४ गते पक्राउ परेका खतिवडा २५ हजार धरौटीमा रिहा भएका हुन् । नेताहरूको मृत्युको कामना गर्दै यज्ञ गरेपछि उनी पक्राउ परेका थिए । खतिवडाले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर नेताहरूको मृत्युको कामनासहित आयोजित यज्ञमा सहभागी हुन आह्वान गरेका थिए
Read More
सुनसरीमा एकजनाको विवत्स हत्या, हत्या आरोपमा तीनजना पक्राउ

सुनसरीमा एकजनाको विवत्स हत्या, हत्या आरोपमा तीनजना पक्राउ

  ईटहरी भाद्र ३।। सुनसरीकाे गढी गाउँपालिकामा एक जनाको विभत्स हत्या भएको छ । गढी गाउँपालिका-६ घर भएका ४६ बर्षीय ज्ञानचन ऋषिदेवको घाँटी रेटेर हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । सोही गाउँपालिका-२ स्थित थाहाटोलमा सिमेन्ट, बालुवाको काम गर्ने उनको आज बिहान शरीर छिनालिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । प्रहरीले उनीसँगै काम गर्ने तीन जनालाई नियन्त्रणमा लिइएको छ । ‘हामीले बिहान ६ बजे टाउको र शरीर छुट्टाछुट्टै बालुवामा फेला पायौँ’, डिएसपी नविन भण्डारीले भने, ‘उनीसँगै बस्ने तीन जनालाई नियन्त्रणमा लिएका छौ ।’ प्रहरीले लिएकाे प्रारम्भिक बयानमा पक्राउ परेका तीनैजनाले घटनाबारे केही थाहा नभएको…
Read More
ताप्लेजुङ गोल्डकपको दोस्रो संस्करण आजदेखि उद्घाटनमा ताप्लेजुङ र कन्चनजंगा एफसी भिड्दै

ताप्लेजुङ गोल्डकपको दोस्रो संस्करण आजदेखि उद्घाटनमा ताप्लेजुङ र कन्चनजंगा एफसी भिड्दै

  ताप्लेजुङ भाद्र ३।। अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको दोश्रो संस्करण आजबाट सुरु हुँदैछ । उद्घाटन खेलमा आयोजकको संघर्ष स्पोर्टिङ युवा क्लब ताप्लेजुङ र कञ्चनजङ्घा एफसी सिलगुडी भारतले प्रतिष्पर्धा गर्दैछन् । भाद्र १० गतेसम्म हुने प्रतियोगितामा ८ वटा टिमले सहभागिता जनाएका छन् । लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिद्वारा भानुजन माविको प्राङ्गणमा दिउँसो २ः३० बजे खेलको उद्घाटन हुनेछ । प्रतियोगिताको विजेता नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार ५५५ सहित ट्रफी पाउने छ । खेलका विभिन्न विधामा उत्कृष्ट बन्ने खेलाडीलाई समेत उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । क्वाटरफाइनलका चार खेलमा टिकट दर १ सय, सेमिफाइनलमा २ सय…
Read More
बझाङमा पहिरोमा परी एकै घरका चार जनाको मृत्यु

बझाङमा पहिरोमा परी एकै घरका चार जनाको मृत्यु

  धनगढी भाद्र ३।। बझाङमा पहिरोमा परी एकै घरका चारजनाको मृत्यु  भएको छ । हिजाे राति १ बजे एक्कासि घरमाथिबाट आएको पहिरोमा परी बुगल नगरपालिका वडा नम्बर १० मा बेपत्ता भएका उनीहरूको शव निकालिएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा ५५ वर्षकी काली धामी, २५ वर्षकी गोल्की धामी, ६ वर्षकी आकृति धामी र ३ वर्षकी लक्ष्मी धामी रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक डिल्लीराज विष्टले जानकारी दिए। उनीहरूको शव अहिले घटनास्थलमै रहेको र जिल्ला प्रहरी कार्यालय, बझाङको टोलीले शव पोष्टमार्टमका लागि पठाउने तयारी गरेको छ। पहिरो जानेबित्तिकै गाउँलेको प्रयासले घरमुली ६२ वीरबहादुर धामी, १६ वर्षीया कमला धामी, वर्ष…
Read More
आज रक्षाबन्धन तथा जनैपूर्णिमा पर्व मनाइँदै

आज रक्षाबन्धन तथा जनैपूर्णिमा पर्व मनाइँदै

सोमबार (आज) रक्षावन्धन तथा जनै पूर्णिमा पर्व मनाइँदैछ । जनैपूर्णिमाको दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गएर स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्ने परम्परा रहेको छ । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै पुरोहितले दाहिने नाडीमा बाँधिदिने परम्परा रहेको छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो…
Read More