Sacho Khabar

Day: २०८१ भाद्र १०, सोमबार

बिर्तामोड बसपार्क क्षेत्रमा बसोबास गर्ने नागरिकहरू पुन आन्दोलित

बिर्तामोड बसपार्क क्षेत्रमा बसोबास गर्ने नागरिकहरू पुन आन्दोलित

  बिर्तामोड भाद्र १० ।। झापाको अर्जुनधारा नगरपालिका ११ स्थित बिर्तामोड बसपार्क क्षेत्रमा बसोबास गर्ने नागरिकहरू पुन आन्दोलितभएका छन् । बिर्तामोड बसपार्क क्षेत्रको ५१ बिघा क्षेत्रमा रहेको ११ सय ५३ वटा कित्ताका जग्गा धनी र ४ सय भन्दा धेरै घर धनीहरू आन्दोलित भएका हुन् । सर्वोच्च अदालतले गिरीबन्धु टि स्टेटको ५१ विघा सहित जग्गा रोक्का गर्न आदेश गरेको तर सर्वोच्चले देखाएको ५१ बिघा जग्गा हाल बसपार्क क्षेत्रको नभएको स्थानहरूको तर्क रहेको छ । हाल बस पार्क भएको जग्गा गिरीबन्धु टि स्टेटको नामको नभएर नाज टि स्टेटको रहेको, नाज टि स्टेटले विगत २० वर्ष अघि कानुनी प्रक्रिया अनुसार चियाबगान ठाउँसारी गरेर…
Read More
ताप्लेजुङ गोल्डकपको उपाधि सगरमाथा युथ क्लबले जित्यो।

ताप्लेजुङ गोल्डकपको उपाधि सगरमाथा युथ क्लबले जित्यो।

  ताप्लेजुङ  ।। दोश्रो संस्करणको ताप्लेजुङ गोल्डकपको उपाधि सगरमाथा युथ क्लव मोरङले जितेको छ। सहलेस युवा क्लव सिराहालाई १–० गोल अन्तरले पराजित गर्दै  सगरमाथा मोरङले उपाधि जितेको हो। सगरमाथा युथ क्लवका विजय भुजेलले खेल शुरू भएको दोस्रो मिनेटमै गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। भुजेलको गोल नै उपाधिका लागि निर्णायक बन्यो। मध्यान्तरपछि आक्रामक खेल भए पनि दुबै टिमले गोल गर्न सकेनन्। उपाधिसँगै सगरमाथाले नगद ५ लाख हात पारेको छ। उपविजेता सहलेस सिरहाले २ लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको छ।
Read More
डिफेन्डिङ च्याम्पियन भारतलाई हराउँदै बङ्गलादेश फाइनलमा

डिफेन्डिङ च्याम्पियन भारतलाई हराउँदै बङ्गलादेश फाइनलमा

  गत संस्करणको उपविजेता टोली बङ्गलादेश  डिफेन्डिङ च्याम्पियन भारतलाई हराउँदै साफ U 20 फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। साविक विजेता भारतलाई  पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै बंगालादेश उपाधि नजिक पुगेको हो। अब बंगालादेशले फाइनलमा आयोजक नेपालको सामना गर्नेछ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दोस्रो सेमिफाइनलको निर्धारित समय १-१ को बराबरी पछि टाइब्रेकरमा बंगलादेशले बाजी मारेको हो । बंगालादेशका गोलकिपरले भारतका २ खेलाडीको‌ पेनाल्टी रोक्दै टोलीलाई अन्तिम दुईमा‌ पुर्याए हुन् । पहिलो हाफमा लिएको अग्रतालाई जोगाउन नसक्दा बंगलादेशले हितका लागि पेनाल्टी सुटआउटसम्म कुर्नु परेको थियो। दोस्रो हाफमा गोल गर्दै खेलमा फर्के पनि पेनाल्टी सुटआउटमा दुई खेलाडी असफल भएसँगै भारत उपाधि…
Read More
आज श्रीकृष्ण जन्माष्टमी,देशभर भगवान श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै

आज श्रीकृष्ण जन्माष्टमी,देशभर भगवान श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै

  बिर्तामोड भाद्र  १० ।।  ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका छन् । कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् भगवान् श्रीकृष्णका मुखारविन्दबाट…
Read More